Posted by: fxcmnabin January 22, 2010
अब नेपालमा पनि साइवर प्रहरी
Login in to Rate this Post:     0       ?        


अब नेपालमा पनि साइवर प्रहरी




सबै क्षेत्रमा जे गर्नपनि छुट भएको नेपालमा साइवरस्पेश नियन्त्रण हुने
कुरै भएन । सूचना प्रविधिको बढ्दो प्रयोगसंगै यसको सदुपयोग भन्दा दुरुपयोग
गर्नेहरुका लागि यो छुट बरदान सावित भइरहेको छ नै । किनकी अन्त अपराध
गर्दा त पक्राउ पर्ने डर हुन्छ । तर साइवर अपराध गर्दा के को डर भन्ने
साइवर अपराधीको सोच हुनु सामान्य पनि हो । तरसधै यस्ता दिन कहां रहन्छन र
। अब प्रहरीको साइवर अपराधमा पनि आंखा परिसकेको छ । महानगरिय प्रहरी
परिसरले यसको प्रारम्भ गर्दै साइवर अपराधीहरुलाई पनि अन्य अपराधी सरह
कार्वाही गर्ने तयारी गरेको छ ।

 यसका लागि परिसरले २ जना विज्ञलाइ संलग्न गराएर साइवर अपराध मात्र हेर्ने
सेल नै गठन गरेको छ । जसको काम हुन्छ साइवरस्पेशको अनुगमन गरी अपराधको
पहिचान गर्ने र अपराधीको खोजी गर्ने । नेपालमा साइवर अपराधको संख्यामा
बृद्धी हुंदै गएको छ नै । तर ति अपराधहरु सार्वजनिक नहुंदा कस्ता कस्ता
अपराध भइरहेका छन भन्ने सार्वजनिक भएको छैन ।

साइवर अपराधको रुपमा प्रारम्भमा हत्या नै भएको थियो । पिडित र पिडक दुबैको
नाम र घटना मिति यकिन भएन । तर च्याट मार्फत झांगिएको प्रेम अन्तमा टुट्ने
मोडमा पुग्दा विछिप्त बनेको एक युवाले आफ्नी प्रेमिकालाइ खुकुरीले छप्काएर
मारेको घटना काठमाडौंमा चर्चामा थियो । तर घटना सेलाउंदै गयो अनी सूचना
प्रविधि मार्फत हुने अपराध पनि ओझेलमा पर्यो । प्रहरी परम्परागत अपराधमा
नै केन्द्रित बन्नपुग्यो ।

यस विचमा सरकारको आधिकारीक वेबसाइट नै ह्याक भयो । त्यसको समाचार पनि
प्रकाशित भयो । पछि के के गरेर ह्याकरको हातवाट साइट त फिर्ता आयो तर
अपराधीको खोजी भएन । परराष्ट्र मन्त्रालयको साइट ह्याक भयो । बल्ल बल्ल
प्राविधिकहरुले साइटवाट ह्याकरलाइ धपाए । तर ह्याकर फन्दामा परेनन ।
चर्चित मुटु रोग विशेषज्ञ भगवान कोइरालाको हलमेल एकान्ट नै चोरी भयो ।
प्रहरीले १५ दिन लगाएर एकान्ट त फिर्ता ल्यायो तर चोरको पहिचान गरेन ।
काठमाडौंको राम्रो होटलमध्ये पर्ने द्धारिका होटललाइ बदनाम गर्न फ्रड होटल
डक कमको नाममा द्धारीकाको बदनाम भयो । तर सूचना प्रविधि मार्फत अर्काको
बदनाम गराउनेहरु प्रहरीको फन्दामा परेनन ।

मेरो मगजमा भएका केही साइवर अपराधका सुचि हुन यि । यसमा धेरै गम्भिर
प्रकारका अपराधको सूचि नसमेटिएको पनि हुनसक्छ । तर नेपालमा विस्तारै
साइवरस्वपेश मार्फत अपराध बढ्दै गएको पुष्टीका लागि यि उदाहरण काफि छ ।
अनी यि उदाहरणहरुले नेपालमा साइवर प्रहरीको आवश्यकताको पुष्टी पनि
गरिरहेको छ ।

यस अर्थमा प्रहरीले जे काम शुरु गरेको छ त्यो प्रशंसनिय हो । तर यसको
प्रभावकारीता कत्तिको हुने त्यो भोलिका दिनमा सेलले गर्ने कामले पुष्टी
गर्नेछ ।

www.nbsansar.blogspot.com
Read Full Discussion Thread for this article