Posted by: Korean_Soju December 30, 2009
एउटा कविता: "मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु "
Login in to Rate this Post:     0       ?        
मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)

मेरो देशमा एउटा दाहाल छ
उसको एउटा हातमा मसाल छ
अर्को हात हजारौ नेपालीको रगतले लाल छ

उसको कुरा सुन्नेहो भने बबाल छ
शब्द शब्दमा धमाल छ
उसको बातमा न आउ तिमी त्यसमा ठुलो जाल छ

खोक्रो आडम्बर बिशाल छ
बौद्धिकतामा भने कंगाल छ
प्रचण्डपथमा समृद्धिको अकाल छ

उसले निमत्याउन लागेको समस्या बिकराल छ
उसको ल्याएको झोला भित्र विषालु अरिंगाल छ
आउ लैजाऊ भन्छौ हामी, खै कहाँ छ कहाँ त्यो काल छ.
Read Full Discussion Thread for this article