Posted by: Rahuldai January 27, 2010
तिम्रो नाम सँग मेरो नाम जोडियो !!!
Login in to Rate this Post:     0       ?        

तिम्रो नामसँग आज मेरो नाम जोडियो
नाम संग संगै धेरै धेरै बदनाम जोडियो


बेप्रसङ्ग झसङ्ग हुने कस्तो सम्बन्ध
जस्तो कि राधा सँग श्री राम जोडियो।


एक दुई पल्ट मुस्काएं होला त्यत्ती हो ,
हल्ला चल्यो, प्रेम पत्रको खाम भेटियो।


सुम्सुम्याइ पिठ्यूमा छुरी धस्नेहरुको 


हातमा फूल बोकेको लामो लाम देखियो।

Read Full Discussion Thread for this article