Posted by: khoikkhoik December 22, 2009
नागरिक सर्बोचता ??????
Login in to Rate this Post:     0       ?        

बन्दले तरकारी कुहिए, दूध पोखिए


बनेपा -काभ्रे, २०६६ पुस ६ - माओवादीले आइतबारबाट आह्वान गरेको देशव्यापी आमहतालमा यहाँका किसान बढी प्रभावित बनेका छन् । लगातारको बन्दले गर्दा उत्पादन गरिएका तरकारी र दूध बेच्न नपाएपछि किसान समस्यामा परेका हुन् ।

बन्दले यातायात सञ्चालन हुन नसकेपछि तीन दिनदेखि यहााँको पाँचखाल, ढुंखर्क, नाला, साँगा, कुशादेवी, याले, पनौतीलगायतका क्षेत्रबाट उत्पादित लाखौं रुपैयाँको तरकारी बाहिर लान नपाएर कुहिएको छ । किसानले लाखौं लिटर दूध सडकमा पोखेका छन् ।

काभ्रेबाट दैनिक २५ टन तरकारी र १ लाख ६० हजार लिटर दूध राजधानी भित्रिने गरेको छ । 'बन्दले गर्दा यातायात सञ्चालन हुन नसकेर लाखौंको तरकारी कुहिएको छ,' किसान कृष्णराम सापकोटाले कान्तिपुरसँग भने, 'ऋण लिएर तरकारी खेती गरेको थिएँ ।' उत्पादित तरकारी बेच्न नपाई कुहिएकाले ऋण कसरी तिर्ने भन्ने चिन्ता पर्न थालेको उनले बताए । 'सबैले आआपmनो स्वार्थका लागि बन्द गरेका छन्,' उनले भने, 'सबैखाले बन्दबाट हामी किसान प्रत्यक्ष मारमा परेका छौं ।' बन्दले गर्दा तरकारी खेतीमा गरिएको लाखौं लगानी डुब्ने चिन्ताले किसानहरूलाई दिनरात सताउने गरेको उनीहरूको भनाइ छ । बन्दको बेलामा निर्बाध रूपमा किसानका उत्पादित वस्तु बजारमा लगेर बेच्न पाउनुपर्ने उनीहरूको माग छ ।

बन्दले यहाँका किसानले लाखौं लिटर दूध सडकमा पोखेका छन् । 'दैनिक २० लिटर दूध बेच्दै आएको थिएँ,' किसान भरत तिमल्सिनाले कान्तिपुरसँग भने, 'घरमा दूधको उपयोग त्यति हुँदैन । हिजैको दूध घरमा टन्न छ ।' बन्दको विरोध गर्दै सडकमा दूध पोखेको उनले बताए । 'सहकारीबाट ९० हजार ऋण लिएर भैंसी किनेको छु,' उनले भने, 'दुई दिनदेखि दूध बेच्न पाइएन । अब कसरी किस्ता तिर्ने होला ?' नागरिक सर्वोच्चताका लागि आन्दोलन गरेका भन्नेहरूले नागरिकलाई नै दुःख दिने काम गरेको उनले बताए ।
Last edited: 22-Dec-09 01:54 AM
Read Full Discussion Thread for this article