Posted by: Rodiohead February 3, 2010
ल है नेवारहरु हो, यो पनि पडेर हेर।
Login in to Rate this Post:     0       ?        

आफ्नै राष्ट्रमा नेपालीहरुले परदेशीको अनुभव गर्नबाध्य हुनेछन । नेवार राज्यमा अन्य भाषिहरु अपमानीत हुने दिन आउने छ । ताम्सालीगंमा तामागं जातीहरुले अरुको अपमान गर्ने दिन आउने छ । अनी मगरात, थारुहटमा पनि त्यही समस्याको आगो बल्नेछ ।


सोमवार बेलुका भारतिय टेलिभिजन एनडीटीवीमा आखिर मुम्बईमा बस्ने अधिकार क–कस्को छ भन्ने बहस चलिरहंदा शिव सेनाका एक नेताले भनिरहेका थिए–यो मराठिहरुको राज्य हो । अरुको हैन ।’ शिव सेनाका एक नेताले विहारका एक नेतालाई बारम्बार भनिरहेका थिए‘विहारी भाइलोग ए मुम्बई तुम्हारा नही ए । ए तुम्हारे लिए नहि बने है । तुम्हारा राज्य विहार हे । मुम्बई नही ।’बहस हेर्दा हेर्दै एकाएक लोगो परिर्वतन भएर नेपाली च्यानलको लोगो देख्न थाले । बसहमा बसेका ब्यक्ति एक नेवार जातिका अनी अरु अन्य भाषि देख्न थाले । ती नेता अन्य जातिलाई भनिरहेका थिए– नेवा राज्य बरमु तय्गु मखु ( नेवा राज्य बाहुनहरुको राज्य हैन ।’ झसंग भए । ए म त अध्रनिन्द्रामा पो पुगेको रहेछु । टेलिभिजन हेरेको बहस जारी थियो । टिभी निभाए अनी सुत्ने प्रयत्नमा लागे ।
तर मनमा प्रश्नहरुले लडिबुडी खेलिरहेका थिए । के अध्र निन्द्रामा एक्कासी देखेको दृष्य केवल कल्पना मात्रै हो त ? कानमा त्यही आवाज गुन्जीरहेको थियो– नेवा राज्य बरमु तय्गु मखु ।’ अहिले हाम्रा दलहरु जसरी जातिय आधारमा संघिय राज्य निर्माणमा ज्यान फालेर लागेका छन । मुम्बईमा मराठी र गैर मराठीविच बढाएको द्धन्द्ध भोलीका दिनमा नेपालमा जातिय राज्यमा बस्ने अन्य गैर जातिले ब्यहोर्नु नपर्ला र ? नेवा राज्यमा बस्ने गैर नेवारी समुदाय,तम्सालिगंमा बस्ने गैर तामांग जाती, अनी मगरातमा बस्ने गैर मगरजातीले सुन्नु पर्ने त हैन‘यो राज्य तिमिहरुको हैन । यो तिमिहरुको लागि बनेको हैन ।’
[Disallowed String for - ] type=text/javascript>


[Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);


भारतको मुम्बईमा देखिएको समस्याको पहिलो कारण भनेको मुम्बईको बढ्दो विकाससंगै अन्य राज्यमा बस्ने भारतियहरुको मुम्बईमा बढ्दो चापका कारण नै हो । मुम्बई अन्य राज्यमा बस्ने भारतियहरुको सपनाको शहर बनेको छ । जहां रोजगारीको अवसर राम्रो छ । त्यसैले अल्पविकसीत राज्यका भारतिय नागरिकहरुको उपस्थिती मुम्बईमा बढिरहेको छ ।


शिव सेना मराठी भोट बैंकलाई प्रभावीत पार्न जातिय र क्षेत्रिय नारा अगाडि बढाउन खप्पीस दल हो । उसले अहिलेसम्म भारतिय राजनीतिमा आफ्नो प्रभाव सम्प्रदायिक नाराले बढाईरहेको छ नै । त्यसैले मराठीहरुलाई आफ्नो पकडमा पार्न उ उनीहरुको हितैसी जस्तो बन्दै आफ्नै मुलुकका अन्य नागरिकलाई अर्को राष्ट्रको नागरिक समान व्यवहार गरीरहेको छ । जसका कारण अहिले भारतिय सरकार के गर्ने के नगर्ने भन्ने समस्यामा परेको छ । महाराष्ट्रमा बस्ने अन्य भाषिका भारतिय नागरिकको शुरक्षामाथि खतरा बढेको छ । कतै उनीहरुमाथि मराठी भाषिले पुन आक्रमण गर्ने त हैनन ?


जसरी भारतियहरुको सपनाको शहर मुम्बई हो नेपालमा काठमाडौंको अवस्था त्यही छ । यहां १४ अंचल ७५ जिल्लाका नेपाली नागरिकहरु शिक्षा, रोजगार र अन्य सुविधाका लागि आएर बस्नेक्रम तिब्र बनिरहेको छ । अहिलेको अवस्थामा काठमाडौंमा नेवार समुदायको उपस्थिती त्यस्तै ३० प्रतिशत मात्र रहेको छ । जसका कारण विविध क्षेत्रमा गैर नेवारहरुको उपस्थिती बाक्लो छ ।


यस्तो अवस्थामा क्षेत्रिय र जातिय राजनीतिलाई खुट्किलो बनाएर राजनीति गर्न माहिर दलहरुले भोलीका दिनमा नेवारहरुको हितका लागि भनेर शिव सेनाको रुप धारण नगर्लान भन्न सकिन्न । यसका केही संकेतहरु अहिलेनै आईसकेको छ । जसका कारण अहिले भारतिय पर्दामा देखिएको मराठी र गैर मराठीविचको विवादवाट जसरी भारतियहरु आफ्नै राष्ट्रको भुमिमा अपमानित भईरहेका छन, यदी जातिय आधारमा नेपालमा संघिय राज्यको निर्माण गर्ने हो भने भोलिका दिनमा नेपालमा त्यही दृष्य दोहोरिने पक्का छ ।


भाषा र जातिको आधारमा जव राज्यको घोषणा हुने छन अन्य भाषि र जातिहरुले आफुलाई मानसिक रुपमा कमजोर अनुभव गर्नेछन भने जुन जातिको आधारमा संघिय राज्यको निर्माण हुनेछ उनीहरुमा यो राज्य हाम्रो मात्र हो , यहांका राम्रो विद्यालयमा हामीले मात्र पढ्न पाउंनुपर्छ, यहांका राम्रा अवसर हाम्रा लागि मात्र हो । हामी मात्र यहांका नागरिक हौं अरु पराई हुन भन्ने भावनाका विकास नहोला भन्न सकिन्न । जसका कारण आफ्नै राष्ट्रमा नेपालीहरुले परदेशीको अनुभव गर्नबाध्य हुनेछन । नेवार राज्यमा अन्य भाषिहरु अपमानीत हुने दिन आउने छ । ताम्सालीगंमा तामागं जातीहरुले अरुको अपमान गर्ने दिन आउने छ । अनी मगरात, थारुहटमा पनि त्यही समस्याको आगो बल्नेछ ।


जव हेपिइन्छ, पेलिन्छ र दवाईन्छ । त्यहीवाट उब्जन्छ विद्रोह । जुन जुन जातिको नाममा संघिय राज्य हुन्न उनीहरु आफ्नो जातिको आधारमा संघिय राज्यको माग गर्दै विद्रोहमा उत्रिने छन । विविध जाति र भाषिहरु एक माला जसरी अहिले अटाएका छन त्यो माला चुडिने छ । नेपाल १४ हैन एक सय १४ संघिय राज्यमा विभाजीत हुनुपर्ने बाध्यता आईपर्ने निश्चित छ ।


धन्न अझै मौका छ गल्ती सच्याएर अगाडि बढ्ने । संविधान सभाको राज्य पुर्नसंरचना समितिमा जातिय आधारमा राज्यको विभाजनको जुन प्रस्ताव गरिएको छ राजनीतिक दलहरुले अझै त्यसमा सुधार गर्न सक्छन । नत्र मुम्बईमा अहिले जे देखिएको छ त्यो काठमाडौंमा देखिने छ । चीतवनमा देखिने छ अनी जनकपुरमा देखिने छ । नेपाली आफ्नै राष्ट्रभित्र कि अपमानीत भएर बस्न बाध्य हुनेछन कि विद्रोहको झन्डा बोक्न बाध्य हुनेछन । समयमै चेतना भया ।

Read Full Discussion Thread for this article