Posted by: chipledhunga February 2, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, २१ दिनमा बत्ती त २१ दिनै जान्छ, त्यतिबेलासम्म दिनको २१ घन्टै पनि पुग्न सक्छ। कुलेखानीमा कति पानी जम्मा हुन्छ, कालीगन्डकीको कतिवटा टर्बाइन चल्छ, राज(अ)नैतीक दलको संरक्षणमा कति हुकिङ हुन्छ, भोटेकोशीका कर्मचारीले हड्ताल गर्छन् गर्दैनन् आदि आदि कुराले केही थपघट् पनि हुन सक्छ। यो कुरो चाँही पक्कै छ कि २१ पत्ती समात्न कि इन्भर्टर कि लालटीनको उज्यालो चाहिन्छ।   


पूरे छिमेकी, खोइ के हतार गर्छौ जान पनि। सुन्तलीलाई फिलिम देखाउन लाने बिचार भए त्यो हल बन्द भएको बर्षौं भैसक्यो। सुन्तली र फिलिम दुइटैको मोह छैन, बरु पानी भर्न र अझ पाए नुहाउन आएका तरुनी हेर्छु भन्छौ भने ढुङेधारा सुकिसक्यो। मेरै थुतुने किताबाँ देखिहाल्यौ होला फोटाहरु। बरु हस्तिनापुरतिर झर्ने गर बरोबर। ३ डलर तिरेर भए पनि पानी त पाईन्छ।       

Read Full Discussion Thread for this article