Posted by: बैरे January 13, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

न्यू योर्क शहर को उज्यालो उसको मुस्कानको अगाडी फिक्का परेको थियो ।


उसलाई फेरी अंकमाल गरे , अब फिर्ती तयारी त गर्नै पर्‍यो । आफ्नो जीवन को सबै भन्दा ठुलो उपहार पाएको थिए मैले । भोली साझँ को फिर्ती थियो तर यो पाली एक्लै होइन दुबै जना जाने भएका थियौ ।


(समय लाई केही अगाडि लगौ )


म मा धेरै कुरा हरु को बद्लावा आएको थियो । केही कदम बढाउनु अघी आफ्नो मात्रै होइन रिया को बारे मा नि सोच्नु पर्ने भएको थियो । पहिले को झै अल्लारे पारा हरु लाई जिम्मेवारी हरु ले ढाक्दै आएको थियो । केही कुरा हरु  भने बद्लन निकै गाह्रो भएको थियो जस्तै - पकाइ र सफाइ । हुन त रियाले पनि धेरै कुरा हरु सँग सम्झौता गरेकी थीई । सधैं मैले भता भुङ्ग गरेका कुरा हरु उसले मिलाएर राख्थी ,घर सधैं चिटिक्क पारेर राख्थी , खान पिन को ब्यबस्था सधैं गर्थी । स-साना कुरा हरु सबै को मेला पाटो गरेकी थीई ।


पहिलो झगडा ....


कामको पेलाई मा केवल म मात्र होइन उु पनि परेकी थीइ, घर आए पछी काम को बिषय मा कुरा हुन्थ्यो , एक अर्का लाई सहानुभुती दिनु बाहेक अरु के नै गर्न सक्थ्यौ र ? बिस्तारै बिस्तारै काम घर भित्र आइपुगेको थियो । कहिले काही काम बाट घर आउँदा जुन आकाश मा झुलिकी सकेको हुन्थ्यो । पहिले त एक अर्का लाई कुरी बस्थ्यौ तर जती जती यो क्रम बद्दै गयो त्यती त्यती खाना एक्लै खानु परेको थियो हामी दुबैले ।


रिया - सुन न यो पाली को लोङ वीकेन्डमा केही गरु है ?


- "मेरो मिल्दैन, प्रोजेक्ट डियु छ , काम हुन्छ होला । "


रिया - "कत्ती काम काम , पहिले हरेक वीकेन्ड बाहिर गैइन्थ्यो , हप्ता , महिना मा बद्ल्यो अब त त्यो नि बन्ध "


- " अब काम छ के नै गर्न सक्छु र ?"


रिया - " काम मा भन न, बरु यो हप्ता र नेक्स्त हप्ता ओभर टाईम गर्छु , वीकेन्ड चाँही छुट्टी दे भनेर "


- अली ठुलो स्वोरमा "बरु काम नै छोडि दिउ ?"


रिया - " मैले के नै नराम्रो भने र ? किन ठुलो स्वोर मा कराको ?"


- "खै, मैले ठुलो स्वोर मा बोलेको झै लागेन "


रिया - " अब त तिमी लाई के लाग्थ्यो र ? अरु केही होइन म बेसी भएको हो "


त्यो दिन हामी ३-४ घण्टा बोलेनौ .... फकाउ झै लागेको थियो तर सोचे - "may be she needs to be alone "



.........


डेन्भर मा जाडो महिना लाई भगाउन , गर्मी महिना आएको थियो , दिन हरु लम्बीदै गएका थिए , मान्छे हरु को चहल पहल पनि बध्दै गएको थियो,


रिया - "भोली त शनिबार, के छ प्लान ?"


- "काम का केटा हरु ले अब वीकेन्ड मा बास्केट बल खेल्ने भनेका छन, बिहान त्यही जानु पर्ला , दिउसो तिर केही गरे हुन्न ?"


- "हुन्छ "


बिहान बास्केट बल खेल्न गइयो, शायद शरीर फुर्तिलो नभएको धेरै भएको भएर होला अङ्ग प्रत्यङ्ग दुखेर आयो । २०६ प्रकार को हड्डी हुन्छ भनेको सुनेको थिए,  कहाँ कुन नली मा जोडीएको हुन्छ थाहा पाए ।


घर छिर्ना साथ जुत्ता एक कुना तिर फाले , बल्ल तल्ल मोजा फुकाले, अर्को कुरा तिर फाले , अनी नुहाउन गए । नुहाएर बाहिर आउँदा महारानी फुलेल -


- "के भयो ? किन ठुस्की रहा ?"


रिया - " तिमीलाई मेरो केही मत्लब छ , म सधैं तिम्रो पछी पर्न सक्छु , यसो घर सफा सुगर राख्न help गर्नु , त्यो नि गर्न सक्दैनौ भने फोहर त पार्दै हिंड्नु पर्दैन नि ?"


आफु थाकेर लोत पर्या थिए , के मुख लाई जस्तो भयो , गएर सोफा मा पल्टे ,


उु - "मरी मरी बिहान भरी सफा गरे , अब गएर थ्याच्च बस , त्यही हो तिम्रो काम "


- " के अब आफ्नै घर मा बस्न नपाउने भए ? मैले जे गरे नि तिमीलाई किन गाह्रो हुन्छ आजकाल ? God I can't stand your Nagging "


टि.भी खोले


उु - "हो अब त मैले बोलेको नि तिमीलाई Nagging भयो होइन ?"


- "Can You please shut up for a while, I want to concentrate on this " टि.भी देखाउदै


रिश को झोक ले होला उु पनि मुर्मुरिदै गई खोठा भित्र , ठुलो आवाज आयो ढोका लगाएको , आवाज सँगै पारो नि तात्यो , त्यही पनि बोल्न जानु भनेको आगो मा घिउ थप्या बरोबर हुन्छ भनेर चुप लागे ।


थाकेर होला कती खेर आँखा लाग्यो थाहा नै भएन आँखा खुल्दा त २:०० बजे को थियो , भोक लागेर नि चुर भएको थिए , रिया के गर्दै होली भएर चिहाउन गए , उु पनि मस्त ले बुडालिन कण्ठ रहेछी ।


मन मनै सोचे - "अब त फकाउन पर्छ नभए फेरी अर्को कहानी सुरु हुन्छ "


गएर सुटुक्क उस्को छेउ मा बसे , उसको कपाल सुम्सुमाउन लागे , शायद मेरो स्पर्श पाएकोले होला उसले आँखा खोली, अगी को रिश बाँकी नै थियो क्यारे , मेरो हात हटाइ अर्को तिर फर्की ।


उु - "बाहिर जाउ, किन फकाउन आको ?"


- "म कहाँ, फकाउन आको हो र, म त यसै तिमी के गरे राखेको होलौ भनेर हेर्न आएको "


उु - "देख्यौ होइन ? जाउ अब तिम्रो टि.भी हेर्न "


- " यस्ती राम्री , हेर्न छोडेर त्यो टि.भी कस्ले हिरोस "


उु - "अघी सम्म त त्यही टि.भी हेरी राख्या थियौ त ?"


- "कती खेर आँखा लागेछ थाहा नै भएन , आँखा लाग्ने थाहा भाको भए त यही आएर तिम्रो छेउ सुत्थे नि ? बौला हो र एक्लै सुत्न ?"


उु - "कुरा त कती आउछ हगी तिमी लाई "


- " लौ अब उठ , भोक नि लाग्यो बाहिर नि जाने भन्या होइन , ल तयार हौम "


उु - " ए भोक लागेर पो आको ?"


- हिन्दी मोभी को डाइलग दिए  " भोक भन्दा नि प्यास धेरै "


उु जुरुक्कै उठी ।


बाहिर केही खाएर कहाँ जाने भनेर सोध्दा उस्ले - "घर हेर्न जाउ न , अब त सकिन नि आट्यो होला , जुलाई मा तयार हुन्छ भन्या होइन ?"


- "हो , ल जाउ न त जाउ "


हामी ले कोन्ट्राक्ट दिएको घर लगभग तयार भई सकेको थियो , अब अर्को महिना त सर्न नि तयार हुने थियो ।


शायद घरमा सर्ने भनेर होला , फर्किद बाटो मा - " अब नेक्स्त वीक देखी घर मा के के समान राख्ने त्यो नि हेरुम है "


- " हुन्छ , तर please केटीको जस्तो घर नबनाउ है , अली कती Modern राख "


उु एक छिन चूप लागि,


- "के भयो, किन चूप ?"
   
शायद हाम्रो बिच यो कुरा नभएको होला उस्ले - "केही होइन " भनेर जवाफ दि ।


समय यसरी नै बित्दै गयो , हेर्दा हेर्दै घर मा नि सरीयो , उस्लाई ध्याम्म बन्द गर्ने ढोका हरु र मैले फोहर गर्ने ठाउँ हरु बडेका थियो । झगडा स-साना हुँदै गर्थे , फकाउने सधैं मै हुन्थे , कहिले काही झगडाको साइज पनि घर जस्तै हुन थालेको थियो । घरमा ठाउँ धेरै भएर होला झगडा पछी दुरी नि बद्दै गएको थियो , कहिले काही दिन हुन्थ्यो सम्झौता हुन अघी ।


हामी दुबै लाई थाहा थियो कि यो सब एक अर्का सँग बस्दा यस्तो सा-सानो कुरा हरु हुन्छ भनेर, अङ्रेजी मा भने झै - " Our life was becoming a Normal flow"


एक दिन म घर आउँन ढिलो भएको थियो । घर आउँदा उु कोठा भित बस्दै सुक सुक गर्दै थीइ , मलाई देखेर मेरो सामु आएर मलाई अङ्गाली


- " बैरे, घर मा हाम्रो र हामी सँगै बसेको कुरा थाहा भयो "


क्रमश :

Read Full Discussion Thread for this article