Posted by: chipledhunga February 2, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
पुन: जदौ सबैलाई।
ठुल्दाइ, त्यसो भए नेपाली नयाँ बर्षको पूर्वसन्ध्याको इस्न्याक्स चाँही महेन्द्र बाउचाको अनि मीठाइ चाँही बागचाको पसलको खाइने भएछ त, मखुला? बसाइ कतिको होला जस्तो छ?
रिट्ठे सर, नयाँ काम अरु त के भन्नु, चोर्न चाँही हत्पत्ती नपाईने खालको छ। यस्तै हो अस्थायी पाएको जागीर। राखुन्जेल पेल्नु पेल्छन् अनि एक दिन ढोका बाहिर ठेल्छन्।  
जिम्मालबा, कस्तो ठुटे ठुटे लाइनको लेखाइ हो, अन्तिम सर्को तानेर मिल्काएको चुरोट जस्तो। स्वास्थ्य के भन्नु, हिंजो डाउँडरले प्रतिकृयाबादी तत्वहरुलाई नाश गर्न भनेर एन्टिबायोटिकको पुर्जी थमाइदियो अहिले त्यसैले ज्यान थामेको छ।   
Read Full Discussion Thread for this article