Posted by: बैरे January 27, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

म मुर्मुरिदै कोठा बाट निस्के । Living Room मा दशैं को टिकाको पूजा थाली लाई हेरे , मन बद्लिन खोज्दै थियो फेरी उस्को "Blood is thicker than Water" भन्ने attitude सम्झे , निस्के घर बाट बाहिर


Empty mind is Devil's playground भन्थे आफ्नो मन मा नी कुरा हरु धेरै खेल्न थाले , कतै मैले पहीले गर्या व्यबहार को बदला त होईन ? फेरी आफै सोचे त्यस्तो त हुन सक्दैन , फेरी बुढा पाको ले भन्या तरुनी हरु आफ्नो मत्लब जसरी नी निकाल्छन भन्या कुरा याद आयो । खै के साचो के झुठो म केही पत्तो नै लगाउन सकी रहेको थीइन ।


एस्तो बेला त साहेता केवल मार्ल्बोरो ले गर्थ्यो सल्काए एउटा - एक सरको लगाए दिमाग अली ठन्डा भए झै लाग्यो । आज दशैं को दिन जे भए नी आफु रिसाउनु नहुने जस्तो लाग्यो । एक जना आगो भए अर्को पानी हुनु पर्ने थियो जस्तो लाग्यो । तर मन को कुनामा भने निकै अफ्टेरो भई राखेको थियो । जे भए नी उसले मलाई त्यस्तो पराय नपार्नु पर्ने जस्तो मलाई लाग्या थियो ।


(फोन को घण्टी बज्यो  )


रिया कै फोन जस्तो लाग्यो , तर नम्बर नै थिएन 


"हेल्लो " आमा को स्वोर थियो ।


अरु कुरा हरु त खासै केही भएन चाहिने कुरा चाँही यस्तो भएको थियो


आमा - " तलाई एउटा कुरा सोध्नु थियो "


कुरा के हो त्यो मलाई थाहा थियो त्यहि पनि "सोध्नु " भने


आमा - " त त्यहाँ कुनै केटी सँग बस्या छस रे ? के यो कुरा साचो हो ? "


- "हो "


आमा - " तैले के गर्दै छस तलाई थाहा छ ?"


- " शायद "


आमा - " शायद, के हो त्यो शायद भनेको ? तलाई घर परिवार को केही मत्लब छ ? जात भात नमिल्ने घरमा कसरी कुरा चलाउने ? के भन्छन हामी लाई बेरादरी हरु का ले ?"


उसले हान्या झटारो , फेरी घर बाट मलाई हानियो ।  एक छिन सोचे , के यो कुरा मैले रिया लाई भनी भने मलाई जस्तो लाग्या छ उसलाई नी त्यस्तै लाग्न सक्छ । एक मन ले उसको परिक्षा लिन मन लाग्यो । मलाई हेर्नु थियो के उ सँग मेरो जीवन बित्न मुम्किन थियो भनेर ?


मैले घर मा फैलिन आटेको बेग लाई तुफान मा बद्लिन दिनु अघि नै रोक्नु पर्ने नी थियो त्यसैले


- " किन सोच्नु पर्‍यो हजुर हरु लाई बेरादरी को बारे मा ? खैरेनी लिएर त बस्या छैन नी ? कुरा लाई त्यतिकै नबढाउनु केटा र केटी संगै बस्दै मा प्रलय त आउदैन नी ? "


आमा - " लौ यही कुरा तेरो बाउँ लाई भन "


- " आमा , म बुवा सँग यस्तो कुरा गर्न सक्दिन , हजुर ले सम्झाउनु । यहाँ जस्तो चली रहा छ सब ठीक छ "


आमा - " तलाई फरक नपरे नी , हामी लाई फरक पर्छ , खै उसको अत्तो पत्तो दे , हामी यहाँ बुझ्छौ "


कुरा हरु यति गम्भिर थिए की म आफुलाई नै थाहा थिएन की यदि उ मेरी अर्धाङ्गनी हुन सक्छे की सक्दैन भनेर , कसरी घर मा भन्ने ?


- " अहीले कुरा लाई अगाडी बढाउनु पर्दैन , जब ठीक समय आउछ , मै भनुला "


यति कुरा हरु भए सी फोन राखियो ।


म मन मनै कुरा हरु केलाउदै थिए , कसरी उसलाई भन्ने होला भनेर , मैले कसरी कुरा उसको अगाडि राखु, की मेरो लागि आफ्नो जात उसको भन्दा ठुलो छ भनेर ? मलाई उसको प्रतिक्रिया हेर्न मन थियो ।


उसले मलाई लगायत मेरो वास्तब्किता लाई आफ्नो बनाउन सक्छे भन्ने विश्वाश नदिए सम्म म सुख सँग बस्न नसक्ने भएको थिए ।


त्यतिकैमा सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...."
 
अब मेरो लागि "Thing work out" भन्दा पनि "Will things work for me?" जान्न जरुरी थियो । म घर तिर लागे


म आको देखेर उसले मलाई अकंमाल गरेर " I am Sorry " भनि


अहीले नै कुरा भन्दा त जोरी खोज्या झै हुन्छ जस्तो लागेर मैले नी - "Its OK " भने


उ - "टिका लाउने होईन ?"


म - " लाउनु पर्छ र ?" (मैले त मन को कुरा बोल्या थिए उसलाई के थाहा ?)


उ - " ल भयो अब धेरै नाटक नगर , थपक्क टिका लगाइ देउ "


यो पहिलो दशैं थियो मैले उसलाई टिका लगाइ दिएको तर यो पहिलो सम्बन्ध थियो जो मन मा संका छदा छ्दै नी मैले गासेको


दिन हरु बित्दै गए, मैले आफ्नो मन मा लाग्या कुरा हरु बिर्स्या थिन तर पनि समय को चपेड मा पर्दा, अङ्रजी मा भन्नु भने " Life was back to Normal Flow ", तिहार पनि आउन लाग्यो लक्ष्मी पूजा को लागि काम बाट छुट्टी मिलाउन खोज्दा नी छुट्टी मिलेन । रिया लाई नी यो कुरा भने उसले पनि ठिकै छ नी , म गर्नु पर्ने कुरा हरु सब मीलाई हाल्छु नी , बरु मिल्छ भने चाडो घर आउ भनि ।


लक्ष्मी पूजा को दिन घर आउँदा घर झिलिमिली सजिएको थियो । त्यो ब्लक को सब से सुन्दर घर नै आफ्नो भएको थियो । बिचरो खैरे हरु लाई के थाहा के लक्ष्मी पूजा के तिहार भनेर । मुल ढोका छिर्ने ठाउँमा रङ्ग हरु ले रङ्गोली बनाइएको थियो । रङ्गोली बाट भित्र सम्म रातो माटो ले झै अबिर र केसरी ले लेपेको थियो , त्यो लेपेको माझ मा हात ले खुट्टा को पद हरु बनाइएको थियो । रङ्गोलीको बिच मा बत्ती बालेको थियो भने ढोका को दुई कुना मा कलश हरु सजाएर राखिएको थियो । जुत्ता फुकालेर छेउ मा राकेर रङ्गोली बिग्रेला भनेर हुनै हुना भित्र छिरे ।


मेरो आँखा सामु रिया उभिएको थी । उनी रातो सारी मा सजिएकी थी, हात मा ढल्किएका चुराहरु र पाऊँ मा लगाएका पाउजुहरु ले उसको हरेक चाल मा उसको उपस्थिती को ज्ञात गराइ रहेको थियो । कान का मुन्द्री र निधार को टिकाले उनी झनै राम्री वा चन्द्रमा मा झै उसको मुख मा पनि एउटा दाग लगाइ दिएको थाहा नै भएन । सुर्यको प्रतिबिम्बमा  तारा हरु चम्के झै उसको सौन्दर्यताको प्रतिबिम्बमा गला मा पहिनेको सुनको हार चम्की रहेको  थियो । आफ्नो घर बत्ती ले धेरै सजिएको वा उसको सुन्दर्ता ले त्यो पत्तो नै लाउन सकिन , साक्षात गृह लक्ष्मी स्वर्ग बाट मेरो घर मा आएको झै लाग्यो । त्यो अबिर र केसरी को बीच मा हात ले होईन उस्कै पाऊँ को निसान हो झै लाग्यो ।


उ -" के भयो किन वाल्ला पारी रहेको ? राम्रो केटी देख्या छैनौ ? "
 
साच्चै हो , उ जस्ती राम्री केटी त मैले कहीले नी देख्या थीइन , उसको सुन्दर्ता को बर्णन गर्न सृष्टी कर्ता ले रचेका ब्रम्हाण्ड नै तुच्छ हुने छ । महा सागर मा त्यती पानी छैन होला हिमाल मा त्यती हिउँ छैन होला इन्द्रेणीमा त्यती रङ्ग हरु छैन होला जसले मेरो रिया को बर्णन गर्न सकोस । जसरी कृष्ण को बिश्वो रूप देखेर संजय चूप लाग्या थियो म केवल त्यहि गर्न सक्थे ।


उ - " ल जाउ , फ्रेश भएर आउ , पूजा गर्नु पर्छ , म तिमी लाई नै कुह्री रहेको थिए । "
 
उ मेरो अगाडि जादै थी , उसको त्यो हात का चुरा र पाउजु को छन छन ले मेरो ध्यान उ तर्फ लादै थियो । चुरा र पाउजु हेर्दा हात र पाऊँ दुबै मेहेदी ले रङ्गाएको रहेछ । म केही नबोली उसको पछि पछि लागे ।


नुहाइ धुवाइ , बाहिर निस्किदा उ कुह्री रहेको थीई ।
 
- " आज त घाम पश्चिम बाट कसरी उदायो ?"
 
उ - " आफ्नो घर पूजा को लागि तयार पार्न नी किन पश्चिम बाट घाम उदाउनु पर्‍यो ? "


उस्ले आफ्नो घर भन्दा मनै पग्लिन गयो !!! मन मनै कतै मैले गलत त सोचिन झै लाग्यो ?


उ - " ल ल , जाम पूजा गर्न "


लक्ष्मी को तस्वीर को वरी परी बत्ती बालेको थियो । पूजा को थाली मा चन्दन , अक्षेता , अबिर, केसरी, फुल हरु राखेको थियो भने अर्को भाडा मा चढाउन को लागि प्रसाद को लागि फल हरु , मिठाइ , सेल राखिएको थियो ।


मन मनै कहीले यत्रो समान हरु तयार पार्न भ्याको ? पकाइ देखि किनाइ अनी सजाइ सम्म सब गर्न भ्याएछ , पहीले म बिना केही गर्न नसक्ने मान्छे भनेर सोच्दै थिए -----


उ - " ल पहिला तिमीले पूजा गर "
 
- " किन तिमीले गरे हुन्न र ?"


उ - " त्यस्तो होईन, एउटा लक्ष्मी ले अर्को लक्ष्मी लाई त्यतिकै भेट्नु हुन्न भन्छन् क्या " म तिर हेरेर आँखा झिम्काइ


उसको बोली मा घमन्डता को एक थोपो पनि देखिएको थिएन , तर उसले भने को कुरा साचो थियो .......


म कुन लक्ष्मी को पहिलो पूजा गरु भन्ने दुभिदा मा परेको थिए ।
 
क्रमश :


 

Read Full Discussion Thread for this article