Posted by: Geology Tiger January 8, 2010
Laxmi Prasad Devkota park बन्यो मुत्रपार्क, क्या लाजमर्दो
Login in to Rate this Post:     0       ?        

 


लाज त सबैलाई लाग्नु पर्ने हो; महाकबी देवकोटाको नाममा दुनियाँ कोश र समिती खडा गरेर आफुलाई देवकोटाप्रेमी र नेपाली भाषाप्रेमी देखाउने, अनी बर्षमा एक दिन देवकोटा जयन्ती आयोजना गरेर देवकोटाको बारेमा लम्बाचौडा बखान छाट्ने नेपाली भाषाका ठेकेदारहरुलाई; भाषा, साहित्य र संस्कृतिको बिकास र संरक्षण गर्ने दायित्व लिएर सरकारी कुर्सिमा बसेका ठालु हाकिमहरुलाई; नेपाली भाषाका कति पाठकहरुले मन पराएर ख्याती कमाएका र कति चाँही कनिकुथी र चोरेर साहित्य लेखी संचारका माध्यमहरुमा आफ्नो भक्तीगान गाउँन लगाएर बनेका ठुला साहित्यकारहरुलाई; पढेलेखेका भनाउँदा र नेपाली भाषा साहित्यलाई माया गर्छु भन्ने र नेपाली भाषाको बिषयमा घण्टौ भए नभएको गफ दिन सक्ने हामी जस्तो जानिफकारहरुलाई। बरु देवकोटानै आफ्नो दुर्दशा देखेर लजाए होलान्, तर हामी कसैलाई त्यो देखेर लाज लाग्दैन; त्यसैले त हामी लाजपचेका हौ। यदी लाज नपचेका भए त अबस्य पनि हामीले केही गर्न पर्थ्यो र गर्थ्यौ होला, तर हामी गर्दैनौ। हामीले यो सबै कुरा बुझेका छौ, तर पनि बुझ्दैनौ; त्यसैले त हामी बुझपचेका हौ।   


 

Read Full Discussion Thread for this article