Posted by: Birkhe_Maila December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

त्यो सुरुवाल पक्कै धोबिनीले फुकालिदिएकि रहिछे। कुरो यस्तो परेछ


हिजो बेलुकिखेर पुन्टे बुडा पुन्टेनी बुडिसित ठाकठुक परेपछि, धोबिनिको भट्टितिर लाएछन। बुडा भट्टितिर छिर्दै गरेको भट्टिबाट निसकँदै गरेको भउतेले देख्या रेछ। अनि बुढा बेलुका ६ बजे देखि रउसि खान थालेछन। १० बज्दा नबज्दै बुडाले त एक जर्किन खोयाबिर्के र एउटा ५ किलोको भाले चिरिप्पै पारेर सकेछन्। १० बजेसि, लु घर जानु परो भनेर बुडा जुरुक्क उठ्या मात्रै के थे, भुक्लुक्क ढलेछन्। धोबिनीको सात्तो गएछ। "बुडो मरो कि के हो लौ बित्याँस पर्ने भो" भन्दै धोबिनिले यसो हेरेकि त सास चल्दै रेछ, त्याँसि छामछाम छुमछुम पार्दा त, बुडाको सुरुवाल छपक्कै भ'र भिज्या रेछ, बुडाको ज्यान चर्पि जस्तै गनाइराको रे। ढल्नि बेलाँ मात्र हैन बुढाले कतिबेला देखि पटक पटक सुसु गर्न भ्याईसक्या रेछन्। त्याँसि बेहोश बुढाको सुरुवाल खोलेर अँगेना माथि सुकाइद्या रेछे धोबिनीले। अब हेरि यस्ता कुरा त्यसै त के थाहा हुन्थ्यो र, हाम्रो पर्वते राति लुकेर लुसुक्क जुरेलीलाई भेट्न गा बेलाँ गाईँ गुईँ सुनेर भित्र हेर्दा यस्तो स्थिती देख्या कुरो पर्वते आफैँले भनेको।

Read Full Discussion Thread for this article