Posted by: naivelyStupid January 22, 2010
लोकराज बरालका कुरा
Login in to Rate this Post:     0       ?        

धेरै दूर-नियन्त्रित हुँदै छौं, सिक्ने त्यतैको त होला नि ! यस्तो चाहिँ पढ्न नपरोस्, बाँकी ठिकै छ ---


 


नेपालीमा सपथ लिने सांसद कुटिए


येँअप्रिल १, २०१९  (एजेन्सी )नेपाली  भाषामा सपथ लिने  नेवा: राज्य विधानसभाका  जनतान्त्रिक पार्टीका सांसद  झक्कु प्रसाद सिंह संसदमै कुटिएका छन्।  सिंहलाई  नेपाल  भाषामा सपथ लिनु पर्ने भन्दै क्षेत्रीय दल  नेवा:  नवनिर्माण सेना (एनएनएस)का सांसदले कुटेका हुन्। कुटपिटमा  संलग्न एनएनएसका चार सांसदलाई विधानसभाले निलम्बन गरेको छ |


 सिंहले नेपालीमा सपथ लिन शुरु गरेपछि एनएनएसका सांसदहरुले नारावाजी गरेका थिए। सपथ लिदै गर्दा माइक खोसी उनीमाथि हातपात गरिएको थियो। त्यसपछि विधानसभाका बाँकी शत्र आधा घण्टाका लागि स्थगित गरिएको थियो।

सो घटनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले भने, 'मलाई  नेपाल भाषा आउँदैन त्यसैले मैले नेपालीमा सपथ लिएको हुँ। मलाई  नेवा: नवनिर्माण सेनाका सांसदले हातपात गरे।'

यसअघि एनएनएसका सांसदहरुले विधानसभाका नेपाल भाषामा मात्रै सपथ लिन माग गरेका थिए। जनतान्त्रिक पार्टीका अध्यक्ष हरेन्द्र बहादुर थापाले घटनालाई  दुर्भाग्यपूर्ण भनेका छन्। उनले नेपालीमा सपथ लिएको कारण सिंहलाई देशले सम्मान गर्ने बताएका छन्।

एनएनएसका नेताहरुले क्षेत्रीयताका पक्षमा  पश्चिम/दक्षिण नेपालीका विरुद्ध भाषण गर्दै आएका छन्। नेपाल भाषा  नेवा: राज्यको  रैथाने भाषा हो। गत महिना २ सय ८८ सदस्यीय  विधानसभाका लागि निर्वाचन भएको थियो। विधानसभामा माओबादीले ८२कांग्रेसले ६२, एमालेले ४६, नेवा: सेनाले ४४ र अन्य दलले ५४ सिटमा जीत हासिल गरेका थिए।


 

Last edited: 22-Jan-10 10:18 AM
Last edited: 22-Jan-10 10:22 AM
Read Full Discussion Thread for this article