Posted by: syanjali February 19, 2010
Reasons for loadshedding in Nepal
Login in to Rate this Post:     0       ?        
साथी हो, यो त भयो कथाको एक अङ्स मात्रै .

प्रजातन्त्र प्राप्ती अगाडि पछाडि देश बनाउने लहर आएन। जती पनि सुबिधा र बिदेशी सहयोग आए तेस्को केही प्रतिसत मन्त्री लगायत दरबार र दरबारिया सम्म भाग बन्डा लगाउदथिए। दरबारको अङ्स न दिए भोली मन्त्री हुन नपाईएला भनी कौडी कौडी को हिसाब किताब दिएन्थयो.

अब त सतामा पनि हुनु पर्दैन घुस खान, २-४ जना लठैत जम्मा गरेर एक फोन मारेर एती लाख दी ईनस भने राती आऊनु पर्ला भने पछी झरी हाल्यो, अन्यथा भएमा ऊस्ले पनि कोल्लेक्तिन मा अरुलाई जिम्मा दिन्छ र भाग बन्डा हुन्छ। यि भए सर्ब साधारणका कुरा .

१९९० देखी अहिले सम्मा जनता र देस कंगाल बनाउन हरेक पार्टी त छाड र म छाड गर्दै छन । सरकारी र गैर सरकारी संस्थान हरु कौडिका दाममा बिक्री गरे र बाँकी को पनि तेही हुने स्थिती छ , हेटौंडा र उदयपुर सिमेन्ट कारखाना १५-२० लाख गोजिमा गयो , बन्द भयो .
हेटौंडा कपडा उध्योग एक चौथाइ को मुल्यमा बेचे, बुटवल पनि तेसै गरे, हरिसिध्ही को कथा तेही हो , जन्कपुर चुरोट करखाना बन्द हुँदै छ तर मन्त्री भने करोडौ को जग्गा लाखौं मा बेच्न लागे भनी कर्मचारीले मन्त्री लाई थुने।

 माओ बादी ले त झन दिन दहाडै एस्को सुरु आत गर्‍यो , यिनी हरुलाई माओबाद मात्रै भए पुग्छ , देश चाहिदैन ।
लिस्ट बनाउने हो भने २-४ पेज मा पनि अटाउदैन .

राष्ट्रियता र देश प्रेम मनको एक ठाउमा हुनु पर्छ अनी मात्रै ....................
Read Full Discussion Thread for this article