Posted by: Birkhe_Maila February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

बिरोध गरौँ:


बिगत केहि महिना वा वर्षयता, साउटबक्स नामक चौतारीमारक तत्वले चौतारीको अनुपस्थिती अनुपात, चौतारीमा औतारिहरुको योगदान, चौतारीप्रतीको रुची तथा चौतारीको ऐतिहासीक गरीमालाई नै ओझेलमा पारेको कुरा सर्वविधितै छ। दोहोरो कुरा गर्नको लागि, कयौँ च्याट नामक चिजहरु देखि लिएर थुतुने किताव सम्म उपलब्ध भएको स्थितीमा, अझ फोन र भ्वाइसमेलहरु भएको स्थितीमा जाबो चौतारीमारा साउटबक्समा नै गएर दोहोरो बात मार्ने कुरा कसैगरे पनि नपच्ने रहेछ। त्यसैले चौतारीका औतारीहरु सबै मिलेर साउटबक्सको बिरोध गरौँ र दोहोरो कुराकानि गर्ने इन्टरफेस र यो चौतारी धागोको इन्टरफेसबिचको भिन्नता बुझौँ!


हेर्नुहोस, जीवन एउटा मात्र पाइन्छ, र यो एक जीवन पनि अनवरत रूपमा बगिनै रहेको हुन्छ रोकिँदैन। प्रत्येक पल, प्रत्येक निमेष हामि क्षण प्रतिक्षण बग्दैछौँ जीवनको साश्वततिर। यो स्थितीमा केवल 'के छ? ठिक छ'  भन्दै थोरै समय खर्चनु र 'के छ? ठिक छ' भन्नको लागि साउटबक्समा घन्टौँ कुरेर धेरै समय खर्चनु कदापी मजाको हुँदैन। बरु धेरै भन्दा धेरै समय धेरै भन्दा धेरै अक्षरहरु लेखेर यता चौतारीमा नै बुट्टा भरम न, कि कसो?


हेर्नुहोस एक्लोपना आफूभित्र हुन्छ, झिलिमिली आइकनका बुट्टाहरु, रंगिन 'लोल' र ':पि, :डि' हरुले एकछिनको लागि एक्लोपना भगाएको भान गराएता पनि त्यो रंगिन झ्यालको माथिपट्टिको रातो गुणन चिन्हमा माउसले किटिक्क पारेपछि फेरि नारायण हुन्छ! यता हल्ला गरौँ न जुन हल्ला पछि जतिबेला हेर्न मन गरे पनि हेर्न पाइन्छ, हल्ला संगै चित्र, चलचित्र, समाचार, कथा व्यथा सबै पोख्न पाइन्छ। मजाको छ नि। त्यसैले आउनुहोस समग्र साउटबक्सको हैन साउटबक्प्रतीको  चौतारीका औतारीहरुको दिवानगीलाई केहि कम गरौँ!


लेट्स अपग्रेड आवरसेल्व्स फ्रम च्याट एडिक्सन टु फोरम एडिक्सन

Read Full Discussion Thread for this article