Posted by: Birkhe_Maila January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

लहरे पिलेनमा नेपाल जाँदै छ।


खलाँसि- "दाई! भाडा?"


लहरे- (मुख बिगार्दै) "कतिचोटि दिने?"


(खलाँसि लुसुक्क अरुको भाडा उठाउनतिर लाग्छ, र एकछिन केहि सोचेर फेरि लहरेको अगाडि आउँछ)


खलाँसि - "दाई भाडा?"


लहरे- "कार्ड छ!"


खलाँसि- "दाई कार्ड भए नि भाडा त चाहियो नि!"


लहरे- "कार्ड छ भन्या सुनिनस्, ओर्लेर दिउँला"!"


खलाँसि- "दाई पिलेन मा पनि किर्तिपूरको माइक्रोबस जस्तो गर्छ यो दाई त!"


(पिलेन चलाईराको पाइलटको कानमा गाईँ गुईँ पर्छ, र पाईलट कराउँछ)


पाइलट- "ओइ अन्तरे के भो?"


खलाँसि- " गुरुजि हाम्ले किर्तिपूर रुटमा माइक्रो चलाउँदा भाडा नदिने दाई हाम्रो पिलेनमा छ, अहिले नि कार्ड छ भन्दै छ!"


पाइलट- "के रे? त्यो स्व बि यु को धाक लाऊने लहरे भन्ने केटा हो? ल त्यसलाई खसाल् पिलेनबाट, बडो भाडा नतिरि चढ्न खोज्दोरेछ।"


(पाइलट ले पिलेन हावामा अड्ड्याउँछ। ढोका खोलेर लहरेलाई खसाल्न खोज्छ!)


लहरे- "ऐया दाई! ऐया भन्या! भाडा दि हाल्थेँ नि!"


पाइलट- "अब भाडा न साडा ह्यइँ बिच बाटोमा ओर्लि!"


लहरे- " दाई एउटा प्यारासुट पाए हुन्तो!"


पाइलट- " तँ सित कार्ड होला नि, हो त्यहि कार्डको प्यारासुट बना!"


(लहरे बिना प्यारासुट पिलेनबाट खस्छ)


((~~~धडाम्~~~))


(ठूलो स्वरका साथ लहरे कुनै भवनको छत फुटालेर भित्र खस्छ)


शेख- असल्लम आलेकुम!


लहरे- "ऐआआ. ला.. काँ ..मा साला...रेँ बाबा!"


(शेख ले लहरेले बोलेको रातो स्वर मात्र सुनेर 'आलेकुम सलाम' भनेको भन्ठान्छ)


शेख - "परवरदीगार जन्नत-ए-फकिर बहराईन आ गया!"


(लहरेलाई स्वर्ग बाट आएको फकिर भन्ठानेर शेखले मजाले खुवाइ पियाई घरमा राख्छ र ईन्टरनेट चलाऊन दिन्छ, भाडा नतिर्ने बानि परे जस्तै लहरे फेरि इन्टरनेटमा साझा चौतारी र साउटबक्स थलाऊन तल्लिन हुन्छ!)


 


 

Read Full Discussion Thread for this article