Posted by: chanaa_tarkaari January 13, 2010
Login in to Rate this Post:
0
?
नेपालका सन्दर्भमा संघीयता निम्न कारणले एक वास्तविकता बन्न पुगेको छ ।
ती हुन्ः
नेपालको राजधानी काठमाडौं हुनु र यसको भौगोलिक बनावट/ ऐतिहासिक पृष्टभूमि
अन्य क्षेत्रसित मेल नखानु नेपाल राज्यको बनावटको आधार र देशको जातीय,
सामाजिक, सांस्कृतिक, भाषिक विविधता एकै नहुनु र एक बहुसांस्कृतिक समाज
हुनु आर्थिक विषमताले गर्दा र राज्यका विभिन्न निकायमा कुनै सुविधा
सम्पन्न वर्ग या जात/वर्गको बाहुल्य हुनु मधेसलाई धेरै वर्षसम्म औपनिवेशिक
रूपजस्तो पारिनु, त्यहाँ पनि पहाडे भाषा संस्कृति लादिएको भावना जाग्नु र
त्यसविरुद्ध विद्राेह गर्नु अिझै पनि भाषागत आधारमा विभेद हुनु र कसैले
कुनै भाषा प्रयोग गर्यो भन्दै राज्यले बखेडा खडा गर्नु सिबै जनजाति,
मधेसी, पहाडे, लिंगले आजसम्मको विभेद हटाउन संघीयताको बाटो छान्नु निेपाली
राज्यको व्यवस्थापन अब पुरानै खाले सरकारी शैली, संस्कार आदिले सम्भव
नहुनु । नयाँ किसिमले प्रभावकारी शासन दिनुपर्ने भएकाले साधारण
विकेन्द्रीकरणका उपायले मात्र व्यापक जन आकांक्षालाई सन्तुष्ट पार्न
नसकिने हुँदा संघीयता चाहिएको स्वीकार गर्नु ।

मधेस आन्दोलनका दबाब र जनजातिले उठाएका मागका सिलसिलामा सबै मुख्य दलहरूले
संघीयता लिएका हुन् । हतारमै गरिएको निर्णय भए पनि नेपालको भावी राजनीतिमा
संघीयताको सफलता/असफलताले आफ्नु ठाउँ लिइरहने अवस्था आएको छ । यसको समाधान
भनेको सबै सम्बन्धित क्षेत्रको गहिरो बहसद्वारा निकालिने निष्कर्ष हो ।
संविधानसभा नै यसको बाटो पहिल्याउने थलो हो किनभने यही सार्वभौम निकाय हो
।
अब रह्यो देश टुक्रिने डर । अब त संघीयतामा गइएन भने देश
विखण्डित हुने अवस्था आएको छ, किनभने विकेन्द्रीकरणले मात्र आजको चाहना र
माग पूरा गर्ने ठाउँ छैन । विकेन्द्रीकरण राजनीतिसित कम र विकाससित बढी
सम्बन्धित रहन्छ । विकेन्द्रीकरणका पुराना रटानले सबै वाक्क भइसकेका छन् ।
आखिर नेपालको सामन्ती संस्कार, हुकुमी शासन शैली, असमान सामाजिक परिवेश र
व्यक्तिवादले सबै निमुखा नेपालीले समान अवसर पाउलान् भन्न सकिने ठाउँछैन ।
मुलुक टुक्रिने आधार अनेक हुन्छन् । तर नेपालको सहिष्णुता, समन्वयवादी
परम्परा, धर्म निरपेक्षताको धरातल र सम्पूर्ण जनताको हालसम्मको
राष्ट्रियताप्रतिको प्रतिबद्धता नेपाली राष्ट्रियताका विशेषता हुन् ।
संघीयताको सबैभन्दा पेचिलो पक्ष प्रान्तहरूको विभाजनमा देखिन्छ । यसलाई निष्कर्षमा नपुर्याउने दोष सरकार चलाउने दलहरूमा देखिन्छ
। आजसम्म राज्य पुनर्संरचना आयोग गठन हुन नसक्नु र मुख्य दल र विभिन्न
क्षेत्रीय या जातीय समूहका अगुवाहरूसित छलफल गरी निष्कर्षमा पुग्न नसक्नु
यसप्रति गम्भीर हुन नसक्नु हो । आज सबैजसो दबाब समूहका रूपमा मात्र
रहेकाले आफ्ना-आफ्ना जातिगत आधारलाई बल दिनु अस्वाभाविक होइन ।
संघीयता कसरी प्रभावकारी र देशहित गर्ने हुन सक्छ भन्नेभन्दा अर्को
विकल्प आज छैन । मुलुकको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय
एकता कायम गर्न सबै शक्ति, जाति, क्षेत्र/लिङ प्रतिबद्ध भई अगाडि बढ्दा
मात्र अब एकता कायम हुन सक्छ । संघीयताको विरोध र नकारात्मक सोचले झन्
विभाजन हुने खतरा बढ्न सक्छ ।

http://www.ekantipur.com/np/news/news-detail.php?news_id=305067
(संघियता किन र कस्तो खालको चाहिन्छ भन्ने बारे मैले लामो समय देखि दिने गरेको तर्कहरु सँग मेल खाने तर्कहरु लोकराज बराल जस्ता सिनियर ब्यक्तित्त्वका तर्फबाट आउनु स्वागतयोग्य छ ।)