Posted by: PallaGhareAntare January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

जदौ गाम्ले !


बधाई तथा शुभकामनाको लागि सबै गाम्ले लाई ह्रिदयदेखि धन्यबाद दिन चाहान्छु।


साहू बुढाको संधैको कचकच, जन्तरे नआँउदा सम्म जाहानको सेवा सुसुर्षा, अब झन जन्तरे आएपछी त के कुरो गराई भो र चौतारी आउने फुर्सत निकाल्न सक्या छैन, अन्तिम पन्ना सरसर्ति हेर्न सम्म भ्याउंचु त्यै हो बरु गाम्ले ले बिर्सिने बेला भै सक्यो।


साहू बुढाले यता स्याताल तिर लघार्‍या छन् ऐले दुइ चार दिनलाइ। स्याताल देखि तिन घन्टा पूर्वको यो फुटो हेरम। टेउसाउ, फुलरिडा तिरकालाइ शितल होला क्यार, याँ त जाडोले बसिसक्नु छैन, हर्केको तार्‍या बुङ्गुर, च्याङ्बाको तोङ्बा र ठुल्दाइ मार्का चिलिम चाइएला जस्तो छ आज।     

Read Full Discussion Thread for this article