Posted by: Eagle5 December 24, 2009
Girija Prasad deserves Nobel Peace Prize
Login in to Rate this Post:     0       ?        
Here is another contender from Nepal. रामबहादुर बम्जन
http://www.ekantipur.com/np/news/news-detail.php?news_id=304048

युवतीसँगै भेटिए तपस्वी








बारा,
२०६६ पुस ९ - बुद्धको मार्ग अपनाएका भनिएका तपस्वी रामबहादुर बम्जन आइतबार
राति एक युवतीसँग अंगमाल गरेर घुम्दै गरेको अवस्थामा राजमार्गमा भेटिएका
छन् ।


बरियारपुरमा हालै सम्पन्न विश्व प्रसिद्ध गढीमाई मेलामा चढ्ने बली रोकी
दिन्छु भनी विभिन्न संचार माध्ययमा चर्चा पाएका बम्जनलाई इलाका प्रहरी
कार्यालय निजगढका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको रात्री गस्ती टोलीले
पुस ५ गते राती साढे नौं बजे पथलैया निजगढ सडक खण्ड अन्तर्गत पर्ने आरसीसी
पुल नजिक नाम, वतन नखुलेकी एक युवतीसँग अंगमाल गरेर हिडदै गरेको अवस्थामा
भेटेको थियो ।


'बन्दको समयमा राति राजमार्गमा शंकास्पद रुपमा हिडिरहेको देखेर म प्रहरी
भ्यान रोकेर उनीहरु नजिक पुगेपछि बम्जन युवतीको पछाडी भयो,' प्रहरी
निरीक्षक रवि रावलले कान्तिपुरलाई भने । सोधखोज गर्दा बम्जनले आफू तपस्वी
भएको बताएको रावलले सुनाए ।


बम्जनसँगै भेटिएकी युवतीले भने आफू गाडी नचलेका कारण पैदल मात्र हिडेको
बताइन् । अहिले तपस्वी बम्जन हल्खोरियास्थित आफ्नो तपस्यास्थलमा रहेको
जानकारी पनि रावलले दिए ।


गढीमाईमा बर्षौदेखि चल्दै आएको बली रोक्ने उदघोष गरेका उनी मेलाको तीन दिन अघि नै बेपत्ता थिए ।

Last edited: 24-Dec-09 08:08 AM
Read Full Discussion Thread for this article