Posted by: _____ January 1, 2010
Kapilbhastu?
Login in to Rate this Post:     0       ?        

Font size:
Decrease font
Enlarge font





image







अलिगढवा (भारत), १७ पुस : बुद्धभूमि
अवलोकनका लागि नेपाल हिँडेका थाई पर्यटकलाई भारतमा नक्कली कपिलवस्तु
देखाएर फर्काइएको छ । भारतीय नागरिकले बिहीबार ४० पर्यटकलाई रोकेर नक्कली
बुद्धभूमिको दर्शन गराए ।


थाइल्यान्डका
स्ट्याच्ड माइवार्डको नेतृत्वमा आएका दुई बस पर्यटक बिहीबार दिउँसो
अलिगढमा रोकिएका थिए । भारतको आन्द्राप्रदेशका टुरिस्ट गाइड अम्मे चौबेले
बुद्धभूमि यहीँ हो भन्दै नेपाल-भारत सीमामा खटिएका भारतीय एसएसबी फोर्सको
सहयोगमा नक्कली कपिलवस्तु देखाएर त्यहीँबाट फर्काइदिए । भारतीय नागरिकले
उनीहरूलाई नेपाल आउन नदिई आफूद्वारा निर्मित नक्कली बुद्धभूमिमा दुई घन्टा
घुमाएका थिए ।


थाई
पर्यटकको टोली तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका
लागि दुईवटा भारतीय मिनीबसमा भारतीय मार्ग भएर आउँदै थिए । थाइल्यान्डबाट
भ्रमणका लागि आएका नागरिक भारतीय मिनीबसबाट नेपालको कपिलवस्तुमा रहेका
बुद्धसँग सम्बन्धित तीर्थस्थलको अवलोकनका लागि आएका थिए । उनीहरू बिहीबार
कपिलवस्तुमा रहेका कुदान, गोटिहवाको अशोकस्तम्भ, सगरहवा तथा तौलिहवाको
तौैलेश्वर मन्दिर अवलोकन गरी शुक्रबार बिहान लुम्बिनी जाने कार्यक्रम तय
भएको थियो ।


शनिबार
बुद्ध मावलीस्थल रूपन्देहीको देवदह अवलोकन गरी प्युठानको स्वर्गद्वारीसम्म
जाने योजना बनाइएको थाइल्यान्ड पर्यटकले बताए । सुरक्षार्थ खटिएका
अलिगढवाका राकेश भारतीले बुद्धसँग सम्बन्धित सबै पर्यटकीय क्षेत्र नेपालमा
नभएको दाबी मात्र गरेनन् उल्टै नेपालले नक्कल गरेको आरोपसमेत लगाए । आगामी
तीन वर्षभित्र नेपालमा भएकाभन्दा आकर्षकस्थल बनाउने तयारी भारत सरकारले
गरेको उनको भनाइ थियो । यसका लागि दसवर्षे नीति ल्याएको भए पनि करिब पाँच
किलोमिटरको क्षेत्रमा भारतले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको छ
। भारतको अलिगढ राज्यमा पर्ने सो क्षेत्र कपिलवस्तु सदरमुकाम तौलिहवाबाट
नौ किलोमिटर पूर्व पकडी भन्ने ठाउँबाट १५ किलोमिटर दूरीमा रहेको छ ।
नक्कली कपिलवस्तुलाई तिलौराकोटको रूप दिन अहिले भरपुर प्रयास भइरहेको
गरेको छ ।


नेपालसित
जोडिएको सीमा-नाका अलिगढमा भारतले करिब पाँच किलोमिटरको क्षेत्रलाई
कपिलवस्तु नामकरण गरेको छ । सो ठाउँमा सन् २००१ मा भारतीय पुरातत्व
विभागले बुद्धसँग सम्बन्धित सबै पर्यटकीय क्षेत्र भारतमा नै पर्छ भनी
बोर्ड लगाएको थियो । उत्खनन्का क्रममा गौतमबुद्धको वास्तविक मावली गाउँ
देवदह, जन्मस्थान लुम्बिनी, मावली गाउँ तिलौराकोट तथा क्रीडास्थल
कपिलवस्तुका साथै राजा सुद्धोधनका पालाका माटाका भाँडालगायतका अधिकांश
वस्तुसमेत भारतले नक्कल गर्दै उतारेको छ । नक्कली कपिलवस्तुमा २९, ३० र ३१
डिसेम्बरका दिन बुद्धजयन्ती भन्दै बुद्ध महोत्सव सफल पार्न समिति बनाइएको
छ ।


भारतले
बनाएको नक्कली कपिलवस्तुबारे प्रतिक्रिया माग्दा कपिलवस्तुका प्रमुख
जिल्ला अधिकारी शम्भु घिमिरेले भारतमा आफू नगएको बताए । प्रहरी उपरीक्षक
शरद चन्दले केन्द्रबाट नै समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

http://www.nayapatrika.com/newsportal/countryside/9770.html


Read Full Discussion Thread for this article