Posted by: rajankoirala February 13, 2010
एउटा गजल तिम्रो नाममा !!
Login in to Rate this Post:     1       ?         Liked by
          आफु तड़किएको देख्छु!! 

आफ्नो आत्मा आफैसंग भड्किएको देख्छु 
मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु ! 

तिम्रो नजर पवित्र छ, सधै चोखो कुरा गर्छौ 
पापी मेरो मन सधैं, मात्र पड्किएको देख्छु ! 
मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु ! 

नचाहिदों शंका गरें, माफ़ी पनि मागेकै हूँ 
मौनतामा हाम्रो प्रेम, बेकार कड़किएको देख्छु ! 
मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु ! 

कोमल ह्रदय भाकि तिमी, बिन्ती अतीत बिर्सिदेउ 
विनासित्ति हाम्रो नाता, आज खड्किएको देख्छु.! 
मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु ! 

आफ्नो आत्मा आफैसंग भड्किएको देख्छु 
मिठो बोल्छेऊ सधैं, आफु तड़किएको देख्छु !
Read Full Discussion Thread for this article