Posted by: rajankoirala February 19, 2010
पिरतीको गाम भेट्छेउ
Login in to Rate this Post:     0       ?        
छाती चिरी देखाइदिदा केवल तिम्रो नाम भेट्छेउ
आँखा खोली येता हेर, पिरतीको गाम भेट्छेउ !

तिम्रो साथ प्यारो लाग्छ संसार तिमी भित्रै देखें
चिहाई हेर त्यी आँखाले, माया गर्ने ठाम भेट्छेउ !
आँखा खोली येता हेर, पिरतीको गाम भेट्छेउ !

हरपलको मिठो याद सपनीमै चुम्थें तिम्लाई
ढुकढुकीलाई छामी हेर, नशालु त्यों डाम भेट्छेउ !
आँखा खोली येता हेर, पिरतीको गाम भेट्छेउ !

तिमी मेरी जानकी होऊ संसारकै असल नारी
माया गर निसंकोच, मभित्र त्येई राम भेट्छेउ !
आँखा खोली येता हेर, पिरतीको गाम भेट्छेउ !

छाती चिरी देखाइदिदा केवल तिम्रो नाम भेट्छेउ
आँखा खोली येता हेर, पिरतीको गाम भेट्छेउ !
Read Full Discussion Thread for this article