Posted by: Birkhe_Maila February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

"""""हैन, दाई तिमी ब्यान उठ्ना साथ ऐनामा आफ्नो अन्मार नि हेर्छौ कि क्या हो? दुई बोली मिठो नि बोल्न जाँदाइनौ बा"""""


लोल! पुरे!


यिनि पुन्टे बुडा पहिला यस्ता थिएनन्। निकै उत्साहपूर्वक जमघटमा सम्मिलित हुन्थे, रमाईला कुरा गर्थे। सेन्स अफ ह्यूमर र पुन्टे बुढा र पर्यायवाची शब्द जस्ता बनेका थिए। तर बिगत केहि समय देखि बुढा (TUBPS) ट्युब्प्स रोग ले ग्रसित छन्। आउनुहोस यस रोगको बारेमा केहि चर्चा गरौँ!


TUBPS (ट्युब्प्स) अर्थात 'तरुनीले अंकल भन्दाको पिडा सिन्ड्रोम' एक कपालघातक रोग हो। यस रोगले शुरुमा तालुको कपाल झार्दै रोगले गाँजेपछि रोगी व्यक्तीको सेन्स अफ ह्यूमरमा असर पार्छ। नर्मल व्यक्तिले आफ्नो उमेर ढल्कँदै गएको अनुभव गर्छ तर यो रोग लागेका व्यक्तिहरू उमेर ढल्कँदै गएको यथार्थलाई जबरजस्ती मनले नकार्न खोज्छन् र फलस्वरुप मनमा बएको सेन्स अप ह्यूमर र सेन्स अप टकिङ बिस्तारै हराउँदै जान्छ। यो रोग लागेको रोगीहरु एक पटक तरुनीसित कुरा गर्न पाउना साथ नर्मल देखिन्छन भने, तरुनीसंग कुरा गरेको समय बित्दै जाँदा फेरि गालिगलौजको संवाद प्रयोग गर्न थाल्दछन्।


रोकथाम:


यो रोगको उपचार छैन। एकपटक यो रोग लागेपछि रोगले पूर्णतया: कहिले पछि छाड्दैन तर पनि रोगीलाई बेला बेलामा च्याटरुमको नियमित डोज, य्युट्युबको बुटि कल डान्सको नियमित डोज र दिनमा कम्तिमा पनि २० पटक 'म ठिटै छौ" को झुठो मन्त्र पढ्न दिएमा यसको असर कम देखिन्छ।


धन्यवाद्

Last edited: 05-Feb-10 12:28 PM
Read Full Discussion Thread for this article