Posted by: shirish February 7, 2010
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
from Himalkhabar.com


रिपोर्ट
अर्को काण्डमा सुजाता
पाँच अफगानी नागरिकलाई नेपाली पासपोर्ट दिने परराष्ट्र मन्त्रालयका कर्मचारी पक्राउ परेलगत्तै स्वकीयसचिवले विदेश पठाउने नाममा कर्मचारी र सर्वसाधारणबाट रकम असुल्दै आएको खुलासा भएपछि उप-प्रधानमन्त्री सुजाता कोइरालाको संकट शुरु भएको छ। डम्बरकृष्ण श्रेष्ठ को रिपोर्ट
डम्बरकृष्ण श्रेष्ठ

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

किरण पाण्डे
अघि बढ सुजाता ज्यान दिन तयार छौंः उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र १४ माघमा बर्खास्त गरिएका उनका स्वकीय सचिव भरत सापकोटा ।
दुईसातायताका यी घटनाक्रमले उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइराला ठूलै सङ्कटमा परेकी छन्। फर्जी राहदानी काण्डमा समेत स्वकीय सचिव सापकोटाको संलग्नता हुनसक्ने र त्यसको लहरो तानिँदै सुजातासम्म मुछिनसक्ने भएकाले मण्डिखाटार र महाराजगञ्जको कोइराला निवास चिन्तामा डुबेको छ। मन्त्रालयका कर्मचारी पक्राउ परेलगत्तै स्वकीयसचिवले छोरीकै नाममा सर्वसाधारणबाट रकम असुलेको सार्वजनिक भएपछि काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला समेत चिन्तित भएका छन्। घटना सार्वजनिक भएकै बिहान कोइराला निवासमा बाबुले झ्पारेपछि सुजाताले सापकोटालाई संरक्षण गरेर ठूलै गल्ती गरेकोमा पश्चाताप मात्रै गरिनन् १४ पुसमै स्वकीयसचिवबाट सापकोटालाई हटाइन्।

नेपाल सरकारको नाममा परराष्ट्र मन्त्रालयले राहदानी वाहकलाई रोकतोक नगरी सरासर जान दिन तथा परिआएको समयमा चाहिँदो मद्दत र संरक्षण गरिदिन.... भन्दै जारी गरिएको राहदानीबाट विदेशी नागरिक पक्राउ परेपछि मुलुककै छविमा आँच आएको छ। भारतको दिल्ली-चेन्नईहुँदै मलेशियाबाट इण्डोनेशिया पुगेर मलेशिया फर्काइएका अफगानीहरू अनुसन्धानका क्रममा आतङ्कवादी समूहसँग आवद्ध रहे/नरहेको पत्ता लगाउने गरी गम्भीर अनुसन्धानका लागि भारतले मलेशिया सरकारलाई आग्रह गरेको छ। यदि ती अफगानी नागरिकको संलग्नता आतङ्कवादी समूहसँग देखिएको खण्डमा यो घटनाले नेपालप्रतिको भारतीय नीतिमा समेत प्रभाव पर्न सक्ने आकलन एक उच्च परराष्ट्र अधिकारीको छ। उनको भनाइमा अहिले सुपुर्दगी सन्धि र नेपाल आउने आफ्नो देशको विमानमा एयर मार्शल राख्न ठूलो कसरत गरिरहेको भारतले यसैलाई आधार बनाएर सरकारलाई अप्ठ्यारोमा पार्न सक्छ। स्रोतका अनुसार राहदानी काण्डमा परराष्ट्र मन्त्रालयका कर्मचारी पक्राउ परेपछि भारतले नेपाल सरकारलाई गम्भीर अनुसन्धान गर्न कूटनीतिक दबाब दिएको छ। २४ डिसेम्बर १९९९ मा पाँच आतङ्ककारीले नेपालको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर इण्डियन एयरलाइन्स अपहरण गरी अफगानिस्तान पुर्‍याएको घटना बेहोरिसकेको भारतमा डेढ सातायता विमान अपहरण र आतङ्कवादी हमला हुनसक्ने समाचार त्यहाँका सञ्चारमाध्यमहरूमा आइरहेका छन्।

१९ पुसमा भारतको चेन्नईबाट मलेशिया गई २९ पुसमा भिसा लगाएर इण्डोनेशिया उडेका पाँच जनाको राहदानी फर्जी भएको आशङ्कामा इण्डोनेशियाको अध्यागमन विभागले मलेशिया फर्काएको थियो। उनीहरू सुनसरी, तेह्रथुम, सिन्धुपाल्चोक जिल्लावासी नेपाली नाम, थरको राहदानी (हे.चार्ट) लिएर अष्ट्रेलिया जान भनी हिँडेेका थिए। मलेशियाली अध्यागमनको पत्रपछि परराष्ट्र मन्त्रालयले २२-२८ मङ्सिरमा जारी गरेका राहदानी परीक्षण गर्दा रेकर्डमा नदेखिएपछि प्रहरीमा जानकारी दिएको थियो। अनुसन्धानका क्रममा परराष्ट्रका नायवसुब्बा बच्चुराम केसीलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग हनुमानढोकाले अनुसन्धान गरिरहेको छ। नायवसुब्बा केसी पक्राउ परेपछि अहिले परराष्ट्र मन्त्रालयमा लहरो तान्दा पहरो गर्जने अवस्था आएको छ। स्रोतका अनुसार पक्राउ परेका केसीले बर्खास्तमा परेका उप-प्रधानमन्त्री कोइरालाका स्वकीयसचिव सापकोटासँगै कोइराला समेतको नाम मुछे पनि यसलाई गुपचुप गर्ने तयारीमा सरकार लागेको छ। प्रहरीले भने अनुसन्धानका क्रममा १४ माघमा महाराजगञ्जस्थित किशोरकुमार श्रेष्ठको श्रेष्ठ एण्ड श्रेष्ठ कन्सल्टेन्सीमा छापा मारेर थप एक अफगानीसहित ८ वटा राहदानी र राहदानी बनाउन प्रयोग हुने फारमहरू बरामद गरेको छ। बयानमा नायवसुब्बा केसीले किशोरमार्फत राहदानी बनाउने प्रस्ताव आएको बताएपछि उनको खोजी भइरहेको र कार्यालयमा छापा मारिएको प्रहरीले जनाएको छ।

मलेशिया प्रहरीको हिरासतमा रहेका अफगानीहरूले भने नयाँदिल्लीमा बस्ने विक्रम भन्ने व्यक्तिलाई प्रति राहदानी पाँच हजार अमेरिकी डलर (नेरु.३ लाख ६५ हजार) का दरले रकम दिएको बयान दिएका छन्। महानगरीय प्रहरी प्रमुख गणेश केसीका अनुसार प्रारम्भिक बयानमा केसीले किशोर र विक्रमको संलग्नता मात्रै बताएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गा भट्टराईले मन्त्रालयले नै दिएको प्रारम्भिक जानकारीका आधारमा प्रहरीबाट छानबिन भइरहेकाले यसबारे अहिले केही भन्न नसकिने बताए।

सङ्कटमा सुजाता 
अघि बढ सुजाता, ज्यान दिन तयार छौं।

गत भदौमा बसेको काङ्ग्रेस संसदीय दलको बैठकस्थल सिंहदरबारमा सुजाताका पक्षमा यस्ता नारा घन्काउनेहरूको नेतृत्व गर्ने उनै भरत अहिले सुजाताका लागि काउछो भएका छन्। ९ महिनादेखि स्वकीय सचिव रहँदै सह-सचिवको सुविधा र पद-शक्तिको दुरुपयोग गरी अकुत रकम कुम्ल्याउँदै आएका सापकोटालाई हटाए पनि कोइरालाको सङ्कट सजिलै टर्ने छाँट देखिँदैन।

निवास आउने कार्यकर्ता तथा जिल्लास्तरीय नेताहरूलाई खर्च दिने, खानपिनको व्यवस्था गर्ने तथा सुजाताका लागि आर्थिक सहयोग जुटाउने काममा चार वर्षदेखि सापकोटा सक्रिय छन्। कुनै बेला म्यानपावर कम्पनीमार्फत मानिसलाई विदेश पठाउने सापकोटा २०६४ भदौमा पोखरामा सम्पन्न नेपाल प्रेस युनियनको महाधिवेशनमा केन्द्रीय सदस्य पदका प्रत्यासी थिए।

छिल्लो समय सुजाताको खबर लिएर प्रधानमन्त्री माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइराला कहाँसम्म पुग्थे। सुजाताले परराष्ट्र, श्रम तथा यातायात, स्वास्थ्यसहित काङ्ग्रेसको भागका मन्त्रालयका कर्मचारीहरूलाई सरुवा बढुवा गराइदिने भन्दै यिनै सापकोटामार्फत रकम लिने गरेको बताइन्छ। परराष्ट्रका कर्मचारीहरूलाई विदेशस्थित राम्रा दूतावासमा सरुवा गरिदिने भन्दै मोटो रकम समेत उनैले लिएको स्रोतको दाबी छ। सामान्य प्रशासन मन्त्रालयका सह-सचिव श्याम मैनालीलाई बढुवा गरेबापत दिने भनेको रु.२५ लाखमा रु.२ लाख मात्रै दिएको भन्दै अरू रकम माग्न अर्का स्वकीय सचिव लक्ष्मण थपलियालाई सुजाताले दुई महिनाअघि सिन्धुलीबाट आएको काङ्ग्रेस प्रतिनिधिमण्डलकै अगाडि अह्राएकी थिइन्।



पक्राउ परेका अफगानी र तिनले राहदानी लिएको नेपाली नाम 

राहदानी नम्बरजारी नामठेगानाअफगानी नागरिक
४६९०६८५नवीन श्रेष्ठइटहरी सुनसरीमहमद हनिफ
४६९६०९३२नवीन सापकोटापिप्लेटार तेह्रथुम,महमद जावेद
४६९०६०२ 
वीरबहादुर तामाङकचौतारा, सिन्धुपाल्चोमहमद करिम
४६९०९२९ 
रामकुमार लिम्बूधरान, सुनसरीइनायत अल्लाह
४६९०२१राजेन्द्रकुमार लिम्बूधरान, सुनसरीमहमद हसन अहमद

सरुवा, बढुवा मात्रै होइन सुजाताको आडमा सर्वसाधारणलाई विदेश पठाइदिने, जागिर लगाइदिने भनेर करोडौं रुपैयाँ सापकोटाले असुल्दै आएका थिए। उनी बेपत्ता रहेको थाहा पाएपछि १३ माघमा मण्डिखाटारस्थित सुजाताको निवासमा सापकोटाले लिएको रु.१ करोडभन्दा बढी रकम फिर्ता माग्दै पीडितहरूले धर्ना दिएका थिए। सापकोटाले प्रतिव्यक्ति रु.६ लाखदेखि रु.१५ लाखसम्म लिएको बुझ्िएको छ। रकम उठाइदिन भन्दै पीडितहरू काङ्ग्रेस नेता रोमी गौचन थकालीकहाँ समेत पुगेका थिए। वैदेशिक रोजगारमा पठाइदिने भनेर सुजाता र सापकोटाकै आडमा बी एण्ड बी म्यानपावरका सञ्चालक तथा अन्य म्यानपावर कम्पनीसँग आवद्ध इटहरीका विष्णु कार्की र उनका सहयोगी अशोक पोख्रेलले समेत सर्वसाधारणबाट रकम असुल्दै आएको स्रोतको दाबी छ। पीडितहरूको उजुरीका आधारमा दुई साताअघि कार्कीको म्यानपावर कम्पनीमा श्रम विभागले छापा मारेपछि सुजाता र सापकोटाले रकम फिर्ता गराइदिने आश्वासनमा घटना सामसुम पारिएको थियो।

लाउडा, धमिजा काण्डमा मुछिएकी सुजातालाई अहिले मातहतकै परराष्ट्र मन्त्रालयमार्फत दोहन गर्न अग्रसर रहेको आरोप लाग्ने गरेको छ। उनी मन्त्री नहँुदै पनि डडेल्धुरा काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य गुणाकर चटौतसहित तीन जनासँग सुषमा कोइराला मेमोरियल ट्रष्टका सचिव हरि ढुङ्गानाले कृषि मन्त्रालयमा जागिर लगाइदिने भन्दै रु.१ लाख ५० हजारका दरले उठाएका थिए। जागिर नपाएपछि ढुङ्गानामाथि खनिएका पीडितको रकम सुजाताको सक्रियतामा फिर्ता गरिएको थियो। सुजाताले काम गरिदिने भनी रकम लिएर पनि काम नभएपछि काङ्ग्रेसका पूर्व सांसद् झ्लकनाथ वाग्ले रकम फिर्ता पाइने आशामा भौंतारिइरहेका छन्।

यसरी उठाइएको रकम कहाँ जान्छ? समाचार स्रोतका अनुसार काङ्ग्रेसको १२औं महाधिवेशनमा पैसा खर्चेर आफ्नो पक्षमा माहोल बनाउन उनले अर्थ सङ्कलन अभियान तीव्र पारेकी हुन्। पछिल्लो समयमा नेपाल राष्ट्र ब्याङ्कको गभर्नरका लागि पनि उनकै सक्रियतामा ठूलै लेनदेनको खेल भइरहेको बुझ्िन्छ। स्रोत भन्छ “गभर्नर बनाउने खेलमा अग्रिम रकम बढाबढ भइरहेको छ। सुजातासँग काम लिन पैसा नभई केही हुन्न भन्ने सबैले बुझ्ेका छन्।” सापकोटा फरारको खबरले सुजातालाई अप्ठ्यारो पर्ने भएपछि १४ माघमा उनलाई सार्वजनिक गर्दै बर्खास्त गरिए पनि पीडितका तर्फबाट प्रहरीमा उजुरी नपरेकाले उनी पक्राउ परेका छैनन्। सापकोटाले आफू फरार नभई बिरामी भएर चितवनस्थित घरमा आराम गरिरहेको दाबी गर्दै दुश्मन लागेर आफूविरुद्ध गलत प्रचार गरिएको बताएका छन्।

परराष्ट्र मन्त्रालयको राहदानी काण्ड र सापकोटा प्रकरण सार्वजनिक भएपछि वृद्ध बाबुको गाली खाएकी सुजाताले गल्ती स्वीकार्दै आइन्दा गल्ती नदोहोर्‍याउने बताएकी थिइन्। स्रोतका भनाइमा उनले अर्जुननरसिंहलाई अघि बढाएर, गगन थापालाई नेविसंघको महामन्त्री बनाएर र भरत सापकोटालाई काखी च्यापेर तीन ठूला गल्ती गरेँ अब गर्दिनँ, सम्म भनेकी थिइन्। सापकोटा प्रकरण सामसुम भए पनि परराष्ट्र मन्त्रालयबाट फर्जी राहदानी लिएका पाँच अफगानीको आतङ्कवादसँग टाढाको साइनोसम्म पनि प्रमाणित भएमा सिङ्गो कोइराला परिवारकै साख गुम्नेमा पिता कोइराला बढी चिन्तित छन्।

 

Read Full Discussion Thread for this article