Posted by: Deep February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

कुरा के भने नी जिम्माल --धुम्बाराही तिर दिनमा - अझ साँझ तिर भनम् न एक पटक नपुगी चैन हुँदैनथ्यो कुनै बेला-- एक साँझ एउटा साथी सँग त्यतै जाँदै थिएँ, धुम्बाराहीको रुख-मन्दीर पुग्नु अघिको घुम्तीमा पानी भर्ने ठाउँमा टोलका एउटा दाई झोक्राएर बस्या रछन। उनी गणीतको ट्युशन पढाउन आउँथे त्यता एस् एल् सी दिनेलाई। आफु चै बि एस् सी पढ्थे।


"के भो दाई?" सोध्नै पर्यो --


"नहुनु पर्ने भो नी" भने।


"के भो त्यस्तो?" भन्या "-- देको पैसा पनि उपहार भनेर उसैलाई दिएँ --" भनें।


हामी सुनीराथेम -- उनले आफ्नो मार्का पोखे --


सोर्ह बर्षे तरुनीलाई ट्युशन पढाउन पुग्यारेछन -- तरुनीका बा ले अन्त पढ्न पठाए जाँच दिनु अघि नै छोरी पास होली फेरी भनेर घरमै ट्युशनको बन्दोबस्त गर्या रे छन्। हाम्रो दाई पनि दंग। महिना मरे पछी बाउले हाम्रो दाईलाई पैसा दिदा रेछन, दाई चै मौका पारेर छोरी चैंलाई उपहार भनेर जिम्मा लाउँदा रेछन। तीन महिना बितेछ। कुन चै ज्याद्रोले त्यै दिन बिहानै बाँकी गणीत अब म सिकाउँछु भनेर तरुनी लग्देछ।


बिचरा दाई -- अब नझोक्राएर के गरुन?


अनि पधेँरा बाट उठ्दै दिब्योपदेश देका थिए हामीलाई -- "बुझ्यौ केटा हो -- ठीटी भन्या पनि यै पानी जस्तो हो -- तिर्खा लाग्या बेला पर्खे पछी अर्कैले मेटाउँदो रे छ--"


 

Read Full Discussion Thread for this article