Posted by: hemu January 8, 2010
आज मेरी प्रियेसी को जन्म दिन (७/२४)
Login in to Rate this Post:     0       ?        

आज मेरी प्रियेसी को जन्म दिन 


 
म कसरि भुल्न सक्छु यो दिन |
आकासबाट धर्ति मा कसैको लागि आएको दिन ||
कति हण्डर खायीन होला, कति सास्ती भयो होला |
येस धर्तिमा पयिला टेक्न उनलाई, कसले त्यो भनि देला ||
म चाहेर पनि भुल्न सक्दिन यो दिन |
आज मेरी प्रियसी को जन्म दिन ||
 
मुरी मुरी धन्यबाद छ जन्म दिने बाबु आमालाई |
जसको कारण मैले पाउन सके मेरी मायालुलाई ||
म एक्लो भै भौतारी रहेथेए जीवनको खोजिमा |
बुझे, भेटे र भोगे जीवन मैले रमौदा उनिमा ||
कस्तो रमाइलो र कल्कलौदो छ यो दिन |
आज मेरी प्रियसी को जन्म दिन ||
 
म हाँस्दा रमौछिन उनि, म दुखि हुँदा रुन्छिन उनि |
संधै हास्ने-खेल्ने स्वभाबमा हुन्छिन उनि ||
कहाली लाग्दो सम्झना त्यो दिन को |
म दुखि हुँदा उनि धुरु-धुरु रोएको ||
हो यीनै हास्ने-खेल्ने दिन चरियामा आउछ एउटा दिन |
त्यो हो एउटा अमुल्य दिन, मेरी प्रियसी को जन्म दिन ||

Read Full Discussion Thread for this article