Posted by: fucheketo February 6, 2010
हिँडेर छोडेको बाटो !!!
Login in to Rate this Post:     0       ?        
तेश्रो भाग-

गाडीको गति सामान्य थियो , बाटो पर सम्म देखिइरहेको थियो ! पर क्षितिज आफ्ना हात फिँजाएर हामीलाई अँगाल्न आतुर भए जस्तो ! क्षितिज पनि त आखिर झुटको खेति गर्छ हामी जति पछ्याउँछौ उ उति टाढिन्छ ।  बाहिर को दृश्य परिवर्तन पनि सामान्य थियो । खेतका पराल का कुन्यु , बाटो छेउका रुखहरु हामी बाट भागेर टाढीइ नै रहे , उ हेरी रही मानौँ उ ति भागेका दृश्यहरुलाई समात्न चाहन्छे , उसको आँखाभरी राख्न चाहन्छे ,आँशुलाई ठाउँ दिन चाहन्न उ ! उसको झ्याल बाट बाहिर को हेराई पनि अन्य यात्रीको जस्तै सामान्य थियो तर उसलाई सामान्य हुन धेरै समय लाग्यो ।अघिको फोनले उसलाई सम्पुर्ण रुपमा परिवर्तन गर्यो ।


“छोड यी सब कुराहरु!”
मैले उसलाई प्रश्न सोधेको छैन उसको बारेमा , मैले मनमाँ राखेको उ त करिव छ वर्ष अघिकी उ हो , मान्छेको स्वरुप हर मोडमा फरक हुन्छ , म छ वर्षकी उ भन्दा फरक उसको तस्विर चाहन्न ।हुन त उसले पनि एक लाइन आफ्नो भावावेशमा सुनाएको मात्र हो तर मैले सबै बुझे जस्तो लाग्यो क्यारे उसलाई !
मैले पनि टाउको हल्लाई दिएँ !

“अहिले बिराटनगर किन नि?” उसले प्रसंग बदली ।
“बहिनीको बिहे छ !”
“कहिले ?”
“तिन दिन पछि !”
“किन ढिलो हिँडेको त ? सपिंग सबै तिमीले नै गर्नु पर्दैन र ! दाजु अरे “
“बिडम्बना तिम्रो जस्तै ,प्लेन उडेन दुइ दिन ! दुइ दिन एयरपोर्ट जाँदै फर्किँदैँ गरेँ !” म हाँसे !!!
“एयरपोर्ट मा पनि भेट हुन सक्ने रहेछ !”
“तर भएन , संयोग समय विचार गरेर मात्र आउँछ शायद !”

उ चुप भइ , झ्याल आँफै बिस्तारै बिस्तारै खुल्ने थियो क्यारे , थोरै खुलेको झ्यालबाट छिरेको हावाले उसको पहिले भन्दा छोटै भए पनि कपाल लाई मुहार भरी फेरिरह्यो । उसको मुहार थोरै कपाल ले छेकेको बेला उसको देब्रे हातले कपाल मिलाउने बानी उसको अझै बदलिएको रहेनछ ! उसको देब्रे हातको घडी गोल्डेन प्लेटको थियो ! बिहाको बेलाको होला !थोरै खुइलिन थालेछ !!!


“अघि फोन चेतनले गरेको !”
मलाइ थाहा छैन उसले फेरि किन कुरा आफू तिर मोडी !बुढो उसको जीवन भरीको , म त करिव बाह्र घण्टाको न हो उसको साथी !!! उसको र मेरो विचको फरक नै यहि होला ,, कुराहरु लुक्दा मनमा घाउ बनाउँछन् ! उ घाउ चाहन्न , म घाउमा रमाउछु !!!
“ अस्ति घर आएन । कतै हरायो मोबायल स्विच अफ गरेर ,बिराटनगर आउनुपर्छ भनेर !आज म हिँडे मलाई किन हिँडेको भनेर सोध्छ !”
उ बहकी नै रही उ कुनै पराइ केटालाई आफ्नो लोग्नेको पोल लाउँदैछे !!! किन बुझ्दिन उ !मलाई उसको कुराहरुको जवाफ दिन आउँदैन !
“तिमीलाई बोर गरीरहेको छु है ?”
छौ भनौँ कि छैन भनौँ , कहिले काहिँ मौनता सबै भन्दा राम्रो उत्तर हुन्छ !
“साँच्चै मैले भनेको मान्छ्यौ ?”
मैले उ तिर हेरेँ । मलाई थाहा छ उसले मेरो बिहेको बारेमा नै कुरा गर्नेछे !
“तिमी बिहे गर !”
“अघि आफैँ केटी खोजीदिन्छु भनेको हैन !” मैले उ तिर हेर्दै प्रश्न राखेँ । उ चुप लागी ! हो कहिले काहिँ मौनता नै सबै भन्दा राम्रो उत्तर हुन्छ !


गाडी रोकियो , हेटौँडा आइपुगेछ ! गुरुजी बाहिर निस्किए । आजको उसको ड्युटि सिध्दियो ।
“मेरो कान्छो कता छ , गाडी आइपुग्यो भन्दे त !” आंग तान्दै थिए गुरुजी !
 अब बाँकी यात्राको अरु ने कोहि सारथी हुनेछ ।कान्छो छेवैकी साहुनी सँगै जिस्किँदै गरेको थियो ।झ्याल बाट स्पष्ट देखिन्थ्यो । गालामा दुइ तिन वटा दाग थीए ! कुनै बेलाको झगडाको होला !अबको हाम्रो यात्राको जीम्मा उसको हात र खुट्टामा छ ।
“एकछिन गाडी रोक्छ होला ,बाहिर निस्किने ?”
“भो म यहि बस्छु !”
म बाहिर निस्किएँ ,घाम चर्केको थियो , पुषको घाम न्यानो भएको थियो ! बिराटनगर मा त नलागेको थुप्रै दिन भइसकेको सुनेको थिएँ । दुइ दिन त एयरपोर्ट मै भोगेको थिएँ ।

छेवैको दोकानमा ठिटाहरु क्यारेम मा मस्त थिए !नेपाली चलचित्रको राजेश हमाल नायक भएको आधा च्यातिएको पोष्टर दोकान को भित्तामा टाँसीइनै रहेको थियो । भित्ता सँग जीवन भरी साथ निभाउन चाहन्छु भने जस्तो गरेर ! दुई तिन दिन पछि नै हलमा अर्को फील्म लाग्नेछ ,त्यसपछि कसैले आएर त्यसमाथि नयाँ पोष्टर थपिदिनेछ । उ निस्सासिने छ , उसको अस्तित्व कसैलाई थाहा नभएको जस्तो गरेर दफन हुनेछ । दोकान माँ गएर चुरोट सल्काएँ !गोजीको सुकमेल फेरि चबाएँ अनी उसको लागि एउटा लेज लिएर फर्केँ !

“ हाहाहाहा......... गर्लफ्रेण्डलाई इम्प्रेस गर्न खोजे जत्तिकै छ त मनोज !”
उसको इशारा मेरो हातको लेज मा थियो ! अब समय गइसकेको छ उसलाई इम्प्रेस पारेर पनि पो खोइ के नै हुन्छ होला र !
“ मैले समय कटाउनलाई मात्र लिएर आएको ! यति ले इम्प्रेस हुन्छौ भनेको भए त रोज को सट्टा लेज लगिहाल्थेँ नी !”
मैले पनि उसको ठट्यौलीमा साथ दिएँ !
“तिमीलाई त्यति खेर कस्ले उक्साएको थियो भन त !”
“थिए केटाहरु !”
“तिमीले पनि किन नो भनेको भन त ?” मैले पनि अहिले मौका पारेँ ,आखिर उ मात्रै किन ती कुराहरुमा आइरहन्छे ,कम्तिमा मलाई पनि थाहा हुनुपर्छ म कहाँ चुकेको रहेछू !

 उसले मेरो अनुहारमा नियाली । मेर आँखाहरु उसको उत्तर खोजिरहेका थिए !

“त्यो पनि मेरो लागि एउटा डाइलेमा जस्तो नै भयो ! घरमा थाहा भयो भने मार्छन भन्ने डर लाग्यो अनि अहँ भनिदिएँ !”

उ हाँसी ,मेरो मनमाँ हजारौँ ज्वालामुखी एकैचोटी फुटाएर ! कुनै कुनै सम्बन्ध हरु समयले चाहेको हुँदैन । यदि उसलाई मैले ब्याचलरको समयमा प्रयास गरेको भए शायद हाम्रो सम्बन्ध सफल हुन्थ्यो होला । तर ति सब होलाका कुराहुन । यथार्थ एउटा छ उ मेरी होइन । आज झुक्किएर समयले मोड जुधाएको छ । हामी दुवै दोबाटो को प्रतिक्षामा छौँ । उसको त मलाई थाहा छैन , तर मेरो बिराटनगर पुगेपछि उ सँग फेरि गफगाफ गर्न खोज्ने कुनै रहर छैन ।

गाडी घ्यार घ्यार गरेर अघि बढ्यो धेरै बेरको स्थायित्व चिर्दै । फेरिएको सारथि ले मुख्य बाटोमा यात्रा डोर्यायो । बाटो अझै लामो छ ।फेरि दृश्य परिवर्तन शुरु भयो ।
क्रमश:




Read Full Discussion Thread for this article