Posted by: Birkhe_Maila January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठूल्दाई! जदौ रिट्ठे, राम्बादुर!


यो पुरि तरकारी नखाको जुग भैसक्या थ्यो है, अस्तिन एकदिन लौ त धर्म गर्नु परो भनेर ब्यान ब्यानै भोकै मन्दीरतिर गइयो। पूजा-आजा गरियो कुन्नि के रहेछ, पुजारीले त लौ प्रसाद ग्रहण गरेर जानुहोस भन्न थाले, भित्र गएको त आहाहाहा...मज्जाको भुक्क फुलेको तात्तातो पुरी र आलु-केराऊको तरकारी, भयो अब? गोडा एक दर्जन पुरि झ्याप पारियो, त्यो पनि सित्तैमा, प्रभुको लिला अपरम्पार!


राम्बादूर, सामाखुसिको पसलमा खाने बेलाँ पाक्या पुरि-तरकारि हेर्दा सम्म नहेरि च्या माथि च्या चुरस माथि चुरस तान्यौ, अब अइले आ'र जे जे खान भए नि खान पाउनु परो नि।

Read Full Discussion Thread for this article