Posted by: Birkhe_Maila January 28, 2010
तिम्रो नाम सँग मेरो नाम जोडियो !!!
Login in to Rate this Post:     0       ?        

कविज्यूको धन्यवाद् ज्ञापनले म बिर्खबहादूर बोगटी अत्यन्तै गद् गद्, प्रसन्न तथा पुलकीत भएको यथार्थ यहाँ बाँड्न चाहन्छु। हजारौँ वर्षदेखि यस जगतमा चल्दै आएको उदय-अस्तको राज्यहरु संगसंगै, शताब्दियौँदेखी बग्दै गरेको यस संसारको सुख-दुखका लहरहरु संगसंगै र दशकौँदेखी चम्किरहेका युद्ध-शान्तीका बिजुलीहरु संगसंगै 'कविता' आफैँमा केहि फुक्दै र केहि खुम्चँदै भए पनि आफ्नो अस्तित्व जोगाऊन वर्तमानसम्म सफल नै रहेको तथ्य छर्लङ्ग छ। यही यथार्थमा जिउँदै, यहि सत्यतामा केहि सत्य थप्दै, यहि प्रवाहमा केहि बग्दै कवीज्यूले यहाँ पस्केको कविताले जीवनको यथार्थता, मनको सरलता र वर्तमानको सत्यता बयान गरेकोमा कविज्यूलाई मिठो कविताको लागि बधाई तथा धन्यवाद दिँदै भविष्यमा अरु पनि कविता पढ्न पाऊने कामना गर्दछु।


धन्यवाद्।

Read Full Discussion Thread for this article