Posted by: sumedhu December 31, 2009
नेपालमण्डलया घोषणा
Login in to Rate this Post:     0       ?        
नेपालमा जातीय विभाजनको संघियताले ल्याउने गृहयुद्ध हुनै बाँकि छ । हिजोदेखि रगतको खेल खेल्दै आएका माओवादी र , नेपाललाई सँधैको युद्धमा होम्न चाहने तत्वको योजनामा नेपाललाई जातीय युद्धमा फँसाउने नियोजित चालबाजी भैराखेको छ देशमा र यसमा पहिला बिनाश र अनि निर्माण भनेर मच्चिने दानवहरूको नै योजनाले काम गरेको छ । 

सँच्चै जातियताको कुरा गर्दा , नेपालमा शहरिया नेवार, बाहुन, ठकुरी, क्षत्री अपेक्षाकृत माथि देखिएका छन् । जनजातिको नाममा पनि सबैभन्दा फाइदा उठाएर आएको जात नेवार नै हो , उता गुरुङ , लिम्बु र राई हरू अन्य ५४ वटा जनजाति भन्दा धेरै माथि छन् । कुन जातिको वास्तविक स्तर कहाँ छ र उक्त जातिको उत्थानको लागि कुन कुरा जरूरी छ , त्यसबारेमा राज्यका अवसरमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्छ । तर राज्यसंगले भने तिनै जनजाति भित्रका ठालूहरूको एकात्मक शासनलाई नै बढावा दिने हो । एउटा उदाहरण छ  ( सत्य घटना हो , गण्डकी अञ्चलको एउटा जिल्लाबाट) :

चेतनारायण कोईरालाले राजमार्गमा चल्ने गाडिका यात्रुका लागि  डालोमा केरा बेचेर दु:ख गरेर छोरा केशवलाई पढाए । छोराले राम्रै पढ्यो र विज्ञान लिएर १२ क्लास पास गर्दा ८४ % अंक ल्यायो । ईश्वरमान श्रेष्ठ साहुको सम्पत्ति  अहिलेको नेपाली मूल्यमा अरब नाघ्यो होला । ईश्वरको छोरा कृष्णमानले केशवसंगै एउटै हायर सेकेण्डरी स्कूलमा पढेर १२ क्लासको अन्तिम परीक्षामा ६२% मात्र अंक ल्यायो । तर केशवको ८४% ले डाक्टर पढ्न पाएन र आज उसले दिउसो पार्ट टाइम माष्टरी जागिर गरेर  बिएस्सि पढ्दैछ, जबकि जनजाति कोटाबाट साहूको छोरा कृष्णमानले मणिपाल पोखरामा डाक्टरी पढिरा'छ । को दु:खि र गरीब छ र को क्षमतावान छ प्रष्ट छ , तर जातिय भागबण्डाको न्याय यस्तै छ ।

हामीलाई चाहिएको दु:खि, गरीब, र निमुखालाई अवसर र न्याय हो कि , जातियताको नाममा गरिने थोक डिलरसिप ? किन जनजातिमा पनि कोटाको अवसर साँच्चैको तल्लो वर्गलाई पुग्न दिइँदैन ? किन जातिको नाममा निश्चित जातका पीडित , गरीब र दु:खिहरूलाई टाउको उठाउन नै दिइँदैन ? 
Read Full Discussion Thread for this article