Posted by: Birkhe_Maila February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

खुसी नानीको कुरा सुनेर केहि कुरो ओकल्दै छु।


केहि बर्ष अगाडितिर होला। जीन्दगी न हो,  खाइन्थ्यो, सुतिन्थ्यो, उठिन्थ्यो, पढिन्थ्यो तर वारि भित्तो पारी भित्तो बगलि छाम्दा बगली रित्तो थ्यो। अल्लारे बेला थियो, च्याट रुममा छिरिन्थ्यो.....कुराले आकाशका तारा झारिन्थ्यो र मान्छे छानि छानि एम एस एन भन्ने जन्तुमा बोलाइन्थ्यो। त्यसपछि एम एस एनको ढुनटुङटुङ आवाजसंगै कतिपटक तरकारि डढाइयो, कतिपटक एसाइनमेन्टको एक्सटेन्सन बढाईयो, कतिपटक रात आँखा खोलेर कटाइयो त्यो त भनेर साध्य छैन। कतिलाई अरु कस्ता हुन्छन तिमी यस्तो छौ भनियो कतिबाट आफूले यस्ता कुरा सुनियो। किबोर्डमा औँला कुनै मेसिन जसरी चल्दथे र मनिटरमा आँखा एकोहोरो अनवरत रुपमा कुनै भेजिटेटिव स्टेटको मान्छेको आँखा अडिए जसरि अडिन्थे। अनुहार र मुखको भाव च्याटमा उतापट्टिबाट आऊने आइकन अनुसार चेन्ज हुन्थे। उतापट्टिको च्याटरसंग यस्तो भावना जोडिएको थियो कि, केहि बोल्दा उता केहि असर पर्छ जस्तो लाग्नासाथ मुसुक्क हाँसेको एउटा स्माइली फेरि पठाइन्थ्यो। उताबाट स्याड स्माईलि आए आफ्नो जहाँजै डुबेको जस्तो अनुभव हुन्थ्यो। वेब क्याम भन्ने जन्तुले त झन गर्नु नगर्नु गर्थ्यो। उतापट्टिको क्यामेराले पठाएको भिडियोमा, निधारमा अलिकता मात्र मुजा पर्दा पनि यता दिलमा सिधा ठोक्थ्यो। ओठको हल्का एक एक भाइब्रेसनको असर यता हुन्थ्यो। अनुहारको भाव पढ्दै यताबाट खुसि पठाएको या दुख पठाएको निर्णय गरिन्थ्यो। एक्सपेडिया र अरबिट्जमा चिप टिकट ब्राउज गरिन्थ्यो। ईनटरनेट डाउन हुँदा ब्रम्हान्ड नै डाउन भए जस्तो लाग्थ्यो। 'दिस पेज क्यान नट बि डिस्प्लेड' सबैभन्दा घृणा लाग्ने अक्षर थिए। संसार आईकन र अक्षरमा थिए।  साथिभाईहरुको भेटघाटमा जान पर्दा लग इन गर्न नपाएर टेन्सन हुन्थ्यो।घरबाट 'ए छोरा फोन गर् न' भनेको कुरा सुनिन्थ्यो राति गर्छु भनिन्थ्यो र रात पर्नासाथ च्याट सकेर गर्ने निधो प्रत्येक दिन गरिन्थ्यो। समयमा सहि खाना के हो थाहा थिएन.....आदि ईत्यादी....त्यसैले बाबु नानीहो आफू च्याटकुमार भएको समय सम्झेर त्यसो भनेको अब यी घाट लाने बेला भएका पन्टे बुढा समेत अझै त्यतै लाग्दैछन के भन्नु!

Read Full Discussion Thread for this article