Posted by: thuldidi February 7, 2010
हमिम शाहको हत्या दिउँसै गोली! खै त सुरक्षा?
Login in to Rate this Post:     0       ?        

हमिम शाहको हत्या दिउँसै गोली! खै त सुरक्षा?


Click here for the video

राजधानी काठमाडौँको अति व्यस्त ठाउँमा आइतबार दिउँसै बीच सडकमा गोली हानी
एक टेलिभिजन सञ्चालकको हत्या गरिएको छ। काठमाडौँमा यसअघि पनि हत्याका घटना
नभएका हैनन्, तर अधिकांश हत्या रातको अँध्यारोमा, एकान्तमा भएका थिए।
तत्कालीन सांसद मिर्जा दिलसाद बेगको हत्या २०५५ सालमा हुँदा अँध्यारोमा
एकान्त ठाउँमा भएको थियो। तर आइतबार व्यस्त सडकमा दिउँसै सबका अगाडि गोली
हानेका छन्। त्यति मात्र हैन, उच्च सुरक्षा व्यवस्था हुने ठाउँबाट त्यति
ठूलो अपराधको घटना गरेर पनि सुरक्षित भाग्न सफल भएका छन् अपराधी। काठमाडौँ
कुन हदसम्म असुरक्षित भइसकेको छ भन्ने प्रष्ट पारेको छ यो घटनाले।

Read Full Discussion Thread for this article