Posted by: Rahuldai January 25, 2010
लोकराज बरालका कुरा
Login in to Rate this Post:     0       ?        

चना दाई,


संघियताको अमूर्त तसबिरमा आ-आफ्नो अनुहार हेर्नु र देख्नु भाईराख्या बेलामा संघियता संग बिमती राख्नेहरु पनि उल्लेख्य संख्या छन भन्ने मलाई लाग्दछ । संघियताको बिरोध गर्नु यथास्थितिबादी पक्कै होइन। संघियता आँफैमा खराब र अछुत मान्दा पनि मान्दैन। जातिको आधार मा टुक्राएर ती जाती माथि नै शासन गर्ने खिचडी पाक्दै छ, वास्ना हरहर्ती आइरहेको छ ।


बाँकी नेवार संस्क्रिती र नेवार सभ्यताको प्रसँगमा चना दाई सँग सहमत् छु । एउटा बैभवशाली सभ्यता र संस्क्रिती माथि सुनियोजित प्रहार भएको थियो कुनै जमाना मा। प्रजातन्त्र आए पछी केही सुधार भएको हो , मान्नै पर्छ । तर यसको अर्थ यो होइन कि हामी फेरी पृथ्वी नारायण शाहको युग मा, वा पञ्चायत को काल रात्रीमा फर्केर जजसले अन्याय गरेको हो तिनलाई पाता कसेर सजाय दिने बेला होइन। देशको अस्तित्वको सवाल छ। देशको भबिश्य को सवाल छ। गरीबी र जात भातको आगोमा रोटी सेक्ने पार्टी र अबोध जनताको हातमा बन्दूक थम्याएर अराजक देश बनाउने बिरुद्ध एक जुट हुनु आजको आवश्यकता हो जस्तो लाग्छ ।
 

Read Full Discussion Thread for this article