Posted by: nakkali keti January 11, 2010
Login in to Rate this Post:
0
?
लेखाइ राम्रो छ तर दृष्टिकोण पटक्कै मन परेन। मधेसी र पहाडी बिचको फाटोलाई अझ उकास्ने खालको लेख लाग्यो। मधेश भौगोलिक हिसाबले पहाड भन्दा पक्कै पनि सुगम छ तर सबै मान्छे सम्पन्न छैनन। तराईका सबै मान्छेले जन्मे देखी जेरी पुरी खान्छन, मोटर चडेर हिड्छन भन्ने आसयको अभिब्यक्तिले लेखक मधेशका केही सदरमुकाम पुगेका छन र त्यो नै मधेशको यथार्थ हो भन्ने अल्प ज्ञान उनमा रहेको देखाउँछ । मधेशमा पनि कयौ मान्छेले जिन्दगी भर चप्पल लाउन पाका छैनन, ४ कक्षामा पुगेपछी नै ABCD सिकेका छन अनी कयौ गर्वबती आईमाईहरु उचित उपचारको अभाबमा मरेका छन। लेखकको भनाई "मैले पाईन भने तैले किन पाउने ?" भन्ने खालको छ। यो बिकासको हैन बिनासको लक्षण हो। यदी आफ्नो अधिकारको लागि तँछाड् मछाड् भै राखेको बेला कोही "मकै कती थाङ्रा फले", "कति मुरी धान भए", "गहुँ कस्तो छ" भन्ने भलाकुसारी गरेर बस्छ भने कस्को कम्जोरी? बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने त लेखकलाई थाहा हुनु पर्ने हो। लेखमा पटक पटक प्रयोग गरीएको "बाहुन" भन्ने शब्द पनि मन परेन। पहाडी मुलका नेपाली भनेका बाहुन मात्र होइनन। जहाँ सम्म आरक्षणको कुरा छ, त्यो पिछडिएका बर्गले निस्पक्ष रुपमा पाउनु पर्छ भन्ने लेखकको विचारमा दुई मत छैन।