Posted by: Narayangarh suburb January 15, 2010
संघारमा - A POEM
Login in to Rate this Post:     0       ?        
न आकार हुन्छ  न प्रकार  
कस्तो रहेछ माया
अन्धकारमा पनि छोड्दैन
मलाई तिम्रो छाया


पहिलो हैन
तर नौलो छ
धेरै पटक माया बस्यो
तरपनी  यो सुनौलो छ

कती तड्पन दियो
कती कम्पन
सधैंभर मात्र अड्चन थियो

एसपटक भिन्न लाग्दैछ
मन मुटु सँग माया माग्दैछ

मलाई धेरै बुझेर होकी
मेरो कथा सुनेर हो
उ हर छण नजिक आउँदै छ
अबिरल माया लाउदै छ

मन त मैले पहिले नै खनाएको
तर ठाउँ छैन बनाएको
उ आफ्नो ठाउँ खोज्दै छ
जीवन साथी उ मलाई नै रोज्दै छ

म चाहन्न बिच बाटो मा हराउन
नपरोस उस्लाई रुन, कराउन

मायामा पिडा धेरै हुन्छ
खै कसरी सक्छु म यो कुरा बुझाउन

डर उस्को लागि मात्र हैन
चिन्ता मेरो पनि छ
दुई चार हारमै आत्ती सके
अर्को पछी त पक्कै मरिन्छ

म आज बडो धर्म संकटमा छु
माया र तिरस्कार को संघारमा छु

एकलकाटे जिन्दगी बाट फुत्किनु छ
तर अगुल्टो ले हानेको कुकुर झै भा छ
एक चोटि फेरी प्रयास गरेर हेर्नु छ
माया बिनाको संसार कहाँ छ?  
Last edited: 15-Jan-10 11:01 AM
Read Full Discussion Thread for this article