Posted by: chhimobu December 10, 2009
What did Mr. Mishra said?
Login in to Rate this Post:     0       ?        

If you're a regular reader of Kantipuronline news, there is a section called "chautari". I found two people named Gagan Thapa and Karna Shakya is reacting to Mr. Mishra as follows:


By Gagan Thapa


२०६६ मंसिर २५ - आदरणीय रवीन्द्र मिश्रज्यू 

मंसिर २३ गते कान्तिपुरमा प्रकाशित तपाईंको लेख पढेपछि तपाईं र आम पाठकमा समेत थप भ्रम नपरोस् भन्नका खातिर यो प्रतिक्रिया लेख्न आवश्यक ठानेको छु । मेरो राजनीतिक तथा सामाजिक यात्रामा कुनै गल्ती नहोस् भनेर सचेत गराउन तपाईंले लेखमार्फत गर्नुभएको खवरदारीलाई मैले मप्रतिको सद्भाव र विश्वासकै रूपमा लिएको छु र त्यसका निम्ति तपाईंलाई धन्यबाद । 

तपाईंको स्तम्भको म नियमित पाठक हुँ र यहाँहरूले प्रारम्भ गर्नुभएको हेल्प नेपालको 'नेपालका लागि नेपालीले गरौं' भन्ने अभियानको शुभचिन्तक र प्रशंसक पनि हुँ । जीवनका विभिन्न मोडमा भेटिएका यस्तै निःस्वार्थ व्यक्ति र संस्थाहरूले नै मेरो सामाजिक जीवनमा उत्साह र प्रेरणा प्रदान गर्दै आएका छन् । तपाईं र कर्ण श्ााक्य दुवै मेरा निम्ति प्रेरणाका स्रोत हुनुहुन्छ । यस्तै अभियानको प्रेरणा र रुम टु रिडका जोन उडको पुस्तक पढेपछि म लगायत केही युवाहरूले पढ्नबाट बञ्चित भएकाहरूलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने मनसायले 'नेपाल एडुकेसन फस्ट' अभियान सुरु गर्ने निधो गरेका हौं । यसै अन्तर्गत अहिले हामी चितवनको माडीमा विद्यालय बनाउँदै छौं । यो अभियान कुनै गैरसरकारी संस्था वा दातृ निकायसँग जोडिएको छैन । न यसमा एक रुपैयाँ पनि सरकारी-प्रशासनिक खर्च नै विनियोजित छ । यो तपाईंहरू जस्तै धेरैबाट सिकेको हो र यो नाम वा यसको कामको प्रकृति कसैसँग मिल्न गएमा अहिले नै क्षमा माग्न चाहन्छु ।

जहाँसम्म 'भाइबहिनी' अभियानसँग जोडेर लेखमा मलाई बौद्धिक बेइमानको रूपमा हेर्नु भएको छ । यसबारेमा केही प्रष्ट पार्न चाहन्छु । भाइबहिनी अभियानलाई मैले कहिल्यै पनि आपmनो मौलिक अभियानको रूपमा व्याख्या गर्ने धृष्टता गरेको छैन । यही नाममा हेल्प नेपालले जस्तै अनेकौं व्यक्ति र संस्थाले अभियान थालेको मलाई थाहा छ । बूढानीलकण्ठका पूर्व विद्यार्थीहरू धेरै पहिलेदेखि भाइबहिनी बनाएर यस्तै अभियानमा क्रियाशील छन् भने अमेरिकामा बसोबास गरेका हरिमान श्रेष्ठले एक दशक अघिदेखि प्रत्येक वर्ष एक जनालाई भाइबहिनी अभियानकै नाममा पढाउने गरेका छन् र चार वर्षदेखि हेल्प नेपालले चलाएको यो अभियान यसैका केही उदाहरणहरू हुन् । मैले जानकारी नपाएका अरू पनि कयौं होलान् । प्रचार नगरिकन गर्नेहरू पनि धेरै होलान् । तपाईं र मेरो कलम र दृष्टि नपुगेका धेरै ठाउँहरू होलान् । र मैले सुरु गरेपछि मेरो नाम नलिइकन गर्नेहरू पनि प्रशस्तै होलान् । अब तपाईंको व्याख्यामा सम्भवत तिनीहरू पनि बौद्धिक बेइमान वा चोर ठहरिएलान् । 

म नेपाललाई सुन्दर र समृद्ध बनाउन सकिन्छ र त्यो नेपालीबाट सम्भव छ भनेर राजनीतिमा संघर्ष गरिरहेको एउटा युवा, कम्तीमा अरू मौका पाएका नेपालीले मौका नपाएका नेपालीलाई सहयोग गरौं भनेर आह्वान गर्नुपूर्व आफैंबाट थालनी गरेमा मात्रै ममा त्यो नैतिक धरातल रहन्छ भन्ने लागेर नै यो अभियान थालेको हुँ । यसै क्रममा एउटा अपांगता भएका बाबुकी छोरीलाई आफू अभिभावक भएर पढाउन सुरु गरेको छु । मैले यो मेरो अभियान हो भन्नुको र यसको प्रचार गर्न चाहनुको एउटा घ्येय मजस्तै अन्य युवाहरूले पनि यस्तो थालनी गरून् र त्यो एक जना व्यक्तिबाट पनि सम्भव छ भन्ने ज्ञान सबैमा हुनसकोस् भन्ने पनि हो । जसरी तपाईंहरूलगायत धेरैले थालेका कामका कारण मलाई प्रेरणा भयो त्यसैगरी मेरो यो थालनीले अरूहरूलाई पनि थप उत्साह मिलोस भन्ने चाहना हो । सबै नेपालीले बुझ्ने, सजिलो र धेरैले प्रयोग गरेको शब्दावली भएकाले सजिलोकै लागि मैले 'भाइबहिनी' अभियान भनेको हुँ । यसमा मेरो कुनै स्वार्थ छैन । असल नियतले सुरुवात गरेको यो असल काम नै हो भन्ने लाग्छ । तर यसमा हेल्प नेपालको दाबी रहेपछि म त्यो नाम छाडेको जानकारी गराउँछु, तपाईंको नाम तपाईंसँगै रहोस् । यद्यपि भाइबहिनीहरू पढाउने र त्यस्तो कार्यका लागि अरूहरूलाई आग्रह र प्रोत्साहन गर्ने मेरो अभियान भने थप उत्साहकासाथ निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्दछु । 

निश्चय पनि एउटा स्वच्छ छवि भएको स्थापित सञ्चारकर्मी र समाजसेवीले एउटा राजनीतिकर्मीलाई 'बौद्धिक चोर' भनेपश्चात् जनमत र पाठक तपाईंकै पक्षमा उभिनेमा कुनै शंका छैन । त्यसमा पनि अहिलेको दुर्गन्धित र निराशाजनक राजनीतिक वातावरणमा समग्र राजनीतिककर्मीप्रतिको आमधारणा पनि यस्तै छ । तर पनि मलाई राम्रो कुरा सिक्नका लागि कुनै संकोच छैन र यसलाई चोरी नै भन्नुहुन्छ भने पनि कुनै गुनासो छैन । कल्याणकारी कार्यले मलाई आत्म सन्तोष दिलाउँछ । समाजमा भएको नकारात्मक चिन्तनलाई सकारात्मकतर्फ रूपान्तरण गर्ने प्रयास अनुरूप मैले यस किसिमका कार्यहरूमा थप निरन्तरता दिनेछु । मेरो विचारमा यस्ता कार्य जसले गरे पनि जुन नाममा गरे पनि हुन्छ र यस्ता नाम वा काममा कुनै व्यक्ति वा संस्थाको ठेक्का रहन्छ र हुनुपर्छ भन्ने मलाई लाग्दैन किनकी यस्ता कार्य सबैका हितका निम्ति गरिएका हुन्छन् । यस्तो कार्य गर्दा तपाईंले भने झैं यो काम -अ) बौद्धिक

बेइमानी हुन्छ वा तपाईंको टिप्पणी '-अ) बौद्धिक टिप्पणी' हुन्छ यो छुट्याउने जिम्मा फेरि पनि पाठकहरूमा नै छ ।


By Karna Shakya:


२०६६ मंसिर २४ - रविन्द्र मिश्रज्यू, आजकाल म तर्क-वितर्क र वादविवाद गरेर समय खर्च गर्दिन । तर तपाईंजस्तो मेरो हितैषी मित्रले मेरोबारे केही टिकाटिप्पणी गर्नुभएको हुँदा मैले यो पत्र लेख्दैछु । हामी सबैलाई आफूले गरेको काम र योगदानबारे चर्चा गर्न मन लाग्छ, जुन अस्वाभाविक होइन । तर च्याउजस्तो उमि्ररहेको नेपालको समाजसेवाको भीडमा आफ्नो कामलाई प्रदर्शन गर्न अर्काको काँधमा टेकेर वा चढेर गर्नु पर्दैन । यो बौद्धिक बेइमानीमात्र होइन, नैतिक बेइमानी पनि हो ।साँच्चै भन्नुपर्दा तपाईंले मलाई दिनुभएको टिप्पणीभन्दा गगन थापालाई लक्ष्यित गरी लेखेको प्रतिक्रिया मलाई पटक्कै मनपरेन । किनभने नेपालमा हिजोआज सकारात्मक राजनीतिको दिवालीयापन भइरहेको छ । यस्तो अवस्थामा शौभाग्यवश गगन थापाजस्ता एउटा सक्षम युवानेता देखापरेका छन् । तपाईंजस्तो विवेकशील चिन्तकले त त्यस्ता राष्ट्रियस्तरका नेतालाई प्रोत्साहन पो गर्नुपर्ने । उनले मेरो भावना चोर्‍यो भनेर लाञ्छना लगाउनु के ठीक कुरा हो ?


देश विकास गर्ने हो भने भाषण, लेखन र केही सामाजिक क्रियाकलापले मात्र पुग्दैन, 'स्टेट्सम्यान'हरू आवश्यक पर्छ । गगन थापा एउटा स्टेट्सम्यानको रूपमा स्थापित हुनसक्ने सक्षम युवानेता हुन् । त्यस्त्ाा व्यक्तिहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । जहाँसम्म उनले तपाईंको विचार चोरे भन्ने कुरा छ, त्यसमा मेरो आपत्ति छ । हुन त उनले तपाईंको विचार लिए-लिएनन्, मलाई थाहा छैन, तर लिइहालेको भए पनि तपाईंजस्तो स्वच्छ, पवित्र समाजसेवी हुन चाहनेले यस्ता कुरा उठाउन मिल्दैन । एउटा समाजसेवी त आफ्नो भावना अरूले साट्यो भन्ो खुसी पो हुन्छ त । यदि तपाईंले गगन थापाजस्त्ाा प्रतिष्ठित व्यक्तिको काँधमा टेकेर आफ्नो कार्यक्रमको प्रचार गर्न खोज्नुभएको हो भने यो धेरै दुःखद कुरा हो ।


ज्ाहाँसम्म्ा 'पावर अफ पोजिटिभ थिन्किङ'को कुरा छ, मैले थुप्रै त्यस्त्ाा व्यक्तित्व विकासका किताब देखेको छु । तर इमानदारीका साथ भन्नुपर्दा मैले ती किताबहरू प्ाढेको छैन । मलाई किताब पढ्न असाध्यै अल्छी लाग्छ र किताब पढ्ने धैर्य पनि ममा छैन । सायद त्यसैले होला, म सधैं स्कुल र कलेजको परीक्षामा तृतीय श्रेणीमा मात्र उर्त्तीण हुन्थेँ ।

'सोच' र 'खोज' म्ोरो आत्मकथामा आधारित किताबहरू हुन् । आफूलेे भोगेका घटना र साँचेका अनुभवलाई मैले पाठकसम्ाक्ष पस्केको हुँ । स्मरण रहोस्, मेरो किताबहरू त्यस्ता व्यक्तित्व विकासका प्रवचनात्मक दार्शनिक पुस्तक होइनन् । मेरा किताबहरू त खालि आममानिसले पढ्ने साधारण स्तरका पुस्तकमात्र हुन् । म तपाईंजस्तो ठूलो लेखक पनि होइन । त्यसैले मेरो किताबमा थुप्रै कमी-कमजोरी होलान् । र मैले आफूलाई कहिल्यै लेखक र चिन्तकको रूपमा सोचेको पनि छैन ।

म तपाईंजस्तो महान समाजसेवी पनि होइन । मैले केही सामाजिक काम गरेर आफूलाई आदर्शवान, नैतिकवान र निःस्वार्थ मान्छे भन्ठानेको छैन । म एउटा आममान्छे हो । आममान्छे जस्तै म पनि स्वार्थी छु । तर म आफ्नो स्वार्थपूर्ति गर्न अरूलाई हानि पुर्‍याउँदिन । तर मलाई गर्व छ, अहिलेसम्म मैले जिन्दगीमा कहिल्यै पनि कसैको काँधमा टेकेर वा चढेर माथि उक्लने प्रयास गरेको छैन ।

ज्ाुनबेला तपाईंका बारेमा दरबारसित मुछेर थुप्रै लेखहरू छापिए, त्यसबेला मलाई दुःख लागेको थियो । 'विदेशमा बसोबास गरेर नेपालमै फर्की केही गरौं भन्ने भावना बोकेका तपाईंजस्ता सपुत नेपालीलाई आलोचना गर्‍यो भने को प्रवासी नेपालमा आउँछ ?' भनेर मैले ठाउँ-ठाउँमा कुरा उठाउने गर्थें । तपाईंको योगदानबारे नेपालमा मात्र होइन, मैले अमेरिकाका विभिन्न रेडियो र पत्रपत्रिकाको अन्तर्वार्तामा समेत उल्लेख गरेको थिएँ । तर यहाँ विडम्बना के छ भने आफ्नै आँखाले र कानले आफ्नो प्रशंसा सुन्ोपछि मात्र मानिस खुसी हुँदोरहेछ ।

तपाईंले ममाथि हिजोआज 'सकारात्मक सोचबारे थुप्रै भाषणहरू दिएर हिँड्छ' भनी टिप्पणी गर्नुभयो र साथै 'पावर अफ पोजिटिभ थिन्किङ' किताबबारे साभार व्यक्त गर्दैन भनी लाञ्छना पनि लगाउनुभयो । हो, हिजोआज म स्कुल र कलेजहरूमा विद्यार्थीहरूलाई सकारात्मक सोचबारे 'लेक्चर' दिन जान्छु । युवा र विद्यार्थीबीच जान मलाई किन मनपर्छ भने यदि मैले उनीहरूको हृदयमा सकारात्मक सोचको एउटा सानो मैनबत्ती पनि बाल्नसकेँ भने अरू हजारौं मैनबत्ती बल्न सक्छन् । त्यसैले म आजकाल स्वस्फुर्त रूपले स्कुल र कलेजमा लेक्चर दिन जान्छु । के मैले यो नराम्रो काम गरेँ ?

अर्को महत्त्वपूर्ण कुरा के हो भने 'सकारात्मक सोच' भन्ने शब्द र भावना कुनै एउटा लेखक र कृतिको पेवा होइन । यो त सर्वमान्य दर्शनका कुरा हुन् । ग्ाीतादेखि रामायणसम्ममा सकारात्मक सोचबारे उल्लेख छ । के कसैले सकारात्मक सोचको नाममा किताब लेख्दैमा त्यो शब्द नै उसको हुन्छ र ? यदि त्यसो भएको भए मैले 'खोज' भन्ने एउटा किताब लेखेको थिएँ र आजकाल कान्तिपुर टेलिभिजनमा 'खोज' नामक कार्यक्रम सञ्चालन भइरहेको छ, के मैले त्यो श्ाब्दको 'कपिराइट' पाउनुपर्छ भनेर दाबी गर्ने ?

तपाईंजस्तो प्रसिद्धि कमाएको लेखकलाई यस्ता कुरा मैले भनिरहनु पर्दैन । माफ गर्नुहोला, म एउटा साधारण व्यापारी र उद्यमी भएर पनि एउटा लेखक हुने साहस गरिरहेको छु र तपाईंजस्तो एउटा सच्चा चिन्तक र लेखकलाई प्रतिक्रिया दिन खोजिरहेको छु । यदि मबाट यहाँ कुनै अपशब्द प्रयोग भएको छ भने कृपया माफ गरिदिनुहोला । धन्यवाद ।
Read Full Discussion Thread for this article