Posted by: binokary January 14, 2010
let's have some audiobooks from literature in sajha
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण साझाप्रेमीलाई मेरो नमस्कार।
साझामा म भर्खर आएर  एउटा कुरा के जानें भने, नेपाल बाहिरका साथीहरुले पनि आफ्नो देशलाई भुल्नुभएको रहेनछ। झन् वहाँहरुको व्यस्तताका बाबजुद पनि यत्तिको सहभागिता र नेपाल प्रतिको चासो अनि अगाध प्रेम देखेर निकै खुसी लाग्यो। विशेष गरी नेपाली कृति-साहित्य पढ्न पाउँदा पनि निकै रमाईलो लागिरहेको छ।
मैले ओ.के. जी को "मञ्जु, मलाई माफ गर है" पढी सक्याएँ र बैरे लगायत अन्य साथीहरु लेखहरु पढ्दै छु। ओ.के. जी को आत्मकथाले निकै नै मन छोएको छ।
त्यो कथा पढ्दा पढ्दै के विचार आयो भने, यस्ता कथाहरुलाई वाचन गरेर अडियोबुक बनाईँ साझा र अन्य बल्गबाट पनि बाँड्दा कसो होला? प्रत्येक धागाहरु (threads) लाई पछ्याउँदै पढ्दै गर्न नभ्याउने/नरुचाउने र कथा पढ्न भन्दा सुन्न मन पराउने व्यक्तिहरु पनि थुप्रै हुन्छन् जस्तो लाग्छ मलाई त। अझ आई-पड, मोबाईलमा राखेर फुर्सदको बेलामा, यात्राको बेला वा (नेपालमा हुँदा) लोड-सेडिङको बेला  सुन्न पाईयो भने त झनै मज्जा हुने। फेरी लेखक साथीहरुको आशय व्यापारिक फाईदा भन्दा पनि आफ्ना कुरा बाँड्न नै रहेको देखिनाले पनि लेखकको नाम/उपनाम र साझालाई पनि उल्लेख गरेर mp3 बनाउन पाएँ काईदा हुने थियो।
यो कामको लागि समय त थुप्रै लाग्छ तर असम्भव चाहीँ अवश्य छैन। म मेरो तर्फबाट गर्नसक्ने सहयोग गर्न तयार छु। लेखक साथीहरु कत्तिको राजी हुनुहुन्छ? अरु साथीहरुको के छ विचार?
Read Full Discussion Thread for this article