Posted by: damikattu December 23, 2009
Prachanda को बोलि र छेपारो को रङ् उस्तैउस्तै भो ( Video ) ek raatmai boli change ) ( 2009-12-23 )
Login in to Rate this Post:     0       ?        














Prachanda को बोलि र छेपारो को रङ् उस्तैउस्तै भो ( Video , ek raatmai boli change  )


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतसँग 
वार्ता गर्ने भन्ने भनाइ प्रति माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले
सरकारमा रहेका दलहरु विदेशीको निर्देशनमा चलेको भन्ने व्यङग्यात्मक
टिप्पणी मात्रै भएको बताउनुभएको छ। सिंहदरबारमा एक कार्यक्रमपछि उपाध्यक्ष
श्रेष्ठले नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको निन्दा गर्ने
बताउनुभयो। 
उहाँले विदेशी हस्तक्षेपका विरुद्ध सम्पूर्ण देशभक्त र
गणतन्त्रवादीहरुलाई गोलबद्ध गरेर अगाडि बढ्ने बताउनुभयो। उपाध्यक्ष
श्रेष्ठ विदेशीको निर्देशन र योजनामा नै राष्ट्रपतिले असंवैधानिक कदम
चालेको दावी समेत गर्नुभयो। उहाँले विदेशी शक्तिहरुले नै नागरिक
सर्वोच्चताको बहाली र दलहरुबीच सहमति हुन नदिन खेल खेलिरहेको आरोप
लगाउनुभयो।।

Read Full Discussion Thread for this article