Posted by: chanty399 January 6, 2010
Who is Amresh Kumar Singh and What is Indian National Security Threat
Login in to Rate this Post:     0       ?        


This shows how clever this man.He is trying to divert the truth politically.But no one will believe him.Truth is like mirror in front of people.

राजावादी पत्रकारले षड्यन्त्र गरेः अमरेश


medium text tool iconlarger text tool icon
काठमाडौँ, पुस २२ (नागरिक)- भारतबाट नेपाली विद्यार्थी नीतु सिंहलाई निकाला गरिएको विषयमा सञ्चारमाध्यममा आएका खबरलाई उनका पति अमरेशकुमार सिंहले खण्डन गरेका छन्।

नेपाली कांग्रेसका पूर्वसांसद तथा भारतसँग 'निकट' सम्बन्ध रहेको मानिएका सिंहले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै 'एकजना राजावादी पत्रकार लगायत केही तत्वले यो षडयन्त्र गरेको' आरोप लगाएका छन्।

पत्रपत्रिकामा पतिपत्‍नीको मनमुटावका बीच सिंहले आफ्नो प्रभाव प्रयोग गरी नितुलाई भारत निकाला गरिएको खबर प्रकाशित हुँदै गर्दा उनले भने वक्तव्यमा 'नेपालको शान्ति प्रक्रिया भाँड्न र राजतन्त्रलाई फर्काउने प्रयासमा नेपाल र भारतको दैनिकमा जथाभावी लेख्दै हिँडेको आरोप लगाएका छन्। 'समयक्रममा म उनको कुकृत्यबारे सबै तथ्य सार्वजनिक गर्ने नै छु', उनले भनेका छन्।

वक्तव्यमा आफ्नी पत्‍नीको भारतस्थित कलेजमा सहपाठीसँग सम्बन्ध रहेको आफूले थाहा पाएपछि असमझदारी सुरु भएको उल्लेख छ। 

Read Full Discussion Thread for this article