Posted by: Birkhe_Maila January 12, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

...माथिबाट क्रमश...


दौडँदा दौडँदै लहरे तल्लो पाटोमा पुग्यो र एकपटक माथि जिम्मालको गोठतिर हेर्दै भित्ताको अडेस लाएर उभियो र लामो लामो सास फेर्न थाल्यो।
"न मलाई चिने कि बुढाले?"
लहरेले सशंकित हुँदै आफैँलाई प्रश्न गर्यो।
"हरे! के चिन्थे बुढाले, साँझ पर्न पा हुन्न बुढाको फुलो पर्या आँखाले आफ्नै जिम्मालनि त चिन्दैनन, तेसमाथि राति हुँदो के चिन्थे मलाई!"
आफ्नै कुराले लहरे अलि आश्वस्तव देखियो।
"अबुई! चिनेका भए त बित्याँस नै पर्छ नि!"
लहरे फेरि आत्तियो र केहि सोच्न थाल्यो।
" चिने पनि म हैन भनम्ला तेस्ता नलिखुट्टे बुढालाई घुमाउन के नसकौँला र मइँले!"
लहरेले आफैँलाई चित्त बुझायो।
लहरेको सास सामान्य भैसकेको थियो। बल्ल उसले सुन्तलीलाई सम्झियो!
ऊ फेरि आत्तिएको जस्तो देखियो।
"पुरेले थाहा पायो भने मलाई भुत्ते खुकुरिले छ्याक्क पार्छ!"
लहरेले मनमनै भन्यो।
"हेरम्ला हामि नि खुकुरिले छ्याक्क पारेको। मइँले केइ गर्या छ र,यसो जिस्किँदा लुसुक्क आउने तेइ सुन्तलीले गर्दा त हो नि!मया गरेसि मयाँले बाँधेर राख्न नि सक्न पर्छ मर्द भएसि!"
लहरेले फेरि मन बुझायो।
"घाट लाने बेला भा बुढोलाई क्यार्न राति हुँदो बाहिर निस्कन पर्या होला नि?"
लहरेले सुन्तलीसितको अघिको प्रणयमा बुढाले झाँजो हालेकोमा रिस प्रकट गर्यो!
" तर जे भयो ठिकै भयो, झण्डै पाप नै गर्न लागेछु, बिचरो पुरेको आत्माले नि सराप्थ्यो मलाई नत्र!"
मनमनै बोल्दै लहरेले आफैँलाई अँध्यारोमा नियाल्यो।
गोबरको तिव्र गन्ध असहनिय थियो।
उसका दुबै खुट्टा हातका कुहिनु र कपडामा जताततै गोबर लागेको थियो।
"कसैले देख्यो भने के भन्ला!पँधेरा गएर पखालेर घर जानु पर्यो! बरु राति हुँदो अँध्यारोमा बिचरी सुन्तली गोबर लाग्या लुगा लिएर कता जालि!"
उसको मनमा सुन्तलीप्रती सहानुभुति पलायो!"
मनमा कुरा खेलाउँदै लहरे पँधेरातिर लाग्यो।


...बाँकि पछि...

Read Full Discussion Thread for this article