Posted by: ramprasadneupane January 27, 2010
तिम्रो नाम सँग मेरो नाम जोडियो !!!
Login in to Rate this Post:     0       ?        
प्रश्न ३ - सप्रषंग ब्याख्या गर्नुहोश !

.......................................................................................१०

तिम्रो नाम सँग मेरो नाम जोडियो !!! - कवि राहुलभाई

तिम्रो नामसँग आज मेरो नाम जोडियो

नाम संग संगै
धेरै धेरै बदनाम जोडियो

बेप्रसङ्ग झसङ्ग हुने कस्तो
सम्बन्ध

जस्तो कि राधा सँग श्री राम जोडियो।

एक दुई पल्ट मुस्काएं होला त्यत्ती हो ,

हल्ला चल्यो,
प्रेम पत्रको खाम भेटियो।

सुम्सुम्याइ पिठ्यूमा
छुरी धस्नेहरुको

हातमा फूल बोकेको लामो लाम
देखियो।






उत्तर ३

मथिका हरफहरुमा कवि राहुलभाईले कलियुगमा मानिसको नामलाई बिभिन्न अवसरबादी ब्यक्तिहरुले अरुका नाम संग जोड़ी कसरी र कुन हद सम्म बदनाम गर्न सक्छन भनी सुन्दर बर्णन गरेका छन |

कविका अनुसार सम्बन्ध जोड़ने र बिगार्ने क्रममा सत्य युगको धर्मं छोड़ी कलियुगका मानबहरुले द्वापर यगकी राधा संग त्रेता युगका रामको नाम समेत जोड़न पछी नपर्ने गरेको र नाम जोड़न मुस्कान, हेराई, काल्पनिक प्रेम पत्र र हल्ला प्रयोग गर्ने गरेको ब्याख्या गरेका छन |

कविले सुन्दरताका साथ मित्र रूपी शत्रुहरूले फुलका गुच्छा बोकी, पिठ्यु सुमसुमाउदै धरिला छूरी धस्ने कलियुगीहरुको कुनै कमी नभएको बर्णन समेत गरेका छन |

Read Full Discussion Thread for this article