Posted by: Recycle Bin January 25, 2010
७ वर्षे बालक द्वारा £ १२०,००० भन्दा बदी रकम युनिसेफ हेईटी आर्थिक सहयोगको कोषमा सङ्कलन !
Login in to Rate this Post:     0       ?        

७ वर्षे बालक द्वारा £ १२०,००० भन्दा बदी रकम युनिसेफ हेईटी आर्थिक सहयोगको कोषमा सङ्कलन !


Posted by sapanasansar On Monday, January 25, 2010





समाज सेवा को लागी उमेर ले केही फरक पार्दैन भन्ने कुरा फुलह्याम ,वेस्ट लण्डननिवास ७ वर्षीय , चार्ली सिम्सन ले प्रमाणित गरिदिएका छन् । टेलिभिजन मा पट्यार लाग्दा हेईटि का दयनीय दृष्यहरु देखेपछि , चार्ली रोएनन् मात्र, एउटा अठोट राखेर आफ्नी आमा लियोनारासंग एउटा प्रस्ताब राखे , "आमा म मेरो साइकलमा , मेरो घर नजिकैको पार्क वरि परी ८ किमी साइकल कुदाउँछु, र यसलाई म मेरो गाउँले अंकल अंन्टी हरुलाई मलाई यसको लागी केही रकम सहित प्रायोजन गर्न लगाउँछु अनि ५०० पाउन्ड उठाएर युनिसेफ मार्फत हेईटि पठाउँछु। यो पैसाले त्यहाँ रहेका म जस्तै बच्चा बच्चीहरुलाई खाना को लागी , पानी को लागी र टेन्ट को लागी पैसा हुनेछ । "
यो सुनेपछि , भावबिहोल बनेकि आमा लियोनाराले ईन्टर्नेट मार्फत,
प्रायोजक हरु खोज्न को लागी एउटा पेज बनाईन्। त्यस पछि जव यो समाचार समाचार श्रोतहरुमा छायो, प्रायोजन गर्न खोज्नेहरुको लाईन नै लाग्यो। जम्मा £500.00 पाउण्ड को लक्ष्य लिएर खोलिएको उक्त पेज मा अहिले यो समाचार लेखुञ्जेल सम्ममा £114,720.07 पाउन्ड उठिसकेको छ , जुन सोचे भन्दा 22944% बढि हो।
यही रेट ले बड्ढै गएमा, केही दिनमै दसौँ मिलिएन पाउन्ड हुनेछ।
साधुबाद अनि सलाम ! चार्ली सिम्सन् र उनकी आमा लियोनारा ! यस्तै मान्छेहरू समाज जन्म लिईनैराखुन् ।

सपनासंसार ।

Note: तपाईहरु पनि उक्त बालको को कोषमा केही रकम डोनेसन गर्न चाहनुहुन्छ भने http://www.justgiving.com/CharlieSimpson-HAITI मा जानुहोला।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read Full Discussion Thread for this article