Posted by: Birkhe_Maila December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

जदौ!


चुप् लाग नालायक निशे! फि तिर्छु रे! यो बज्जे भर्खर हिजो झ्यालखानाबाट छुटेर आ'को हो गाम्ले हो। बजियाले बौलाई बस्न खान द्या छैन। घरमा जे भेट्छ तेई बेचेर यामानका जगल्टा पाल्ने, कुन्डलेहरुसिर माथि भेटेटारमा ग'र नानाभाँति खान्छ, एस्ताले पड्छ कई? अस्ति भर्खर बाउले भित्रर्या दुई भकारि बाली, झ्यालाखनाटि आम्ने बित्तिकै बेचेर हिन्या एता अन्मरिया रेछ। कुन दिन कसको टाउको फोर्छ र फेरि जाकिन्छ बज्जे खोरमा। म हजुरबाऊ पर्छु यो मोरोको मेरो त टाउको फोर्न बेर लाउँदैन असत्तिले! अस्ति सम्धीज्यूलाई मिठो बोलेर फकाई फुलाई पारेर तमाखु भनेर नानाथरी खान देछ बज्जेले, बरा सम्धिनीज्यूले बोला'र हेर्न गा' त सम्धिज्यूले 'नारायन' नै भन्ने बेला भओ भन्ठान्या धन्न पछि बउरे र मात्तै हो! बउरिसकेसि नि कि हाँस्या हँस्यै अर्छन, कि रोरोएइ अर्छन। कईले " आयो आयो आयो!" भनेर चिच्याम्छन त कइले " समात्यो समात्यो समात्यो....बटार्यो बटार्यो बटार्यो " भनेर कराम्छन। केले समात्या के ले बटार्या पत्तो छईन। तल घट्टका साईँला काकाले धतुरो खा' बेला जस्तो भा थे बिचरा सम्धी।


धेर नकरा निशे, फेरि पुलिस बोलाईदिन्छु।

Read Full Discussion Thread for this article