Posted by: Birkhe_Maila December 16, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

३०० पोस्टो पुग्दैछ त्यो भन्दा पहिला आदरणिय चौतारी जनसमूदाय, हामिले यो घडिमा केहि कुराको निर्णय गर्नु नै पर्ने हुन्छ। सबैलाई सर्वविदितै छ कि यो चौतारीमा सुश्री खुसिमाया खरेल सर्वप्रथम भएकि थिइन। आज तपाईँहरुसामु हामि यो आग्रह गर्न चाहन्छौँ कि, आफैँले चौतारी बनाएर केवल र केवल आफैँ बसेर बिक्षिप्तताको हदसम्म आफ्नै पोस्टो मात्र राखेको अवश्थाको चौतारीमा गएपछि, लहरेलाई नै बोरफस भन्न न त मेरो आत्माले दिन्छ, न त खुसि नानीको आत्माले दिन्छ, न त तपाईँहरु कसैको आत्माले दिन्छ। तसर्थ, हामि सबै मिलेर यो निर्णय गरौँ कि ३०० पोस्टो पछि अर्को चौतारी छिर्दा पनि, हाम्रै अत्यन्त मृदुभाषि, सुन्दरी,सुशिल,मृगनयनी,ममतामयी,प्रेममयी,सुरसुधामयी,अल्हडा,चंचल तथा निर्दोश नानी, सुश्री खुसिमाया खरेललाई नै आगामी चौतारीमा बोरफस घोषणा गरौँ, र बहिष्कारीलाई बहिष्कारको नमिठो प्रहार गरौ!


चौतारी एकता, जिन्दावाद्!


जय चौतारी

Read Full Discussion Thread for this article