Posted by: chanaa_tarkaari January 25, 2010
लोकराज बरालका कुरा
Login in to Rate this Post:     0       ?        
_____ Ju,
तपाइको सतहि कुरामा टिप्पणी नगरुँ भनेर "नियत बुझेको" जानकारी मात्रै गराएको थिएँ - गलत बुझ्नु भएछ । एकतर्फी र पूर्वाग्रहि सोचाइ पालेर राखेको तर्कलाइ कमजोरी केलाएको भन्न मिल्दैन । वास्तविकता प्रस्तूt गर्नको लागि सबै पक्षहरुमा ध्यान पुर्याउनु पर्छ ।

"अहिले त एक प्रदेश बनाउन मा दक्छिन को छिमेकी  को हात् देख्नु भो हेर्दै जानुस भबिस्यमा आरु के के मा हात् देख्नुहुनेछा "
तपाइको भनाइ अनुसार त मधेश आन्दोलनको आरोह अवरोहमा दूरनियन्त्रकको भुमिका नै छैन त्यसोभए ? मैले वा नेवारहरुले नेवारलाइ छुट्टै राज्य दिने भए दे नत्र युद्ध गर्छौ, गैर नेवारलाइ लखेटेर धपाउछौ, सार्वजनिक सम्पत्ति तोडफौड गर्छौ जस्ता उग्रता कहिले पनि प्रदर्शन गरेन, जबकि मधेश आन्दोलनले सम्पूर्ण पहाडलाइ नाकाबन्दी गर्ने घोषणा समेत गर्यो । जायज मागलाइ समयमै सम्बोधन नगरे त्यसले भित्रभित्र समस्या झन चर्काउने छ, त्यस्ता समस्याहरुमा टेकेर खेल्न चाहने बाहिरीया भित्रिया सबैले खेल्ने निश्चित छ । समस्या समाधान नभइ थप समस्या श्रृजना भए त्यसको जिम्मेवारी पिडितले हैन पिडकले लिनु पर्छ । जातिय चस्माबाट हेर्ने हो भने बिगत २५० बर्षमा खस समुदाय नै नेपालको एकमात्र पिडक जाति हो । त्यसैले आजका दूरनियन्त्रक वा भोलिका दुरनियन्त्रक वा उग्रबादी सोचाइलाइ हुर्काउने बढाउने श्रय सबै तिनै शासक वर्ग, तिनका धुपौरे तथा समर्थकहरुलाइ समेत जान्छ ।

"गोर्खा ले नेपाल जिते पनि हरेको राज्य बाट नै देश को नाम राखियो के त्यो ठुलो होइन? त्यो नेवार हरुको आदर गरेको होइन? गोर्खा ले नेपाल जिते पनि झन्डा चाही हारेको राज्य कै राक्खेको होइन?  जित्ने राजा को झन्डा त राजाको झन्डा मा मात्र सिमित गरेको होइन?  नेवार कुमारी को खुट्टा ढोगेर राजा ले नेवारी संस्कृति प्रति सम्मान देखाएको होइन? काठमाडौँ मा मात्र मानिने पर्ब हरुमा रास्ट्रिय  बिदा दिएको होइन?  नेवार हरुको रन्जना लिपि लै नेपाल ले संयक्त राष्ट्र संघ मा नेपाल को लिपि भनेर पठाएको  होइन?"

हो, पक्का हो । तर ती कुराहरुलाइ इतिहासबाट लुकाउन खोजेको हो कि हैन नि ? हारेको राज्य नेपालको नामबाट देशको नाम राखेको, नेवार झण्डालाइ राष्ट्रीय झण्डा मानेको, नेवार संस्कृतिलाइ मूल संस्कृतिको रुपमा अंगिकार गरेको, नेवारलिपिलाइ नेपालको आधिकारीक परिचयको रुपमा पेश गरेको जस्ता सुचना पाउन साझा जस्तो ठाउँमा झगडा गर्नु परेको हो कि हैन ? यी कुराहरु किन आधिकारीक जानकारीमा छैन ? पाठ्यक्रमहरुमा किन "ने" मुनिले पालेको देश नेपाल भनेर जबरजस्ति घोकाइन्छ ? नेवार खाना मिठो, नेवार संगीत मिठो, नेवार नाच राम्रो, नेवार केटी राम्री आदि इत्यादी भन्दै ओठे तारीफको पुल बाँधेर नेवार सभ्यता र संस्कारको फाइदा उठाउने, तर उचित कृतज्ञता ब्यक्त गर्न सँधै कञ्जुसि गरेको हो कि हैन ? नेवार सभ्यता संस्कृति संरक्षण प्रवर्धन गर्न खस-सरकारले फुटिकौडि केहि नगरेको हो कि हैन ? खस भाषालाइ जबर्जस्ति नेपाली भनी घोकाइ घोकाइ अन्य भाषाभाषीलाइ अनेपाली बनाउने षडयन्त्र गरेको हो कि हैन । नेपाल भित्रैका नेपाली भाषाभाषी (नेवार, मैथिली, मगर, लिम्बु आदि) लाइ सार्वजनिक प्रयोग गर्न प्रतिबन्ध लगाएको हो कि हैन । नेवार भाषामा गरिने साहित्य सम्मेलन र भेलाहरुलाइ राज्य बिरुद्धको अपराध भनी चरम दमन गरेको हो कि हैन ?

"गणेशमान, पुस्पलाल  ले नेवार हरुको मात्र नेता हुन नमानी सारा नेपाल को नेता भएर गल्ति गरेको हो?"
हैन । तर गणेशमानलाइ बिपि-जिपिले खोला तर्यो लौरो बिर्सियो गरेको हो कि हैन ? पुस्पलाल अलि चाँडै मरेर गए, जीवनसंघर्षको फल खाने बेलासम्म बाँचेका भए उनको के हालत हुनेथियो होला थाहा छैन । देशको निमित्त पार्टीको निमित्त हिमाल वारपार गर्ने गौरीभक्त प्रधान जस्ता मानिस इतिहासको कुन खाल्डामा पुरिए नि ? मार्शल जुलुम शाक्य जस्ता एक जमानाका हस्तिहरु कता बिलाए नि ?

"नारान गोपाल ले नेवारी मात्र गीत नगएर नेपाली गीत गएर सारा नेपाली को मान जितेय्को  को गल्ति हो?"
नारानगोपालको जीवनी खोतल्ने हो र उनका समकालीन अन्य कलाकारसित दाँज्ने हो भने थाहा हुनेछ उनको संघर्षगाथा । प्रसिद्धिको सगरमाथा चुमेर पनि उनीसित स्वास्थोपचार गर्ने पैसा भएन । नातिकाजी, पुष्प नेपाली, रत्नदाश प्रकाश, शिवशंकर, कोइलिदेवि, नारानगोपाल, बच्चुकैलाश, प्रेमध्वज - (यिनीहरु केहि उदाहरण हुन जो नेवारै नेवार हुन) रेडियोले उनीहरुको पुरा नाम लिन पनि हिच्किचाए झै गरी थर कहिल्यै किन नभनेको ? अनि हरीप्रसाद रिमाल, धर्मराज थापा, भक्तराज आचार्य, मधु क्षेत्री जस्ता अनगिन्ती उदाहरण छन, जसका थर कहिल्यै पनि छुटाइएन ।

"पहिला कुरा त नेवार भनेको जात नै होइन सव्यता हो, रोम कत्रो ठुलो सभ्यता  थियो तर अहिले सानो  सहर मा खुम्चिएर बसेको छ के अब इटाली लै रोम भनेर नाम राख्न पर्यो  भनेर आन्दोलन   गर्नी?"
नेवार सभ्यतालाइ रोमसित तुलना गर्न मिल्दैन । आफुलाइ नेवार भनेर चिनाउन चाहने मान्छे भए जस्तै आफुलाइ रोम भनेर चिनाउन चाहने मान्छे छ ? नेवार सभ्यताको जीवन्तता नेवार समुदायको सबलता, भाषा-संस्कृतिको प्रवर्धन, कला सम्पदाको संरक्षण आदिमा भर पर्छ ।

"रह्यो भाषा को कुरा नेवार भाषा भन्दा पहिला काठमाडौँ मा संस्कृत बोलिन्थ्यो रे इन्टरनेट मा छ त्यो कुरा. संस्कृत हटाएर नेवारी आयो नेवारी हटाएर नेपाली आयो कुन ठुलो कुरा भो?"
जग हसाउने कुरा । इन्टर्नेट नै अन्तिम सत्य? क्या बकबास । संस्कृत हटाएर नेवारी आयो भन्ने हावादारी कुरा पनि आउन थाल्यो, भयो अब ?

"आफ्नो बाहेक  अरुको गन्दै नगन्ने?? extremism  भन्या तेही होइन? बिन लादेन ले तेही भन्छ होइन?"
बिन लादेन ले हैन गोर्खालीले तेही भन्छ । बिन लादेन जन्मनु भन्दा धेरै अगाडि देखि नै पश्चिम नेपालमा कसैले जवर्जस्ति गर्यो भने एउटा भनाइ प्रचलित थियो, छ - कस्तो स्वाँठ रैछ आफुलाइ गोर्खाली राजा ठान्या छ कि क्या हो, अरे । त्यो भनाइ पछाडि लुकेको आतंकराजको छाँया किन बिर्सने ?

"सबै जात जाति को बराबर आधिकार हुने भए आहिले कै ठिक छ नि नेवा राज्य किन चाहियो?"
यस्ता कुराले संघियताबिरोधिहरु यथास्थितिबादी हो भनेर आरोप लगाउनेहरुलाइ नै बल पुर्याउछ ।

"मनु मखु मर्स्या भनेर? तेस्को लागि नेवार हरुले मदेसी हरु संग सार्बजनिक रुप मा माफी मागेको छ?"
मनु मखु भनेको के हो थाहा छ? बदमासि गरेर दुख दिने आफ्नै सन्तानलाइ नि मनु मखु भनेर गालि दिन्छ कसैले । तपाइलाइ नि पशु गधा भनेर तपाइकै आमाले भन्या छ होला, स्कुलमा टिचरले भनेको होला । कुकुर भनेर साथिभाइले ठट्टा र आवेगमा भनेको होला । त्यस्ता हल्काफुल्का आवेगहरुलाइ टिपेर राजनीतिकरण गर्ने हो भने श्रृंखला लामो हुनेछ । नेवारहरुले पनि अरुसित सार्वजनिक माफि माग भन्ने ठाउँ धेरै छ । त्यसमाथि कुनै नेवार नेतृत्त्वले आधिकारीक रुपमा मनु मखु मर्स्या भनेरको रेकर्ड छ ? ऐतिहासिक दस्तावेज छ? प्रमाण छ? के आधारमा नेवारले यस्तो भन्छ भनेर बारम्बार भनिन्छ ? यो कुरा उठाउनु भनेको केहि अज्ञानीहरुको आवेगलाइ टिपेर नेवार र मधेशीहरु जुधाउने षडयन्त्र मात्रै हो, यस्ता षडयन्त्रले केहि लछारपाटो लाउने छैन । मैले नजीकबाट संगत गरेका ३-४०० मधिसेहरु कसैले पनि नेवारले हामीलाइ मनु मखु भन्छ भनेर गुनासो गरेनन, तर खस साथिहरु चाहि - ए तिमी नेवारहरु पनि मधिसेलाइ हेप्न कम्तिको छैन ? - भनेर टोकिहाल्छन । अर्को तर्फ खस-बाहुनले गरेको थिचोमिचो र अन्यायको दस्तावेज हेर्नुस, मुलुकि ऐन पल्टाउनुस छर्लङ्ग हुन्छ । दलित भेदभाव र छुवाछुतको रामकहानी कसको श्रृजना हो ? मनुस्मृति लेख्ने र लागू गराउने नेवार हो? दलित हो? कि किराँत हो ? राममणि आदिको टिपोट पढ्नुस खस भाषा लाइ जबर्जस्ती नेपाली भाषाको पगरी लगाइदिने र अन्य भाषाहरुलाइ जाली फटाहाको भाषा भनेर मास्ने षडयन्त्रको ग्र्याण्ड डिजाइन छर्लङग हुन्छ । हर्क गुरुङ, कृष्ण भट्टचन, डोरबहादुर विष्ट जस्ता बिद्वानहरु बहुलाएर खसभाषा एकाधिकारको बिरोधी बनेका हैनन, बुझ्नु भो ।

"अरु जात जति हरुले कति रमाएर उनीहरुको चाडमा भाग लिन्छन. एउटा राजा ले आफ्नो रानी लै खुसि राख्न सुरु गरेको गाईजात्रा  आज रास्ट्रिय पर्ब भै सक्यो कुनै  न कुनै  प्रकार ले सबै जना ले यो मनौछां. येस्तू सकारात्मक  कुरा हरु कतिछा त्यो देख्न सकेको खोइ? आनी नेवार हरु अरु  जातजाति को चाड मा कत्तिको सभागी हुनुहुन्छ नधती  कन भन्नोस् त."
हुन त चाडपर्व र खुशीयाली मनाउने जात्राहरु यो नेवार को यो आर्कैको भन्नु नै बेकार । खुशीयाली मनाउने अधिकार सबैसित छ । नेवारले मनाउने चाडमा अरु आएर तिमीहरुको खुशीमा हामी पनि खुशी छौ भनेर सहभागी हुन आउदा हैन तँ आउन पाउँदैनस भन्नु पर्यो त अब ? क्या वाहियात कुरा । मनोरञ्जनलाइ जीवनको एउटा अंग बनाएर त्यो अनुरुपको संस्कार र परम्पराको सुत्र जुन नेवार समाजमा छ, त्यो नेवार सभ्यताको एउटा अंग हो । कतिपय चाडवाड नेवार समाजभन्दा बाहिरसम्म फैलिएको छ । तर बिकृति पनि भित्रिएको छ । गाइजात्रा अहिले जुन रुपमा मनाइन्छ त्यहि उदाहरण काफि छ । राष्ट्रीय पर्व भनेता पनि घिन्ताकिसि नाच्ने गैर-नेवारहरु कतिजना छ? साया: पठाउने कति जना छ ? पाय:को परम्परामा सहभागी हुने कति जना छ?

अन्य जातको चाडबाडमा सहभागी हुने कुरा पनि समाजको अन्तर्घुलनसित सम्बन्धित छ । तीजमा ब्रत बस्ने नेवार महिलाको संख्या बढेको छ, क्रिस्मस मनाउने, भ्यालेन्टाइन डे मा झुम्नेहरु पनि बढेकै छ । देउसि भैलो गाउँदै माग्दै हिड्ने अथवा माग्न आउनेलाइ दिने परम्परा नेवार परम्परा नभएतापनि माग्न आउनेहरुलाइ नेवार ब्यापारीहरुले दिने गरेकै छ । उपत्यका बाहिर बिभिन्न साना ठुला शहरमा छरिएका नेवारहरुले त्यहाँको चाडबाडहरुमा सक्रिय सहभागी भएकै छ । यस्ता कुराहरु नहेरीकन यतिकै आरोप लगाउने ?

"यो पोस्तिंग वहा हरु प्रति लक्चित छैन  तर जहिले पनि आफु हेपिएको ठान्ने inferiority  complex भएका हरु र बदला को भाबना भएका नेवार हरुको लागि मात्र हो।"
inferiority  complex भएका नेवार मैले भेटेको छैन, तर जुन नेवारले समानता, समान अधिकार, समान ब्यवहारको आवाज उठाउँछ समर्थन गर्छ उनीहरुलाइ inferiority  complex भएको आरोप लगाइन्छ, जब कि वास्तविकता ती आरोप लगाउने नै inferiority  complex ले ग्रसित छन । उनीहरुले खस भाषा र खस एकाधिकारको वकालत प्रत्यक्ष परोक्ष रुपमा गर्ने नेवारहरुलाइ छानि छानि तारीफको पुल बाँधेर पम्फु हाल्ने काम गरीरहन्छन । inferiority  complex नभएका नेवार अथवा उदार हृदय भएका नेवार जस्ता फुर्को झूण्डाएर उचाल्छन । २५० बर्षको शाही दमनले थिलथिलो परेको समाजका बालमस्तिष्कमा पञ्चायति शिक्षाले घोकाएको महेन्द्रबादी राष्ट्रबादको ह्याङओभरले गर्दा तिनमा आफ्नो स्व-पहिचान प्रति भ्रम हुनु स्वभाविक हो भन्ठान्छु म । तर ती स्वाभिमानी छन र जब तिनको स्वाभिमान बोल्न थाल्छ यिनै तारीफको पुल बाँध्नेहरुले लात्ताले भ्वाक्क हान्नेछन ।

"मलाई नेवार बोल्न पनि औछा र नेवारी खान मेरो प्रिय खाना हो  तर कतिपय नेवार साथी हरु कुकुर को पुछार  १२ वर्ष ढुङ्ग्रो मा राखेपनि बांगा को बनगाई जस्तो  देखेर दिक्क लाग्छ"
नेवार खाना मन पराउनु तथा नेवार चाडबाड जात्राहरुमा रमाउनु सामान्य हो । नेवारले नै बिर्सँदै गएको नेवार बोल्न आउनु भनेको खुशीको कुरा हो । यति हुँदाहुँदै पनि नेवार समुदाय प्रति पुर्वाग्रह हुनु चाहि खेदको कुरा हो । पञ्चायति कालमा अदालत परिसर तथा जेल परिसरमा नेवारले अर्को नेवारसित नेवारभाषामा बोल्न पनि प्रतिबन्ध थियो । स्कुल पाठ्यक्रममा नेवार पढ्नेले गणित वा बिज्ञान बिषय लिएर पढ्न पाइदैन थ्यो । जुन नीति अद्याबधि कायम छ । यस्ता कतिपय गलत नीतिहरुको शिकार आज नेवार सभ्यता पतनको नजिक छ । त्यो गहन सभ्यतालाइ बचाउन भाषा संस्कृति संरक्षण गर्न निकै जोडतोडले लाग्न जरूरी भैसकेको छ । संघियताले त्यस्तो संरक्षण प्रयासलाइ तिब्रता दिने कुरामा दुइमत छैन । त्यस्तो गम्भीर प्रयासलाइ नकारेर हल्का फु्ल्का तारीफ - खाना मिठो लाग्छ, चाड राम्रो लाग्छ - जस्ता टिप्पणीको के काम ? 

"तपाई ले अरुलाई चाही  शंका  गरेपछि अरुले पनि तपाइलाई शंका गर्छ नि होइन? "
हैन यो शंकाको कुरा कहाँबाट आयो ? ए बाबा लोकतन्त्रमा आफ्नो बिचार पनि राख्न नपाउने ? कस्तो कठमुल्लाबादि लोकतन्त्र ?

"राज्य हरुको बीच मा सिमा विवाद आउने नै थ्यो मित्र जसरि राखेपनि किन भने २५० वर्ष पछी  पनि नेपाली हुन नसकेपछि झगडा त हुन्छ हुन्छ अहिले को विवाद त ट्रेलर  मात्र हो खास सिनेमा त सुरुहुन बाकी छ "
सिमा विवाद आउने हैन, ल्याउने प्रयत्न भएको छ । आफ्नो स्वार्थ पुरा गर्न कसैलाइ उचाल्ने, कसैलाइ थचार्ने खेल हुञ्जेल सिमा विवाद पनि हुन्छ । तर सिमा विवादकै अड्को थापेर संघियता तर्फ जाने क्रम रोकिन्छ जस्तो मलाइ लाग्दैन । संघियताबिरोधिहरु झगडाको सिनेमा कहिले शुरु होला र काखि बजाउन पाइएला भनेर ढुकेरै बसेका छन, त्यो मैले पनि महशुस गरेकै हो ।

"अहिले को जमाना मा जात को काम छैन "
जातको काम छ वा छैन भनेर बहस गर्न चाहन्न । हिन्दु वर्णाश्रमले गरेको जातीय विभाजन र भेदभाव बेठीक थियो भनेर नमान्ने मानिस शायदै छन होला अचेल । तर नेपालमा भनिने जात त्यो भन्दा फरक जात हो । नेपालमा फरक भाषा बोल्नेलाइ फरक जातको भनेर भनिन्छ, किन हो कुन्नि । यदि तपाइले त्यसैलाइ जात भनेको भए तपाइको वाक्य यसो हुनु पर्यो - अहिलेको जमानामा भाषाको काम छैन - ल तपाइ यसो भनेर हेर्नुस र प्रमाणित गर्नुस - अहिलेको जमानामा भाषाको काम छैन भनेर - भन्न सक्नु हुन्छ ?

नेपालमा संघियता जातकै आधारमा हुनु पर्छ भनेर वकालत मैले गरेको छैन । विभिन्न आधारहरुलाइ लिएर संघियतामा जान सकिन्छ यो पनि एउटा विकल्प हो मात्र भनेको छु । यसको बेफाइदा फाइदा दुबै छन। जातजाति, भाषाभेषि बीच बिद्यमान भेदभाव कम गर्न यसले सहयोग पुर्याउला भन्ने सोचाइ हो । तर भ्रम छर्ने हिसावले जातीय(भाषिय) संघियताको खेदो खन्ने तथा त्यसैको आधारमा संघियता नै बेठीक भन्ने तर्कहरु प्रति मेरो असहमति जनाएको मात्रै हो ।

khoikkhoik जु,
आजलाइ समय रहेन, समय मिल्नासाथ जवाफ दिने प्रयास गर्ने छु ।
Read Full Discussion Thread for this article