Posted by: Rahuldai January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम ब्राण्डी ।


आँपको कुरा गर्दा पहिला नगरपालिकामा काम गर्दा मदनवाको काका पर्ने एकजना ठगदार चाकडी बजाउन घर आउने कुरा गर्न थालए एक दिन । मैले भनें जे जती कुरा छ अफिस मै गरम, घरमा कसै सित भेट्दिन भनें । बज्या कलैयाको कन्हैया अरुसित सोधेर  अर्को दिन ब्यानै घर आइपुगे एक बोरा आँप बोकेर ।


 
हजुर, घरको आँप हो, फस किलास छ, खाइलिनुस् भन्दै ।



पछी यसो रि-सोच गरी हेर्दा त त्यो आँप कालिमाटीबाट होल्सेलमा उठाएको रहेछ । 
 

Read Full Discussion Thread for this article