Posted by: countryroad December 30, 2009
विवाह एक भिन्न अनुभब
Login in to Rate this Post:     0       ?        

आज मेलिसाले फोन गरी नयाँ बर्षको शुभकामना ढिलो नै भयेपनी हाप्पी  क्रीसमस  भन्न फोन गरेकी रहिछ  थ्यांक यू भने | मनमा कुराहरु खेलछनै तर लेखने तेती बानी छैन | सन्तोषजी यो अलिकती तपाईंको कथा होला अली कती मेरो अली धेरै उन्को |


पोहर एसै समयमा बिदमा घर गयेकी थिई ,घर गयेर दिनमा एक पटक फोन गरने कसम पनि तोडीदिई | स्प्रियङ मा क्लास सुरु हुने बेलामा  फेरी सन्त्वना दिदै भनेकी थिई सम्बन्धहरु जती नजिक बनायो तोडन तेती नै गाह्रो हुन्छ चाहन्न कि तिम्रो मेरो यो सम्बन्ध ले कुनै दिन


तिमीलाई पिडा नदिहोस् |तर ति पिडाका यदहरु सम्झदा पिडा हुन्छ नै तर पनि समय ले रोपेका पिडाहरु समयेलै नै मेटाउदो रहिछ ,उनका मेरा बिगतका पलहरु  समय सगै इतिहास  हुँदैछन |


 


जिन्दगी हिडदै जादा कती पल्ट दोबाटो आहुँदा अल्मल्लिहेको छु अनजानमा तेतिकै हिडिरहेको छु ,कती पल्ट लाग्थ्यो अब अगाडि जाने बाटाहरुनै  छईनन तर पनि कुनै  नी कुनै बाटो भेटेको नै छु | खुशीकोलागी उनीसग बिताएका ससाना पलहरुनै काफी छन ,तर ईतिहस सम्झेर पनि


के फाईदा |मेरो जिन्दगी आहिले एक सुरुग जस्तो मात्र , अगाडी पुरै अन्धकर पछाडि तितो इतिहास | कतै  पढेको थिए मान्छे सधै बाचने प्रयासमा हुन्छ तर पनि बाच्न्न सकिरकेको हुदैन ,शायद नै तेस्मा पहिलो मा आहुछु जस्तो लाग्छ |


 


 शैली फरक बनाउने प्रयास गर्छु ,प्रयास मात्र हो जिन्दगीका सबै प्रयास मा सफलता मिलेको भये जिन्दगी लाईफ हुन्थ्यो होला किन कि एक जना भाई ले भनेको याद आयो दाई , जिन्दगी अली बडी दुखी हुन्छ लाईफ अली बडी खुशी | नत्र मेरो जिन्दगी पनि लाईफ हुन्थ्यो होला |


जती सेमेस्टरको अन्तिम तिर को प्रेसर थियो त्यो भन्दा बडी समरमा कहाँ जाने ,कोही सिकागो,कोही ओसन सिटी चाँही बोस्टन जाने पक्का थियो |कतीपय रगतले बनाएका नाता भन्दा समबन्द ले नजीक बनएको दाई हुनुहुन्थ्यो ,जस्ले गरदा काम खोज्ने बस्ने को प्रब्लेम


थिएन | जस्लाई सम्झ्दा अब एस्तो काम कहिलै गर्दिन भन्दै जम्मा गरेका रुपैयाँहरु भबिस्य बनाउने बलिया ईटाहरु साबित भये |बोस्टन जान को लागि रेलको टिकेट दुई हप्ता अगाडि नै बूकिङ भईसकेको थियो, डिसकाउन्टको लागि जुन मेरो लागि थोरै भयेपनी राहत मिल्थ्यो |


 


धोती भये पनि दाई को कामको चिन्जान ले गर्दा काम गर्नमा तेती प्रेसरत भएन तर धोतीकै पाटनरको रुखो ब्यबहरले आँखामा आसु आएको थियो ,बिचार गरे आज नै काम को अन्तिम दिन हुनेछ तर मर्ता क्या नही कर्ता भनु या मझबुरी का दुस्ररा नाम महत्मा गानधी भने झै भयो |


जिन्दगीमा कती कुरा चाहेर गर्न सकिदैन कती कुरा नचाएर गर्नु पर्छ भनथ्ये तेही कुरा साचो भयो ,परिस्थितिको को सामु लाचर भएर आत्मसमर्पन गर्नु भन्दा संघर्स  गर्न  ठीक भन्दै काम


गरे पछी समर सकिए पछी साथीहरु सग भेटदा थाहा भयो सबैले यात्रा गरेका डुंगा हरु


उस्तई थिए |


 


काममा बिस्तारै बानी परेपनी सुन्त्ने ठाउँ साह्रै अप्ठेरो | बोस्टन को समर को गर्मी दुईसय बर्ष भन्दा पुरानो हुनुपर्छ घर चारतला मा एसी फ्यान एक रूममा चार जना ईण्डियन ,एक जना रती दुई बजे रक्सी खादै ईण्डियमा श्वासनी सग फोन झगडा गर्थ्यो अर्को एसरी घुरथ्यो कि प्रतेक आधी घअनटा मा फरक ,कहिले सिह गर्जेको जस्तो कहिले भखरैइ ल्यान्ड गर्न लगेको प्लेन जस्तो तर आखिर रात गएर बिहान आयो नै |   


 


 


पछी दाई को सुचना को आधारमा अर्को ठाउमा कोठा फेला पर्यो दाई भन्दई हुनुहुनथ्यो नेपाली नै बसछनरे आडमा पैसा पनि उस्तई हो ,किचन पनि ठिकै किन दुख सग बस् बस्ने त |,कुरा ठिकैको एकलै  पनि बस्न पाहुने उही पैसामा ,अन्जु को बिबाह पछी मलाई प्राय एकान्त नै मन पर्थ्यो |


 


शुभकममा किन ढिला भने झै तेही दिन बेलुका ट्याक्सी लिएर नयाँ अपारमेन्ट तिर लागे ,टक्सी रहर नभएर बाध्यता थियो किनकी नयाँ ठाउ पब्लिक त्रन्स्पोर्ट को पाएकमा थिएन अनी जिन्दगीमा दुई रुपया बाचाउन बिस रुपया को दुख भोगेको छु  धेरैपल्ट  |


|नयाँ ठाउँ रातभरी निन्द्रा लागेन बिहान पखमात्र एसो एक निमेस आँखा झकाये होलन | यथार्थ जती तितो भयेपनी आखिर भोगनै पर्ने हुदो रहिछ |हिंड्न नचहिदा हिंड्न पर्ने वाध्यता जस्तई लेखन नचायेका कुराहरु मनमा उकुसमुकुस भयेपछी  कतै नै कतै पोखिदा रहिछन ,तेती मात्र हो |


 


फेरी पनि बिषय बदलने प्रयास मा छु | महाराजगज को यमबीबीयस र पुल्चोकको ईन्जिनियरिङ पछी मधय्म बर्गिय ग्र्याजुएट नयाँ पुस्ताको भबिस्य सेकसन अफिसर को जागिर थियो ,हो तेही जागिरमा नाम निकल्न पुरै दुई बर्ष बिताएको थिए | साथै दैनिक मजदुरी जस्तो लाग्ने उच माबी पढाउने शिक्षकको लागि सुनिस्चित भबिस्य थियो अमेरिका | सेकसन अफिसर मा नाम निकालनु अनी केही केही बर्षमा नै


अमेरिका आहुनु नत मेरा लागि रहर थिए न त बाध्यता , अफिसर को जागिर आफुलाई बिजी बनाउने एक माध्यम अनी देशको निती नियम को बारेमा जान्ने सामान्य रहर थियो नक्सा हेर्दा आफ्नो देस र उनी बसेको ठाउँ अनी बार बार नचाहादा नचाहदै भटीरहिने उही चेहेरा   र पेरिबेश भन्दा पर खोज्दैइ जादा भेटे अमेरिका | आफ्नो मेहेनेत वा भनु भगवान को चाहना अमेरिका आउन  चाहेको आठ महिनमा नै अमेरिका आए |त्रिभुवन बिमानस्थलमा जहाज चडनु अगाडि परसम्म शहर लाई हेरे ,


 


अनायसै मनमा प्रदीपराज पाण्डेले गाएको गीत याद आयो


म तिम्रो शहर छोडि टाढा जादै छु ,तिमी सग कहिलै नभेटने कसम खादै छु


 


तर जिन्दगी सोचेको जस्तो कहाँ हुदो रई छ र |


 


पहिलो पहिलो प्रयास भुलचुक भये मिलाएर पढीदिनु हुनेछ भन्ने आशामा


क्रमस:

Read Full Discussion Thread for this article