Posted by: _____ January 25, 2010
लोकराज बरालका कुरा
Login in to Rate this Post:     0       ?        
चना तर्कारी जि

जबाफ दिनु भएको म धन्यवाद,

तपाईंलाई बुदागत् रूप्मा मेरो तर्क पेश गर्छु
 
१। अब कुन सतही हो कुन गाहिरो हो भन्नेकुरा खोतल्दै गएपची थाहा पाएने हो, सतही रूप्मा लिये सतही हुन्छ गाहिरो  रूप मा लिने भये गहिरै हुन्छ.
२। " तपाईंले भन्नुभो "मैले वा नेवारहरुले नेवारलाइ छुट्टै राज्य दिने भए दे नत्र युद्ध गर्छौ, गैर नेवारलाइ लखेटेर धपाउछौ, सार्वजनिक सम्पत्ति तोडफौड गर्छौ जस्ता उग्रता कहिले पनि प्रदर्शन गरेन, जबकि मधेश आन्दोलनले सम्पूर्ण पहाडलाइ नाकाबन्दी गर्ने घोषणा समेत गर्यो "
एस्को जबाफ मैलीए दिनै परेन ल पश्नुस् आजकोओ कान्तिपुर मा छपिएको एउटा खबर

धरान, २०६६ माघ १० -
नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारले राजनैतिक दलहरूले गएको संविधानसभाको निर्वाचनमा संघीयताका नाममा जनतासँग मत मागेर अहिले धोका दिएको आरोप लगाएका छन् । धरानमा आयोजित अञ्चल स्तरीय अन्तरक्रिया तथा प्रशिक्षणमा ताम्राकारले संघीयताको विरोध गर्ने अधिकार कसैलाई नभएको बताए ।

संघीयताको विरोध गर्नेलाई जनताको भावनामा खेलबाड नगर्न पनि ताम्राकारले आग्रह गरे । उनले हालै संविधानसभामा १४ राज्यको खाकामा नेवाः प्रदेशको सुनिश्चितता भए पनि राज्यको सीमामा असन्तुष्टि व्यक्त गरे । संघीय राज्यमा नेवार समुदायको हक अधिकारको सुनिश्चितता सम्बन्धमा चर्चा गर्दै ताम्राकारले नेवार जातिको स्वायत्त प्रदेश नेपाल मण्डलमा आप्रवासीको चापलाई रोक्ने नीति ल्याउन सकिने संकेत गर्दै भने, 'तर बाहिर रहेका नेवार जातिलाई मूलभूमिमा र्फकनबाट रोकिने छैन ।'

उक्त कथन नेवा प्रदेशमा नेवार जाति मात्र रहन पाउनेतिर उनले लक्षित गरेका थिए । उनले सरकारले दलित आयोगमा निर्मल देउला, पोडेलाई दलितका रूपमा नियुक्त गरेकामा आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरे ।
source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=9563:
 मित्र, यो जमाना मा कसैले कसैको ठेक्का लिन सक्दैन  तर तपाइको जबाफ मनौ   तपाई मात्रै सम्पूर्ण नेवार हरुको प्रबक्ताजस्तो   गर्नु भो,  देखि हाल्नु भो नतिजा तमाराकर जी को भनाइ बाट मा त फेरी भन्छु मित्र यो त ट्रेलर  मात्रै हो. मान्नु नमान्नु तपाइको खुसि

२. तपैले भन्नु भो "तपाइको भनाइ अनुसार त मधेश आन्दोलनको आरोह अवरोहमा दूरनियन्त्रकको भुमिका नै छैन त्यसोभए ?
नेपाल मा नेवार भन्दा मधेसी हरु ज्यादा  दबिएका छन् , के मधेसी हरु मा यो कुरा बुझ्न सक्ने छ्यमता  र उनीहरुमा आफ़ै अन्दोलन गर्न सक्ने  छ्यमता छैन भंथान्नुहुन्छ   कि के हो? आफै मात्र जान्ने, अरुलाई गन्दै  नगन्ने? "मनु मखु मर्स्या" को ब्यबहारिक उदाहरण हो कि के हो?
अरु जातजाति सबै लाटा हुन् कि?
रह्यो मधेसी आन्दोलनमा दूरनियाँत्रक को कुरा कोइ जानी जानी दूर्नियेंत्रक बाट संचालित हुन्छन कोहि  थाहै नपाई दूरनियाँत्रक  को सेवा गर्न पुग्चन.  दूरनियाँत्रकको लागि जानी जानी आफु बाट संचालित हुने भन्दा थाहै नपाई आफ्नो सेवा गर्ने हरु फैदाजनक हुन्छ किन भने जानीजानी संचालन हुने हरु पछी गएर हेर तेरो फाइदाको  लागि मैले एती गरिदिए अब मेरो लागि त के गर्छस भनेर बार्गेनिंग गर्न पुग्चन तर थाहै नपाई  सेवा गर्ने हरु केहि माग्न औदैनन
मधेस आन्दोलन मधेसी हरुको स्वोतस्फ्रुत आन्दोलन  हो  तर त्यो आन्दोलन  बाट "दूरनियाँत्रकले" धेरै फाइदा लिए मौका मा चौका हानेको. उनीहरुले अझ धेरै फाइदा लिन्छ जब नेपाल जातिय गणराज्य मा परिणत हुन्छ. 
कुनै मान्छे लै दिग्भ्रमित गर्नु छ भने उसको विश्वास मै आक्रमण गर्नु पर्छ, दूर नियन्त्रक लै यो देश नियेंत्रण गर्नु छ,  को मुख्य बाधा छ नियेंत्रण गर्नु मा? येस्का मान्छे हरुमा निहित राष्ट्र बादी भाबना. अब राष्ट्र बादी भाबना कसरि नस्ट गर्ने,? मान्छे हरुलाई दिग्भ्रमित पारिदिने. तेसकारण दूर नियन्त्रक ले नेपाल को निर्माण मै प्रस्न लगाई दियो यो एकीकरण होइन विस्तार हो ( देसको नाम गोर्खा रखिद्य भए बिस्तार हुन्थ्यो) तुरुन्तै  दुर्नियन्त्रित पत्रकार हरुले प्रचार प्रसार गर्न थाले  सुगा हरुले हो हो भन्न थाले, कतिपय कुरा नबुझेका  मान्छे हरु पनि हो मा हो मिलौना थाले. दूर नियन्त्रक ले तिनीहरु खस् हुन् भन्न थाले दुर्नियेंत्रीत् प्रचार तेसरी नै हुन थाल्यो सुगा हरु फेरी हो हो भन्न थाले तर तिनी हरुले फेरी के बिर्सिए भने खस् हरुले आफ्नो इतिहास बिर्सेर आफुलाई नेपाली भन्न थाली सकेका थिए (मलाई के विश्वास छ भने प्रतेक जातजाति को आफ्नो आफ्नो गौरब गाथा हुन्छ). तर दूर नियन्त्रक यहाँ पनि  फूट ल्याउन सफल भयो. तेस्पची दूर नियन्त्रक ले भाषामा आक्रमण गर्न थाल्यू, कहाँ त्यो नेपाली भाषा हो त्यो त खस् भाषा हो भन्न थाल्यो, दूर नियन्त्रक कुवा हरु क्वा क्वा गरेर स्वोर मा स्वोर मिलौना थाले, नबुझेका हरुलाई पनि रीश फेर्ने मौका मिलेको जसतू भो उनीहरु पनि हो मा हो मिलौना थाले कुरै नबुझिकन कि तेभित्र कस्तो षड्यन्त्र लुकेको छ भनेर. येही मौका छोपेर दूर नियन्त्रक को भाषा कला र संस्कृतिको धमाधम प्रचार हुन थाल्यो ,म गतसाल नेपाल गएको थिई कतिपय हिन्दी सेरिअल आउने बेलामा घर घर मा काम बन्द हुन्छ सम्पूर्ण मान्छे Tv अगाडी, त्यो चाही संस्कृतिक उपनिवेश होइन? हिन्दी गाना गएर, हिन्दी बोलेर र हिन्दी tv  सेरिअल हेरेर, नेपाली भाषा लै चाही खस् भाषा भनेर उधुम गाली?? खोक्रा रास्त्राबाद भनेको के हो कुन्नि. दूर नियन्त्रक का दुत गाउँ गाउँ  पुगेर पैसा बादी रहेछ पहाड पहाड मा क्रिकेट, जुम्ला मा क्रिकेट खेलिंचा  दूर नियन्त्रक को दुत मनाग पुगेर स्कूल को विद्यार्थी लै हिन्दी मा गाना गाउन  लगाउछा (इ सब नेपाल को पत्रपत्रिका मा प्रकासित भयका समाचार हुन्)  बिरोध  गर्यो  भने दुर्निन्त्रित व्यक्ति हरुको तम्तयार  जबाफ औछा "कला संस्कृति र खेलकुद को राजनैतिक सिमाना हुदैन"  वाह वाह एकै  देसको भाषा कला संस्कृति को चाही हाम्रो जातको होइन तेस्को जातको भनेर सिमा निर्धारित गरिन्छ तर छिमेकी देश को भाषा कला संस्कृति को चाही सिमा हुनु हुन्न, कस्तो  उत्तम विचार.
मनोरंजन गर्नमन लागे उपत्यकाको नाचगान हेर्नु   भन्ने राजा चाही बिस्तारबादी, नेवारी संस्कृतिको बाधक तर तर दूर्निय्न्त्रक को भाषा को तपाई हरुले मजा enjoy  गरि रहनु भाको छ नि, हिन्दी फिल्म, हिन्दी सेरिअल, क्रिकेट अब त काठमाडौँ  मा गहु को पीठो लै आटा भंचन मान्छे हरु. त्यो चाही दुर्निय्न्त्रक को संस्कृतिक पर्चार प्रसार मा सहयोग गरेको होइन?

३."तर ती कुराहरुलाइ इतिहासबाट लुकाउन खोजेको हो कि हैन नि"
मित्र, लूकौना खोजेको जस्तो मलाई त लागेन  खाली हेर्ने आँखा हरुले नदेखेपछि के गर्ने? " फूलको आँखामा फूल नै   सन्सार काडा को आँखामा काडे   संसार भन्ने गीत जस्तै हो मित्र, प्रिथिबी नारन  शाह को अभियान लै नेपालको एकीकरण नाम दिएको छ जबकी उनका राज्यको नाम गोर्खा थियो र उपत्यका लै नेपाल भनिन्थ्यो इतिहासकार हरुले लिक्चाबी कालिन, किरात कालिन र मल्ल राजा हरु  विलास मा लिप्त भएर उपत्यका मा मात्र सिमित हुनु भन्दा अगाडी कै नेपाल को प्रिथिबी नारन शाह ले सिर्जना गरेका भनेका छन्  होइन र ?  गोर्खा को झन्डा भनेर सिंह ले समातेको झन्डा त मैले स्कूल मै देखेको, नेवार हरुले प्रयोग गर्ने झन्डा  त उपत्यकाको मन्दीर मन्दीर मा पहिले देखि थ्यो , तपैले देख्ने सक्नु भएन, मा के गरु? काठमांडू  जितेर दरबार भित्र पस्न खोज्द्दा नेवार हरुले प्रिथिबी नारन शाह लै हो तैले राज्य जितिस तर तलाई हामी राजा मान्दैनौ हामीले पनि मान्नु पर्चा भंचास  भने  कुमारी लै ढोगेर कुमारी ले टिका लैदीन भने हामी मान्छु भनेपछि प्रिथिबी नारन ले कुमारी लै ढोगे पछि कुमारीले टिका लागैदेको कछ्या दस पढ्दा इतिहास पढाउने मास्टर ले भनेको मास्टर ले कसरि थाहा  पायो   जसतो लग्य्थ्यो मलाई तर  पछि थाहा  भो  किताब हरुमा लेखेको रैछा. अब  १० क्लास को किताब मै सबै कुरा लेखेर  साध्य हुदैन होइन र.   प्रिथिबी नारनले कीर्तिपुरे को नाक कान काटेको थाहा  पौने, पाटन , काठमाडौँ  र भक्तपुर क करिब २००० भारदार मारेको थाहा पौने, लाम्जुंग को जयन्त राना लै छाला काढेर मारेको धेरै लै थाहा छ  आनी प्रिथिबी नारन को राम्रो काम को कुरा गर्यो कि चुपचाप. जसले जे भने पनि आधुनिक नेपाल को स्थापना प्रिथिबी नारन ले गरेको हो, ( म राजतन्त्र को समर्थक होइन नि फेरी) जसले राष्ट्र निर्माण गर्यो तेस्को खराब कुरा मात्र बढी प्रचार प्रसार हुनु २५० वर्ष अघि गरिएका केहि नराम्रा कुरा लै बधाई चढी गर्नु को अर्थ के हो मित्र? युरोप को इतिहास पढ्नुस २५० वर्ष अघि त्यहा कस्तो कस्तो दमन हुन्थ्यो? कस्तो कस्तो सजाए दिएन्थ्यो , युरोप नै किन भारत कै पढ्नुस न २५० वर्ष अघि त्यहा  हरेका  लै के के गरिन्थ्यो ? किताब पढ्न त तपाई लै कसैले रोक्न सक्दैन नि.  अरू त के कुरा तथाकथित सभ्य कहलिएका अंग्रेज ले समेत दिल्ली क अन्तिम बादशाह लै बर्मा मा कालकोठरी (dungen ) मा थुनेर मारे. १० क्लास को इतिहास मा सबै लेखेर सकिदैन मित्र  जान्न चाहने लै सामग्री उपलब्ध छन्
अब ने मुनि को कुरा

हामीले १० क्लास पढ्दा खेरि नेपाल नाम रहनुको कारण दुइवटा  दिएको थ्यो १. ने मुनि ले पालन गरेको र २. अर्को ने भनेको उन र पाल भनेको स्थान, धेरै ऊन हुने स्थान भएको ले तिब्बती भाषा मा ( कुन बेला को तिब्बती भाषा हो थाहा छैन ) नेपाल भनेको , अब येस्मा के कुरा लुकाएको छ? किन जबर्र्जस्ती घोकाएको भन्नु हुन्छ.
३."नेवार सभ्यता संस्कृति संरक्षण प्रवर्धन गर्न खस-सरकारले फुटिकौडि केहि नगरेको हो कि हैन"
मित्र, जब राज्य ले नेवारी संस्कृति लै मुख्य संस्कृति को रुप मा मानेपछि  कति  samrachhyan गर्ने? नेवारी संस्कृति लै जस्तै राज्य ले, गुरुङ को संस्कृति, मगर को संस्कृति, शेर्पाको संस्कृति, थारु को संस्कृति मधसी को संस्कृति ले सम्मान गरेको भए र उनीहरुलो चाडपर्ब मा पनि राजा हरुले भाग लिने गरेको भए कति राम्रो हुन्थ्यो, राज्य को पैसा भनेको करदाता ले दिने पैसा हो मित्र र हाम्रो जस्तो गरिब देश मा बिदेशी ले दिने सहयोग पनि अलि अलि हो, समय अनुसार राज्यको प्राथमिकता बदलिन्छ मित्र अहिले को प्राथमिकता भनेको बाटोघाटो, सिक्च्या, स्वास्थ्य हो . अब सिमित कर लै संस्कृति को samrachhyan  मा खर्च गर्ने हो भने सबै जातजाति लै कति  भागबन्डा पर्छ?, कि नेवार को संस्कृति मा मात्र राज्य ले पैसा खर्च गर्न पर्ने? मलाई त खस् सरकार ले  नेवार को संस्कृति लै दबाएको होइन कि नेवार, छेत्री र बाहुन बाहेक अरु जातजाति को संस्कृति लै दबाएको र बचौना को लागि केहि नगरेको जस्तो लाग्छ तर तपाई त्यो देख्न सक्नु हुन्न, आफ्नो संस्कृति मा गर्ब गर्ने ले अरुको  संस्कृतिको  पनि सम्मान गर्नु पर्ने होइन?  self  centrist  सोचाइ  भनेको तेही हो मित्र. आफ्नो संस्कृति ले राज्य को मुख्य संस्कृतिको मान्यता पाइसक्दा  पनि complain  गर्ने तर  जातजातिका संस्किरिती दबैदा पनि चु नबोल्ने. के नेवारी संस्कृति मात्रै नेपाल को संस्कृति? अरु जातजाति का संस्कृति चाहि   के नि? 
तपाइको जबाफ सुनेर त मलाइ राजा त्रिभुवन को एउटा भनाइ याद आयो. एकपटक गरिब हरु दरबारमा प्रदर्सन गर्न गएछन, भर्खर प्रजातन्त्र आएको  राजा पनि बाहिर आएर के भो भनेर सोधेचन, गरिब हरुले भनेचन " सरकार हामी भोक्भाकै भयो केहि खान पाएनौ. त्रिभुवन ले भनेचन केहि नपाए दुध भात त पाइन्छा  होला नि, दुध भात खाए भै हाल्यो नि 
राजा लै गरिब को कुरा के थाहा. आफ्नो संस्कृतिक पर्ब मा राजा, रास्ट्रपति, प्रधान मन्त्रि ले भाग लिने वर्ग को मान्छे लै हिमाल को शेर्पा ले भुखमरी  को बेला गाई मारेर खादा जेल परेको मर्का के थाहा मित्र, शेर्पाले गाइ लाइ  माता पनि मान्दैन र उसको धर्म ले गाइको मासु खाएपनि हुन्छ. यहा कतिपय वर्ग को नुनातम आबस्यकता पुरा भएको छैन तर तपाई लै कुनै एउटा नेवारी नाच जान्ने मान्छे घत्त्दै  गएको मा चिन्ता छ. प्रचण्ड ले जस्तो आफु सत्ता मा पुग्दा नागरिक सर्बोचाता काएम हुने र आरु सत्तामा पुग्दा प्रभु ले पुर्याको  हुने  हो कि? सभ्य मानिस ले आफ्नो र अर्काको संस्कृतिको उत्तिकै सम्मान गर्छ मित्र.

पंचायती व्यवस्था मा त व्यवस्था ले येसो गर्न दिएन उसु गर्न दियना भनेर भाग्न पाइन्थ्यो, तर अहिले? पंचायेत व्यवस्था राम्रो संग भोगेका बेक्ती हरुले जबाफ दिन पर्ला यहाँ. मधेस आन्दोलन मा दूर नियन्त्रक को हाथ देख्ने ले यहाँ चाही किन नदेखेको होला?

"तर गणेशमानलाइ बिपि-जिपिले खोला तर्यो लौरो बिर्सियो गरेको हो कि हैन ? पुस्पलाल अलि चाँडै मरेर गए, जीवनसंघर्षको फल खाने बेलासम्म बाँचेका भए उनको के हालत हुनेथियो होला थाहा छैन । देशको निमित्त पार्टीको निमित्त हिमाल वारपार गर्ने गौरीभक्त प्रधान जस्ता मानिस इतिहासको कुन खाल्डामा पुरिए नि ? मार्शल जुलुम शाक्य जस्ता एक जमानाका हस्तिहरु कता बिलाए नि ?

GP  ले गणेशमान लै मात्र किन मित्र पार्टी को कुनै मनि आफुलाई challenge  गर्ने नेता लै अगाडी बढ्न दिएन, कांग्रेस मा गणतन्त्र को पहिलो समर्थक  नरहरी आचार्य को हालत हेर्नुस न,, त्यो गगन थापा ( हुन त तेस्को बिगत लै म   मन परौदिना) हेर्नुस न कहाँ पुग्यो  . भट्टराई लै कसरि थान्गना मा सुताई  दियो. देउवा ले challenge गर्या थ्यो के हालत भो, प्रचंडे ले कांग्रेस बाहेक  को सरकार गठन गरेको होइन? टिक्यो? ? मनमोहन अधिकारी उसको भान्जा, आफ्नै भान्जा लै समेत होस्पितल बाट discharge  हुन समेत नपाई सरकार भङ्ग गरिदियो आबिस्वास को प्रस्ताब पेश गरेर .  उसको काम कुनै  जात प्रति होइन आफ्नो challenge  गर्ने सबै प्रति थ्यो ? त्यो कुरा पनि लुकैएको छ कि?? तर त्यो तपैले देख्न सक्नु भएन र GP  ले गणेशमान लै गरेको दुर्ब्यबहार  लै जातिय जामा लगाई  दिनुभो तेसैले मित्र देखन सक्ने आँखा हुनु पर्यो पहिला 
 तपैले मात्र होइन मैले पनि पढे गौरी भक्त प्रधान को संस्मरण , तर मैले गौरी भक्त प्रधान को ससाथ साथै आरु जातजातिले गरेको त्याग को बारेमा पनि पढेको छु खोज्नु भए हुन्छ इन्टरनेट मा उपलब्ध छ तर तपैले  गौरी भक्त प्रधान को बारेमा मात्र देख्न भयेछा अरु  जात जाति को मान्छे ले गरेको त्याग को बारेमा पढ्न मान लाग्दैन कि क्या हो? राज्य ले तेस्ता व्यक्तिहरुको सम्मान गरेको राम्रो तर राज्य ले अरु जातजाति का त्याग गर्ने व्यक्तिलाई पनि सम्मान गर्न सकेको छैन खस् हरुलाई पनि

बाकी तेस्रो व्यक्ति को कुरा निज ले आफु मन्त्रि भएको बेला के के गर्नु भो भन्ने मलाई थाहा भएकोले कुरा नकोत्तौ मित्र.
४.नारानगोपालको जीवनी खोतल्ने हो र उनका समकालीन अन्य कलाकारसित दाँज्ने हो भने थाहा हुनेछ उनको संघर्षगाथा,
नारन  गोपाल लै राज्य ले सहयोग नगर्नु एउटा दुखद पाटो हो तर तपैले एस्लाई जातिय रुप  दिनु भयो र यसरी जबाफ दिनु भयो मानौ अरु जातजातिका  मान्छे ले गीत गाएर  प्रसस्त पैसा कमाएका छन्.  र राज्य ले पनि तिनीहरु लै प्रसस्त पैसा दिएको छ. तपैले नाम लिएकै भक्त राज आचार्यको बारेमा त थाहा होला नि तपाई लै,  तिनी पहिला हाम्रो घर नजिक डेरा गरेर बसेको हुन ले केहि थाहा  छ. तिनी गीत गौथ , दुइ वटा स्कूल मा सङ्गीत  सिकौठे पछि ससुराली को सहयोग मा घर बनाए भनेको सुनेको थिए हो  होइन थाहा भएन, मधु  छेत्री जद्य्हा भएरै आफ्नो पुरानो थलो बिरगंज तिर लाग्या छन् भन्थे थाहा  भएन .
नेवारी गाएक  को  हरु को थर नभन्नु मा चाही राज्य को कलुसित मानसिकता हुनसक्छ  र तेस्को साचिकै बिरोध गर्न पर्ने कुरा हो. नारन गोपाल को समय सम्म राज्य ले खस् जातिका गाएक लै कुनै आर्थिक सहयोग गरेको भए जानकारी पाउ.
५. नेवार सभ्यतालाइ रोमसित तुलना गर्न मिल्दैन । आफुलाइ नेवार भनेर चिनाउन चाहने मान्छे भए जस्तै आफुलाइ रोम भनेर चिनाउन चाहने मान्छे छ?.
तेही नभएर त  अहिले इटाली भएर बस्न सकेको छ साथी, सबै जात जतिको आफ्नो इतिहास र गौरब गाथा हुन्छ मित्र, तपाइको  बाजे ले खाएको पेडा   को बास्ना तपाइको हात मा औदैना तपाइको हाथमा त तेस्को मात्रै बस्ना औछा जुन चीज तपाइको हात  ले चलाएको छ. खस् हरुबाट सिक्न पर्ने एउटा कुरा मैले देखेको छु त्यो के भने नया युग मा प्रवेश पछि  पुरानो युग बिर्सन सक्नु पर्छ. तर आफुले केहि पनि नाबिर्सेना अरुले मात्र बिर्स्योस भनेर कहाँ हुन्छ.
अहिले नेपाल मा इतिहास लै लिएर वर्तमान बिगार्ने काम भैरहेछ मान्छे हरु इतिहास बाट सिक्न पर्छ भंचन तर हामीहरु इतिहास लै लिएर वर्तमान बिगारी रहेछौ
६ "जग हसाउने कुरा । इन्टर्नेट नै अन्तिम सत्य? क्या बकबास । संस्कृत हटाएर नेवारी आयो भन्ने हावादारी कुरा पनि आउन थाल्यो, भयो अब" ?
खोइ मित्र तपाई को एस प्रतिक्रिउया को कस्तो जबाफ दिउ मा नै अलमल्ल मा परे. इन्टरनेट मा हिजोआज   अनुसन्धान पत्र, पुराना किताब हरु जसको प्रकासन बन्द भैसकेको छ र जुन संसारका केहि library छन्  तिनी हरु पनि इन्टरनेट मा मात्र पाइन्छ  भन्ने कुरा तपाई लै थाहा  भएन कि? कतिपय बैज्ञानिक सोध  हरु जर्नल मा प्रकासित हुनुभन्दा अन्दाजी एकहप्ता पहिला नै इन्टरनेट मा आउछा  भन्ने थाहा भएन कि?
मैले तेसो भन्नु को अर्थ तेस्को लागि धेरै गहिरो अनुसन्धान गर्नु पर्दैन भन्ने थ्यो. नेपाल मा लिच्चाबी सासन ३०५ AD देखि १२०० AD सम्म भएको देखिन्छ र लिच्चाबी हरुले नेपाल मा संस्कृत र हिन्दु धर्म introduce  गर्या भन्छन इतिहासकार हरु. लिच्छाबी हरु को सिक्का मा ब्र्हमी स्क्रिप्ट मा संस्कृत मा लेखिएको छ भन्चन तेती मात्र होइन तेस्बाला राज्य को court  language    संस्कृत थ्यो भन्चन मेरो कुरा लै हुस्सु मा उडाउनु  भन्दा इन्टरनेट मा search गर्या भे हुन्थ्यो.  तपैका सजिलो को लागि तल source हरु राखिदिएको छु हेर्नु नहेर्नु तपाइको खुसि.अब लगभग ७०० वर्ष राज्य को भाषा संस्कृत भएको बेला यहाँ का बासिन्दा ले संस्कृत बोल्दियन थीय भनेरपत्त्यौनै गार्हो पर्छ, त्यो भन्दा पनि पर तेसबेला संस्कृत नबोले के बोल्थे त भनेर कि प्रमाण जुतौना पर्यो

Source: http://www.britannica.com/EBchecked/topic/1527185/Licchavi-era

(c. 450–c. 750 ce) in Nepal, the period of rule by the Licchavi dynasty. The dynasty originated in India, used Sanskrit as a court language, and issued Indian-style coins. It maintained close ties to India and also had economic and political relations with Tibet, thus becoming a cultural centre linking central and southern Asia. The era ended when Amsuvarman founded the Thakuri dynasty in the mid-8th century.

... (100 of 71 words)

 

 

Source: A table of the evolution of certain Gupta characters used in Licchavi inscriptions prepared by Gautamavajra Vajrācārya.

 

The language of Licchavi inscriptions is Sanskrit, and the particular script used is closely related to official Gupta scripts,

 

Source: Stupa and Swastika: historical urban planning principles in Nepal's  Kathmandu valley.

 By Mohan Pant, Shūji Funo

 

Arrival of Licchabi didn’t push the Kirata heritage into oblivion. Their rise in Nepal however formally introduced Sanskrit and Bramhanic culture as shown by the official court language and the script of the period.



७."मनु मखु भनेको के हो थाहा छ? बदमासि गरेर दुख दिने आफ्नै सन्तानलाइ नि मनु मखु भनेर गालि दिन्छ कसैले । तपाइलाइ नि पशु गधा भनेर तपाइकै आमाले भन्या छ होला, स्कुलमा टिचरले भनेको होला । कुकुर भनेर साथिभाइले ठट्टा र आवेगमा भनेको होला । त्यस्ता हल्काफुल्का आवेगहरुलाइ टिपेर राजनीतिकरण गर्ने हो भने श्रृंखला लामो हुनेछ"

मित्र अरुलाई होच्ह्याको मा तपाई कसरि हल्का फूलका भनेर पन्छिन खिज्नु हुन्छ हो आमा बाबु  ले भन्चन तर नेवार हरु मधेसी को आमाबाबु  त होइनन नि, अनी नेवार हरु मधेसी को मास्टर पनि होइनन.  खुकुरीको चोट अचानो लै मात्र थाहा हुन्छ  भनेको के हो भन्ने आज मात्र था पाए मैले.  त्यो कुरा हल्का फूलका हो भने मित्र म  पनि तपाई लै तपाई को आमा बाबु ले भने जस्तै मास्टर ले भने जस्तै " मान्छे होइन न्यार " ( मर्स्या को equivalent गरेको) भनुम त ? अरुबाट आदर चाहने हो भने आफुले पनि अरुलाई आधार गर्न सिक्न पर्छ मित्र.
८. "कतिपय चाडवाड नेवार समाजभन्दा बाहिरसम्म फैलिएको छ । तर बिकृति पनि भित्रिएको छ" बिकृति सबै जातजाति को संस्कृति मा भित्रिएको छ र यो सन्सार भरि येस्तई छ, पुरानो कुरा हरु नयजमाना मा थपथाप हुन्छ केहि राम्रा कुरा औचन केहि नराम्रा , हुन त येस्मा मैले जबाफ दि रहनु पर्ने होइन.
९. inferiority  complex भएका नेवार मैले भेटेको छैन, तर जुन नेवारले समानता, समान अधिकार, समान ब्यवहारको आवाज उठाउँछ समर्थन गर्छ उनीहरुलाइ inferiority  complex भएको आरोप लगाइन्छ, जब कि वास्तविकता ती आरोप लगाउने नै inferiority  complex ले ग्रसित छन । उनीहरुले खस भाषा र खस एकाधिकारको वकालत प्रत्यक्ष परोक्ष रुपमा गर्ने नेवारहरुलाइ छानि छानि तारीफको पुल बाँधेर पम्फु हाल्ने काम गरीरहन्छन । inferiority  complex नभएका नेवार अथवा उदार हृदय भएका नेवार जस्ता फुर्को झूण्डाएर उचाल्छन । २५० बर्षको शाही दमनले थिलथिलो परेको समाजका बालमस्तिष्कमा पञ्चायति शिक्षाले घोकाएको महेन्द्रबादी राष्ट्रबादको ह्याङओभरले गर्दा तिनमा आफ्नो स्व-पहिचान प्रति भ्रम हुनु स्वभाविक हो भन्ठान्छु म.

10. अब यो जबाफ मा हासु कि रु मित्र ? यहाँ त तपाइले गजब नै गरिदिनु भो. १० १२ वर्ष सम्म मान्छे तेती राजनीतिक रूपमा चेतनशील हुदैन यो तपाई हाम्रो आफ्नै अनुभब ले नै जनौछा. पंचायेत गाको २०४६ सालमा २०४६ मा १० वर्ष भाको मान्छे अहिले ३० बर्सको भो तिनी हरु त बहुदल मै हुर्के नि तिनीहरु पनि होलान नि यहाँ तपाइको भनाइ नमान्ने जसले पन्चयेत पढाई पधेना तेस्लाई पनि महेन्द्र पथको आरोप ? त्यो त छोडी दिउ २०४६ मा नै जन्मेको मान्छे पनि अहिले त २० वर्ष को भो होलानी, तिनी हरु पनि होलान नि तपाइको भनाइ नमान्ने तिनीहरु लै पनि महेन्द्र पथको असर?? गजब छ तपाइको तर्क.
अझ त्यो भन्दा  पनि पर  आफ्नो भनाइ नमान्ने लै दिग्भ्रमित को आरोप?? केहि पहिला सम्म त मा तपैले खस् लै दोस दिने  गरेको ले कति आरूलाई मात्र दोस दिन जान्या भन्ठान्थे.  तर तपैले आफ्नो भनाइ नमान्ने  नेवार हरुलाई,महेन्द्रपथ बाट दिग्भ्रमित भन्दिनु भो बा. यो त हिटलर को जस्तो भो नि, आफै लै मात्र सबै थाहा  छ, आफ्नो भनाइ नमान्ने  हरु कि त बदमास कित दिग्भ्रमित, George  Bush  junior  ले भन्या जस्तो  "you are  either  with  me  or  against  me ". रसिया मा स्टालिन ले भने गर्थ्यो र्रे यो पुजीबादी बेबस्था मा हुर्केका मान्छे हरु अझै जीवित भएर कम्युनिष्ट को बिरोध गरि रहेका  छन्, इनिहरु सबै मरेपछि कम्युनिष्ट समयमा   जन्मिएका मान्छे हरु मात्र भएपछि कोमुनिस्ट  को बिरोध बन्द हुन्छ भनेर. गजब को समानता छ तपैहरुको सोचाही  मा .

के तपाई लै सछिकै लाग्छ कि कुराकानी मा भाग लिने तर तपाई को भनाइ समर्थन नगर्ने नेवार हरूको  सोच्ने स्तर तेती तल्लो  स्तर को छ कि कसैले उचाल्दै मा उचालिने ? कति त अम्रिका मा बसेका जस्ता पनि लागचन मलाई त, कति अनुसन्धान  मा लागेका जस्तो पनि लाग्छन, तिनी हरु सबै बेबकुफ अनी तपाई मात्र विद्वान ? अरुको विद्वता जाच्ने तपाइलाई अधिकार?
तपैले मलाई घुन पिस्य जस्तो सबै लै पिसिस भन्ने आरोप लगाउन भा छ जबकी मेरो जबाफ मा तेस्तो  केहिथियेना.

स्कुल पाठ्यक्रममा नेवार पढ्नेले गणित वा बिज्ञान बिषय लिएर पढ्न पाइदैन थ्यो । जुन नीति अद्याबधि कायम छ । यस्ता कतिपय गलत नीतिहरुको शिकार आज नेवार सभ्यता पतनको नजिक छ

11. हेर्नुस म पढेको स्कूल मा नेवारी थिएन, कि लेखा कि सिक्च्या  बिसए लिन पर्थ्यो, म लेखा लिएर पढेको मान्छे, लेखा लिएर पधेने ले trigonometry पढ्न पैदैना थ्यो  र बिज्ञान आधा मात्रै. एस्लाई जातिय रुप नदिनुस् मित्र यो त सरकारको idiotic  सिस्टम मात्र हो. कुनै जातिप्रति लक्चित भएको जस्तो लाग्दैन. स्कूल मा त्रिगोनोमेत्री र बिज्ञान पुरा नपढेको मान्छे मेरो बेला को नाम चलेको College मा entrance  दिएर बिज्ञान पढे मित्र एकै ताल College  को trigonometry  पढ्दा  कति गारो  भयो होला. मेरो स्कूल मा त नेवारी बिशाये थिएन मित्र तर पनि मैले म्याथ र बिज्ञान पढ्नपाइन.
तपाइको एउटा खुबी चाही मान्ने पर्छ तपाई हरेक  एक्शन मा नेवार विरुद्ध षड्यन्त्र गरेको ठान्नुहुन्छ कसरि पाउनु भयो तेस्तो खुबी?

12.. "संघियताबिरोधिहरु झगडाको सिनेमा कहिले शुरु होला र काखि बजाउन पाइएला भनेर ढुकेरै बसेका छन, त्यो मैले पनि महशुस गरेकै हो "।

तपाई चाही तेस्तै महसुस गरेर बस्नुस मित्र, म  चाही अलि  अलि  बाकी रहेको शान्ति पनि जातीय संघियेता ले गर्दा जाला र नेपाल मा युध्हा सुरुहोला भन्ने डर ले र आगामी सन्तति ले यो बह्न्दा दुखः को दीन देख्न नापरूस भन्ने डर  ले जातिय होइन भौगोलिक संग्येता र सबैजातजतिका दलित हरुले समान अवसर पौने  दिन आवोस भनेर  बसी राछु
13." अहिलेको जमानामा भाषाको काम छैन - ल तपाइ यसो भनेर हेर्नुस र प्रमाणित गर्नुस - अहिलेको जमानामा भाषाको काम छैन भनेर - भन्न सक्नु हुन्छ ?
मजा संग सक्छु मित्र अहिले को ग्लोबल village  को जमाना मा न नेपाल  भाषा को काम छ न नेपाली भाषा को काम छ. काम छ त एउटा भाषा को काम छ त्यो हो English . नापत्त्याए ल त नेवारी  र नेपाली मात्र  बुह्ज्ने ले राम्रो जागिर पाएको देखौनुस त? संस्कृतिको नाम मा भाषा को बोझ  तपाई बोक्नुस. मा चै सन्सार घुमेर English  बोलेर बस्छु है? रीस नगर्नुस नि फेरी
Last edited: 25-Jan-10 10:18 PM
Last edited: 26-Jan-10 07:42 AM
Read Full Discussion Thread for this article