Posted by: Narayangarh suburb December 18, 2009
चट्टानको कथा
Login in to Rate this Post:     0       ?        

पृथक अनि अब्यक्त उसको कथा

कसरी भनोस उ जिन्दगीको ब्यथा

 

रंगमंचमा नाटक धेरै, पात्र हजारौ

ताली र गाली

सबैले सुनाए,

जब उसको पालो आयो

आश्चर्य चकित जन-मन

चट्टान को यो कस्तो ब्यथा?

 

एकै स्वासमा बोल्नु छ

सबै कुरा खोल्नु छ

हिजोको कथा, भोली को कथा

जिन्दगीको ब्यथा

कसैलाई पेलेको हैन, आफैले झेलेको

अरुमाथि खसेको हैन, आफ्नै मनमा धस्सेको

पृथक अनि अब्यक्त, चट्टानको कथा

 

हुरी संग झुद्धाको, बर्सातमाँ रुझ्दाको

खहरेमा सुक्दाको, सूर्यको तापले फुट्दाको

हेपिएको कथा, जता-ततै बाट चेपिएको कथा

 

आज उ संग सान छैन, तर अपमान पनि हैन

एउटा फरक कथा,

हिजो कसैको ओत थियो, आज सबैलाई बोझ भयो

उ एउटा अडिग सोच थियो, पश्चताप गरेरै नसकिने अपसोच भयो

बिम्ब-प्रतिबिम्ब  हरुमा, हजारौ उसका रूपहरुमा

एकमात्र सपना थियो

 

यो उसको सपना चुडिएको कथा

मन कुडिएको कथा

हजारौ कथा हरुमा

कतई नबिकेको उसको कथा

पृथक अनि अब्यक्त,

चट्टानको कथा !!!
Read Full Discussion Thread for this article