Posted by: Nepal patriotic January 10, 2010
India invasion Nepali Lands - day by day
Login in to Rate this Post:     0       ?        

(Seema Surakcha Bal, Indian border army) एसएसबीको त्रासले गाउँले भयभित:-

रासस कञ्चनपुर, २०६६ पुस १५ - नेपालको टापु भनेर चिनिने महाकालीपारीको कञ्चनपुरको दोधारा-९ कुतियाकम्मरका स्थानीय वासिन्दालाई भारतीय सीमा सुरक्षाबलका जवानहरूले सधैंजसो गाउँमै छिरेर जनजीवन त्रसित बनाउन थालेका छन् ।

कुतियाकम्मर गाउँमा छिरेका एसएसबीका जवानहरूले स्थानीयसाग मदिरा माग गर्दा नदिएपछि धम्क्याउने गर्दै आएको स्थानीयले बताए ।

भारतीय बजारबाटै दैनिक उपभोग्य सामान खरिद गर्ने यहाका वासिन्दालाई सीमा क्षेत्रमै आएर दुव्र्यववहार र सामान ल्याउन प्रतिबन्ध गरेको स्थानीय मोहन सुनारले बताए ।

मङ्गलबार एसएसबीका जवानहरूले साइकलमा घरतर्फ आउदै गरेकी नैना सुनारमाथि दुव्र्यवहार गरेकोसमेत उनीहरुले बताए ।


 


Read Full Discussion Thread for this article