Posted by: Geology Tiger December 20, 2009
अमेरिकामा नेपालीहरुबाटै नेपालीहरुको शोषण!
Login in to Rate this Post:     1       ?         Liked by
हाल अमेरिकामा रहेका नेपालीहरु बिभिन्न बर्गका छन्, शायद धेरै त विद्यार्थी नै होलान्, जसमध्ये पनि अधिकांशले त आफ्नै खर्चमा पढ्छन् र केही भने assistantship पाएर पढ्दै छन्। assistantship मा पढ्नेहरुलाई त खासै समस्या नहोला तर जो विद्यार्थीहरु आँफै खर्च जुटाएर पढि रहेका छन् तिनिहरुको जिबन प्राय: कस्टप्रद नै छ। नेपालबाट घरपरिवारले पैसा पठाउन सक्ने स्थिती प्राय:को हुँदैन अनी कानूनीरुपमा काम गर्ने अधिकार पनि उनिहरुसँग हुँदैन। त्यसपछिको एउटै मात्र उपाय भनेको गैरअमेरिकी ब्यबसायीहरुकोमा काम गर्न जानु अथवा घण्टा हान्न जानु। यस्ता घण्टा हान्न जाने ठाँउको साहुजिहरुमध्ये धेरै जसो भारतीयहरुनै हुन्छन्। तर अमेरिकामा केही नेपालीहरु पनि यस्ता छन् जस्ले gas store, restaurant, gift shop र grocery जस्ता ब्यबसायहरु चलाएर बसेका छन् र दुई चार जना नेपालीलाई काम दिने हैसियत राख्दछन्। काम खोज्दै भौतारीरहेका नेपाली विद्यार्थीलाई यस्ता नेपाली ब्यबसायी मिल्दा ढुङ्गा खोज्दा देउता मिले जस्तै अनुभव हुन्छ। आफ्नो नेपाली दाजुभाइ वा दिदीबहिनी भनेर एक किसिमको बनबटी माया देखाँउदै यि नेपाली ब्यबसायिहरुले काम त दिन्छन्, तर ती विद्यार्थीहरुको बाध्यताको फाईदा उठाउदै साह्रै कम पारीश्रमिक दिन्छन्, उनिहरुले दिएको पारीश्रमिक बजारमा चलनचल्तिको पारीश्रमिक भन्दा आधा मात्र हुन्छ, अझ कतिले त घण्टाको होइन महिनाको हिसाबले पैसा दिने भन्छन् अनी टन्न काम दलाउछन्। यस्तो महिनबारी तलब दिनेहरुले बिदा पनि राम्रोसँग दिदैनन्, तर पनि ती नेपाली विद्यार्थीहरु बिबस भएर काम गर्न वाध्य छन्। यो नेपालीहरु माथि नेपालीहरुकै शोषण किन? के यही हो नेपाली नेपाली बिचको आत्मियता? कती धेरै पैसा कमाउनु छ यि हाम्रा नेपाली ब्यबसायीहरुलाई? के यि ब्यबसायीहरुले आफ्नो सँघर्शका दिनहरु बिर्सें? बरु यि नेपाली ब्यबसायीहरुको तुलनामा हामीले तथानाम 'धोती' भनेर गाली गर्ने गरेका भारतीयहरुले राम्रो पारीश्रमिक दिन्छन्।
आज सिङो नेपाल जातियताको द्वन्दमा फसेको छ। हरेक जातजाती आ-आफ्नो राज्य बनाउनमा जुटेका देखिएका छन्। तर बिदेशमा बसेका हामी सम्पूर्ण नेपाली जसरी एक अर्कोलाई भेट्दा खुशी हुन्छौ, नेपालीहरुको हकहितको लागि जसरी सँगसंस्था बनाएर सभा सम्मेलन गर्छौ, त्यही किसिमको माया सद्भाब हाम्रा नेपाली ब्यबसायिहरुले पनि नेपाली विद्यार्थीहरुमाथी देखाँउन सके कती राम्रो हुन्थ्यो। ल ठीक छ तपाईंहरु नेपालीपनको भाबनालाई भन्दा आफ्नो ब्यबसायिकतालाई बढी प्राथमिकता दिनुस् तर कम से काम यिनिहरुको शोषण त नगर्नुस्!
Read Full Discussion Thread for this article